लङ्गडाको साथी उपन्यासमा अतियथार्थवाद

Authors

Keywords:

अचेतन मन, कारुणिकता, तन्द्रवस्था, मानवमूल्य, सहजानुभूति

Abstract

प्रस्तुत लेखमा अतियथार्थवादको सैद्धान्तिक पर्याधारको केन्द्रीयतामा लैनसिंह बाङ्देलको लङ्गडाको साथी उपन्यासको मूल्यनिरूपण गरिएको छ । उक्त उपन्यासमा प्रयुक्त अतियथार्थवादी अभिलक्षणहरूको खोजी गर्नाका निम्ति प्रस्तुत अध्ययन गरिएको हो । अतियथार्थवादको सैद्धान्तिक पर्याधार, प्राथमिक एवम् द्वितीयक स्तरको सामग्री तथा गुणात्मक अनुसन्धान ढाँचा र पाठविश्लेषणात्मक अनुसन्धान विधिको उपयोग गरी यस लेखलाई पूर्ण बनाइएको छ । पुराना र परम्परागत मूल्य, मान्यता, सभ्यता र संस्कृतिको अस्वीकार, उपेक्षित र किनाराकृत वर्गलाई सर्वोपरि महत्त्व, साहित्यलाई अत्यधिक बौद्धिक, तार्किक र व्यवस्थित बनाउने कुराप्रतिको असहमति, सहजानुभूति र भावातिरेक कल्पनामा जोड, स्वतन्त्रता र प्रेमलाई बढी प्राथमिता, स्वप्न, दिवास्वप्न, तन्द्रा, भय र अप्रत्याशित घटनाको प्रस्तुति, अन्वितिरहित, असङ्गत र असम्बद्ध कुराहरूको चित्रण, स्वचालित लेखन पद्धतिको प्रयोग, जीवनको एकान्त काल्पनिक पक्षका साथै व्यक्तित्वको अन्तर्विरोधको उद्घोष, वैयक्तिकता र विद्रोहात्मकता, मानवीय क्रियाकलाप र कर्तुतप्रति तीखो व्यङ्ग्य तथा मानवताको खस्कँदो अवस्थाको चित्रणजस्ता सूचकका आधारमा उक्त उपन्यासको मूल्याङ्कन गरिएको छ । यस लेखको अन्त्यमा सीमान्त वर्गसँग सम्बद्ध समस्यालाई जीवन्त र प्रभावान्वितिपूर्ण ढङ्गले प्रस्तुत गरी सीमान्त वर्गको केन्द्रीयतामा साहित्यको सिर्जना गर्नुपर्ने एवम्  समाजमा सीमान्त वर्गलाई मानवअधिकारका साथ बाँच्न पाउनुपर्ने वातावरणको सिर्जना हुनुपर्ने विचार अभिव्यक्त भएको तथा लैनसिंह बाङ्देलमा सीमान्त वर्गसँग सम्बद्ध समस्यालाई अत्यन्त संवेदनशील र कलात्मक ढङ्गले अङ्कन गर्ने सिर्जनात्मक प्रज्ञा र शिल्पप्रविधि बेजोड रूपमा रहेको कुरालाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।

Abstract
0
PDF
0

Downloads

Published

2025-06-10

How to Cite

लङ्गडाको साथी उपन्यासमा अतियथार्थवाद. (2025). Bhairahawa Campus Journal, 8(1), 71-85. https://doi.org/10.3126/bhairahawacj.v8i1.80035

Issue

Section

Articles

How to Cite

लङ्गडाको साथी उपन्यासमा अतियथार्थवाद. (2025). Bhairahawa Campus Journal, 8(1), 71-85. https://doi.org/10.3126/bhairahawacj.v8i1.80035