TY - JOUR AU - Paudel, Sheskanta PY - 2021/12/31 Y2 - 2024/03/29 TI - भाषिक विश्लेषणको संरचनावादी पद्धति JF - Butwal Campus Journal JA - Butwal Campus J. VL - 4 IS - 1-2 SE - Articles DO - 10.3126/bcj.v4i1-2.45020 UR - https://www.nepjol.info/index.php/bcj/article/view/45020 SP - 191-204 AB - <p>संरचनात्मक भाषाविज्ञान बीसौँ शताब्दीमा विकसित भएको भाषिक अध्ययनको आधुनिक पद्धति  हो । यसको अवधारणा परम्परागत भाषिक अध्ययनभन्दा भिन्न मान्यताका साथ विकसित भएको हो । संरचनात्मक भाषाविज्ञानले भाषिक विश्लेषण गर्दा भाषालाई सिङ्गो संरचना मानी भाषाका संरचक घटकका रूपमा वर्ण, रूप र वाक्यको छुट्टा छुट्टै विश्लेषण गर्नुपर्ने धारणा राख्दछ । यही धारणाका आधारमा वर्णको विश्लेषण गर्दा सामग्रीको सङ्कलन, आलेखन, वर्ण निर्धारणका सन्दर्भमा लघुतम युग्मको चयन, व्यतिरेकी वितरण, मुक्त परिवर्तन, पद्घतिगत समरूपता, वितरणको सीमा आदिका सन्दर्भमा वर्णको विश्लेषण गर्दछ । त्यस्तै गरी रूप विश्लेषणका सन्दर्भमा रूपहरूको निर्धारणका सैद्घान्तिक व्याख्या, रूपका अनेक प्रकार र रूप विश्लेषणका प्रक्रिया वा पद्घतिको विश्लेषण गर्दछ । त्यस्तै गरी वाक्य विश्लेषणका सन्दर्भमा वाक्यका संरचक घटकका रूपमा पदावली र उपवाक्यको विश्लेषण, संरचनाका आधारमा वाक्यका विविध प्रकारको विश्लेषण तथा निकटघटक विश्लेषणका आधारमा सिङ्गो वाक्यात्मक संरचनाको घटकीय सम्बन्धको विश्लेषण गर्दछ । यिनै कुराहरूको व्यवस्थित अध्ययन नै यो लेखको मूल सार हो ।</p> ER -