‘उज्यालाका थेग्लाहरूभित्र’ एकांकीको विधातात्विक अध्ययन {A philosophical study of the genre of 'Ujyalaka Theglaharu' in Ekanki}

Authors

  • रामप्रसाद Ramprasad गुरागाँई Guragain महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम Mahendraratna Multiple Campus, Ilam

DOI:

https://doi.org/10.3126/bdkan.v7i1.47809

Keywords:

चरेस र भट्टी, कालोधन्दा, रुख, विसङ्गति, थेग्लाहरू, उज्यालो

Abstract

उज्यालोका थेग्लाहरूभित्र (२०६१) एकाङ्कीको अध्ययनका क्रममा समाजमा घट्नसक्ने विकृति र विसङ्गतिको टड्कारो चित्रण यस एकाङ्कीले गरेको छ । सुन, चरेस, गाँजा जस्ता मादक पदार्थ अन्य राष्ट्रमा व्यापार गरेर कालो धनकमाउने सपना बोकेका नेपालीहरूलाई सचेत गराउने कार्य भँडारीले यसै एकाङ्कीबाट गरेका छन् । उनले समाजमा मादक पदार्थ सेवन गर्ने, व्यक्तिलाई सजायका भागीदार बनाउने र त्यस्ता कार्यबाट अलग रहने सुझाव गरेका छन् । त्यसैले उनलाई समाजमा रहेका विद्यमान विकृति र विसङ्गतिलाई प्रस्तुत गर्ने नाटककार भनिन्छ । यिनै नाटकहरू र एकाङ्कीको माध्यमबाट माधव भँडारी नेपाली साहित्यको इतिहासमा प्रसिद्ध भएको पाइन्छ । यस लेखमा यस एकाङ्कीको तत्वगत आधारमा अध्ययन गरिएको छ । कथावस्तुको परिचय चरित्रका विविध पक्षको परिचय, वातावरण, सम्बाद, उद्देश्य, भाषाशैली द्वन्द्व मञ्चनीयता जस्ता तत्वहरूको संक्षिप्त रूपमा वर्णन गरिएको छ । यस एकाङ्कीको अध्ययनबाट समाजमा रहेका विद्यमान विकृति र विसङ्गतिलाई औँल्याई समाजलाई सचेत गराउने काम भएको छ भन्ने निष्कर्ष निकालिएको छ । यस एकाङ्कीमा ८ पुरुष र २ महिला पात्र छन् । सबै पात्रहरू निम्न मध्यमवर्गका छन् । बोलचालको उत्कृष्ट गद्य भाषाको प्रयोग गरिएको छ । यस एकाङ्कीको वातावरणका सम्बन्धमा एउटा शहरदेखी परको राजमार्गको उल्लेख गरिएको छ । जुन राजमार्गको दुवै तर्फ रुख रहेका छन् । विधा तात्विक अध्ययन गर्नु नै यस लेखको उद्धेश्य रहेको छ । समग्र अध्ययनबाट समाजमा रहेका विकृति र विसङ्गतिलाई समाप्त गरी तत्कालीन समाजका युवायुवतीलाई सचेत गराउने सन्देश दिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
52
PDF
41

Author Biography

रामप्रसाद Ramprasad गुरागाँई Guragain, महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम Mahendraratna Multiple Campus, Ilam

सहप्राध्यापक (नेपाली) Associate Professor, Nepali

Downloads

Published

2022-08-30

How to Cite

गुरागाँई Guragain र. R. (2022). ‘उज्यालाका थेग्लाहरूभित्र’ एकांकीको विधातात्विक अध्ययन {A philosophical study of the genre of ’Ujyalaka Theglaharu’ in Ekanki}. Bouddhik Abhiyan (बौद्धिक अभियान), 7(1), 178–185. https://doi.org/10.3126/bdkan.v7i1.47809

Issue

Section

Articles