सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकास कक्षामा भौतिक र शैक्षिक मापदण्डको अवस्था र अभ्यास

Authors

DOI:

https://doi.org/10.3126/bhairahawacj.v8i1.80033

Keywords:

प्रारम्भिक बालहेरचाह, बालशिक्षा केन्द्र, भौतिक पूर्वाधारहरू, शैक्षिक पूर्वाधार

Abstract

यस लेखले सामुदायिक विद्यालयका बालविकास केन्द्रको बालविकास पाठ्यक्रमले तोकेकोे भौतिक र शैक्षिक नीतिगत प्रावधान र कार्यान्वयनमा रहेका अभ्यासलाई लेखाजोखा गर्ने उद्देश्य राखेको छ ।  अन्तर्वार्ता र फोकस समूह प्रयोग गरेर बालविकास केन्द्रका बालकक्षाका शिक्षकहरू, प्रधानाध्यापकहरू र अभिभावकहरूबाट सूचना प्राप्त गरिएको छ । छलफलमा बालविकास पाठ्यक्रमले तोकेको भौतिक र शैक्षिक नीतिगत प्रावधान र विद्यमान कार्यान्वयन स्थिति पत्ता लगाउन कागजात विश्लेषण समेत गरिएको छ । अधिकांश बालविकास केन्द्रमा बालविकास पाठ्यक्रमको  निर्धारित मापदण्ड मध्ये औसत ७५ प्रतिशत केन्द्रहरूमा भौतिक पूर्वाधार मापदण्ड तोकिए अनुसार रहेको छ । शैक्षिक पूर्वाधारहरूको निर्धारित मापदण्डमा मुख्यगरी दैनिक कार्यतालिका प्रयोग, पाठ्यक्रमको उपलब्धता, बसाइ व्यवस्था, खाजा व्यवस्थापन पक्ष सत प्रतिशत केन्द्रहरूमा मापदण्डले तोकिए अनुसार रहेको छ । सुरक्षित खेलमैदानको उपलब्धता, पर्याप्त बाहिरी खेलसामग्रीको उपलब्धता र शिक्षणसहयोगी पुस्तिकाको उपलब्धता भने अधिकांश केन्द्रहरूमा न्यून छ । भर्नादर मापदण्डले तोकिए भन्दा बढी छ । बालविकास केन्द्रहरूको शैक्षिक उपलब्धि औसत ६८ प्रतिशत देखिन्छ । बालविकास केन्द्रमा शिक्षक/सहयोगिकार्यकर्ताको न्युनतम शैक्षिक योग्यता तोकिए भन्दा बढी छ यद्यपि शिक्षक र प्रधानाध्यापकहरू बालविकास पाठ्यक्रमको मापदण्डले गरेको दिशानिर्देशप्रति राम्ररी जानकार र परिचित छैनन्। ।  सहयोगिकार्यकर्ताहरूमा लामोअवधि तालिमको पहुँच न्यून रहेकाले बालविकास पाठ्यक्रमले तोकेको शैक्षिक पूर्वाधार मापदण्डको अभ्यासमा विशेष गरी उपयुक्त शिक्षण विधिको प्रयोग, सामग्री निर्माण र नयाँ प्रविधिको प्रयोग र अभ्यासमा कमजोरी रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
126
PDF
77

Downloads

Published

2025-06-10

How to Cite

भण्डारी ब. (2025). सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकास कक्षामा भौतिक र शैक्षिक मापदण्डको अवस्था र अभ्यास. Bhairahawa Campus Journal, 8(1), 59–70. https://doi.org/10.3126/bhairahawacj.v8i1.80033

Issue

Section

Articles