वाङ्मयका विविध शाखासँग मिथकको सम्बन्ध {Relation of myth to various branches of literature}

Authors

  • शालिकराम Shalikram पौड्याल Poudyal त्रिभुवन विश्वविद्यालय, बुटवल बहुमुखी क्याम्पस, बुटवल Butwal Multiple Campus, TU, Butwal

DOI:

https://doi.org/10.3126/bdkan.v7i1.47822

Keywords:

मनोविज्ञान, इतिहास, संस्कृति, समाज, मिथक, Psychology, History, culture, Society, Myth

Abstract

मिथकलाई सृष्टिको उत्पत्तिदेखि लिएर विभिन्न ज्ञानविज्ञानको विकास, प्रकृतिका रहस्य, मानवीय र अमानवीय क्रियाकलाप, मानवीय अनुभव अनुभूतिको सँगालो, लोकविश्वास, सामूहिक मनको अभिव्यक्ति, प्रकृतिका रहस्यमय क्रियाकलाप, धर्म, दर्शन, कला, साहित्य, देवीदेवता आदिसँग सम्बन्धित प्रसङ्गलाई लिन सकिन्छ । स्वरैकल्पनात्मक, अतिमानवीय घटनाको प्राधान्य रहेको, धार्मिक तथा आध्यात्मिक चेतना भएको, मानवीय जीवनका सामूहिक अनुभवको अभिव्यक्ति भएको, प्रकृति सृष्टिका अनेकन रहस्यको वर्णन भएको आख्यान जुन परम्परित रूपमा साहित्यमा प्रयोग हुँदै आइरहेको छ र जसले प्राचीनताका माध्यमबाट समकालीन सन्दर्भलाई व्यक्त गर्दछ,  त्यही नै मिथक हो । यसप्रकार प्राचीन कालमा आदिम मानवका अनुभूति, आस्थाको अभिव्यक्तिका रूपमा रहेको मिथक अहिले आएर व्यापक विषयका रूपमा स्थापित हुन पुगेको छ भने मिथकलाई ज्ञान विज्ञानका विभिन्न कोणबाट अध्ययन गर्ने परम्परा पनि स्थापित भएको छ । मिथक प्राचीनतम विषय भए पनि यसको अध्ययन गर्ने सन्दर्भमा नवीनतम दृष्टिकोणहरू देखापरेका छन् । मिथकलाई साहित्य, लोकसाहित्य, मनोविज्ञान, समाज, इतिहास, संस्कृतिआदिसँग जोडेर अध्ययन गर्ने परम्पराको विकाससँगै मिथकको महत्त्व बढ्दै गएको छ । यस लेखमा वाङ्मयका यिनै विविध शाखासँग मिथकको सम्बन्धका बारेमा अध्ययन गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
59
PDF
43

Author Biography

शालिकराम Shalikram पौड्याल Poudyal, त्रिभुवन विश्वविद्यालय, बुटवल बहुमुखी क्याम्पस, बुटवल Butwal Multiple Campus, TU, Butwal

उपप्राध्यापक Assistant Professor

Downloads

Published

2022-08-30

How to Cite

पौड्याल Poudyal . श. S. (2022). वाङ्मयका विविध शाखासँग मिथकको सम्बन्ध {Relation of myth to various branches of literature}. Bouddhik Abhiyan (बौद्धिक अभियान), 7(1), 186–198. https://doi.org/10.3126/bdkan.v7i1.47822

Issue

Section

Articles