TY - JOUR AU - अर्याल, थानेश्वर PY - 2022/12/13 Y2 - 2024/03/28 TI - गजलका संरचनात्मक तत्त्वहरू JF - Butwal Campus Journal JA - Butwal Campus J. VL - 5 IS - 1 SE - Articles DO - 10.3126/bcj.v5i1.50202 UR - https://www.nepjol.info/index.php/bcj/article/view/50202 SP - 207-221 AB - <p>‘गजलका संरचनात्मक तत्वहरू’ शीर्षकको यस लेखमा गजलका संरचनात्मक तत्त्वहरूका बारेमा सङ्क्षिप्तमा चर्चा गरिएको छ । गजलको रचना आफैमा साहित्यका अन्य विधाका कृतिसरह स्वतन्त्र रूपमा हुनेहुनाले यसका आफ्नै संरचनात्मक तत्त्वहरू हुन्छन् । यहाँ गजलका मान्यता र संरचनात्मक तत्त्वसम्बन्धी विद्वान्हरूका धारणालाई पनि प्रस्तुत गरिएको छ । तदनुरूप गजलको व्युत्पत्तिगत अर्थ, गजलको परिचय, गजलका संरचनात्मक ततवहरू&nbsp; सेर, मिसरा, मतला, मकता, काफिया, रदिफ, तखल्लुस, बहर, रुक्न आदि सबै ततवहरूको उल्लेख गरिएको छ । ती ततवहरूको कार्य, भूमिका र महŒवको पनि चर्चा गरिएको छ । विषय, भाव, विचार, भाषाशैली, बिम्ब, अलङ्कार, लय र प्रतीकको आवश्यकता र महत्त्वका बारेमा पनि प्रकाश पारिएको छ । पहिले गजलको विषय विशेषतः स्त्रीविषयक, शृङ्गारप्रधान वा प्रणयप्रधान मानिन्थ्यो । अहिले यसले मानवमनका सुखदुःख, सन्ताप र पीडाका भावलाई तथा समाजका विविध पक्षसमेतलाई कलात्मक किसिमले सरल, सहज तथा सूत्रात्मक, सङ्केतात्मक र गेयात्मक भाषाशैली प्रयोग गरेर प्रस्तुत गर्दछ । यसको स्वरूप सङ्क्षिप्त हुन्छ । गजलले नवनव ज्ञान र सिप प्रदान गर्दै मानवमनलाई आह्लादित तुल्याउँछ भन्ने कुरा यस लेखमा प्रस्तुत गरिएको छ ।</p> ER -