‘बहुला काजीको सपना’ नाटकमा प्रगतिशील चेतना {Progressive consciousness in the play 'Bahula Kaziko Sapna'}

Authors

  • प्रदीपप्रसाद Pradipprasad ज्ञवाली Gyawali बुटवल बहुमुखी, क्याम्पस, बुटवल, त्रि.वि. Butwal Multiple Campus, TU

DOI:

https://doi.org/10.3126/bdkan.v7i1.47808

Keywords:

Progressive, Psychoanaly, प्रगतिवाद, प्रगतिशील, मनोविश्लेषणात्मकता, माक्र्सवादी, सौन्दर्यशास्त्र, Aesthetics

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा विजय मल्लको ‘बहुला काजीको सपना’ नाटकका विभिन्न प्रगतिशील पक्षहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त नाटकमा रहेको प्रगतिशील चेतनाको निक्र्योल गरिएको छ । यस नाटकमा रहेका प्रगतिशील विचार र चेतनाहरूको निरुपण गर्नु नै यस अध्ययनको मुख्य उद्देश्य रहेको छ । यसमा पुस्तकालयीय विधिबाट सङ्कलन गरिएको तथ्याङ्लाई विश्लेषणात्मक एवं वर्णनात्मक पद्धतिको प्रयोग गरी निष्कर्ष निकालिएको छ । राणा कालीन परिस्थितिमा तत्कालीन नेपाली समाजको राजनैतिक र सामाजिक अवस्थासँग नेपाली जनतालाई परिचित गराई राजनैतिक क्रान्तिको आह्वान गर्ने मुख्य उद्देश्य राखेर यो नाटक लेखिएको हो । यस नाटकमा सामाजिक असमानता, अशिक्षा, आर्थिक अभाव, गरिबहरूमाथिको थिचोमिचो, शोषण, दमन, अन्याय र अत्याचारको चित्रण गर्दै मानवताको शत्रु मानिएको धनी र गरिब वर्गका बिचमा देखापरेको असमानतालाई हटाई मानवतावादी समतामूलक समाजको स्थापनामा जोड दिनुपर्छ भन्ने प्रगतिशील विचार प्रस्तुत गरिएको छ । यहाँ भरियाका रुपमा कष्टकर जीवन बिताइरहेका गरिबहरूको जीवनको कहाली लाग्दो यथार्थलाई प्रस्तुत गर्दै तिनीहरूले इमानदारीकासाथ अथक परिश्रम गरे तापनि आत्मसम्मानका साथ बाँच्न नपाएको अवस्थालाई देखाइएको छ । यस नाटकमा माक्र्सवादी सौन्दर्यशास्त्रका रुपमा स्थापित साहित्य सिद्धान्त प्रगतिवादको पूर्ण रुपमा परिपालना भएको देखिन्न तर यथेष्ट मात्रामा प्रगतिशील चेतनाको सिर्जनात्मक प्रयोग भएको पाइन्छ ।

Downloads

Download data is not yet available.
Abstract
53
PDF
46

Author Biography

प्रदीपप्रसाद Pradipprasad ज्ञवाली Gyawali, बुटवल बहुमुखी, क्याम्पस, बुटवल, त्रि.वि. Butwal Multiple Campus, TU

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2022-08-30

How to Cite

ज्ञवाली Gyawali प. P. (2022). ‘बहुला काजीको सपना’ नाटकमा प्रगतिशील चेतना {Progressive consciousness in the play ’Bahula Kaziko Sapna’}. Bouddhik Abhiyan (बौद्धिक अभियान), 7(1), 171–177. https://doi.org/10.3126/bdkan.v7i1.47808

Issue

Section

Articles