युद्ध कथामा पहिचान, प्रतिनिधित्व र प्रतिरोध चेतना (Identity, Representation and Resistance Consciousness in the story 'War')

Authors

  • ईश्वरा पौडेल (Ishwara Poudel) Tribhuvan University, Degree Campus, Biratnagar, Nepal

DOI:

https://doi.org/10.3126/bdkan.v8i01.57781

Keywords:

प्रतिनिधित्व (representation), पहिचान (identity), प्रतिरोध चेतना (resistance consciousness), वर्चश्व (dominance), पितृसत्ता (patriarchy)

Abstract

प्रस्तुत लेखमा कथाकार माया ठकुरीद्वारा रचित ‘युद्ध’ कथालाई पहिचान, प्रतिनिधित्व तथा प्रतिरोधको आधारमा विश्लेषण गरिएको छ । यस लेखमा तथ्य विश्लेषण गर्न सांस्कृतिक अध्ययनका विविध पक्षमध्येमा पहिचान, प्रतिनिधित्व र प्रतिरोध चेतनासम्बन्धी मान्यतालाई सैद्धान्तिक आधारका रूपमा ग्रहण गरिएको छ । लैङ्गिक दृष्टिले भिन्न पहिचान भएका महिला पात्रको प्रतिनिधित्व र लैङ्गिक आधारमा गरिने प्रतिरोध चेतना कसरी प्रस्तुत भएको छ भन्ने प्रश्नका आधारमा कथाको विश्लेषण गर्नु यस लेखनको उद्देश्य रहेको छ । पुस्तकालीय विधिबाट सङ्कलित शाब्दिक सामग्रीलाई आधार मानेर लेखिएको गुणात्मक प्रकृतिको यस लेखमा ‘युद्ध’ कथामा रहेको नारी पात्रको सामाजिक अवस्था, शोषणसम्बन्धी चेतना र त्यसको प्रतिकारको आवाजको विश्लेषण गरिएको छ । ‘युद्ध’ कथामा रहेको कथ्यले समाजमा पितृसत्ता र यसको वर्चश्व जोगाउनका लागि पुरुषले गरेको हदैसम्मको निकृष्ट सोच र व्यवहारलाई समेटेको छ । यस कथामा रहेका महिला पात्रमाथि सामाजिक तथा पारिवारिक रूपले विभेद र शोषणको अवस्था र त्यसैमा रहेको महिला पात्रको पहिचानको चित्रण गरेको छ । कथकी नारी पात्रले समाजमा नारीलाई भोग्या र खेलौना ठान्ने प्रवृत्तिको विरोध मात्र गरेकी छैन, यस्तो प्रवृत्तिको खुलेर प्रतिरोध गरेकी छे र पुरुष समाजका घृणित व्यवहारको भन्डाफोर गर्न युद्ध नै छेडेकी छे । समाजको पितृसत्ताले बनाएका नियमहरू र समाजमा सन्तानको चाहना र यसका लागि गरिएको घृणित प्रपन्चका विरोधमा प्रतिकारमा उत्रिएकी नारी पात्रको लैङ्गिक पहिचान भिन्न प्रकारको र उसको सचेत बौद्धिक चेतना र सोहीअनुसारका सुझबुझपूर्ण गतिविधिले उसले शाहसी महिलाको प्रतिनिधित्व गरेको स्पष्ट हुन्छ । अतः ‘युद्ध’ कथामा समाजका यस्ता लैंगिक दृष्टिले हुने विसङ्गत र निन्दनीय सोच र कार्यको विरोधमा सचेत र सशक्त प्रतिरोध देखापर्छ ।

(In this article, the story 'Yuddh' written by storywriter Maya Thakuri has been analyzed on the basis of identity, representation and resistance. To analyze the facts, among the various aspects of cultural studies; the recognition of identity, representation and resistance consciousness has been adopted as a theoretical basis in the article. The purpose of this article is to analyze the story on the basis of the representation of female characters with different gender identities and the question of how the consciousness of resistance based on gender is presented.  The article has been written based on the textual material collected from the library method. The social condition of the female character in the story 'Yuddha', the awareness of exploitation and the voice of resistance to it are analyzed in qualititative design. The narrative in the story 'Yuddha' covers the inferior thinking and behavior done by men to preserve the patriarchy and its dominance in the society. The social and familial forms of discrimination and exploitation of the female characters in this story and the identity of the female characters in it are depicted. The female character of the story not only opposed the trend of treating women as slaves and toys in the society, she openly resisted this trend and waged a war to destroy the disgusting behavior of the male society. It is clear that she represents a royal woman with a different type of gender identity with her conscious intellectual awareness and sensible activities. Therefore, in the story  'Yuddha', there is a conscious and strong resistance against such inconsistent and reprehensible thoughts and actions of the society based on gender.)

Downloads

Download data is not yet available.
Abstract
51
pdf
47

Author Biography

ईश्वरा पौडेल (Ishwara Poudel), Tribhuvan University, Degree Campus, Biratnagar, Nepal

उप-प्राध्यापक (Lecturer), नेपाली (Nepali)

Downloads

Published

2023-08-30

How to Cite

पौडेल Poudel ई. I. (2023). युद्ध कथामा पहिचान, प्रतिनिधित्व र प्रतिरोध चेतना (Identity, Representation and Resistance Consciousness in the story ’War’). Bouddhik Abhiyan (बौद्धिक अभियान), 8(01), 1–12. https://doi.org/10.3126/bdkan.v8i01.57781

Issue

Section

Articles