अर्को भोर सङ्ग्रहका कथामा आप्रवासीय चेतना

Authors

DOI:

https://doi.org/10.3126/bhairahawacj.v8i1.80036

Keywords:

आप्रवासी, आप्रवासीय, डायस्पोरा, भोर, मातृभूमि

Abstract

प्रस्तुत लेखमा केशवराज ज्ञवाली (२०३५) द्वारा लिखित कथासङ््ग्रह अर्को भोर (२०७८) मा सङ्गृहीत कथाहरूको आप्रवासीय चेतनाका दृष्टिले अध्ययन गरिएको छ । सङ्ग्रहका चौधवटा कथामध्ये आप्रवासीय चेतना ‘तीन बराबर पाँच’, ‘एक्वारियम’, ‘खत’ र ‘परस्युइट अफ ह्याप्पिनेस’ गरी चारवटा कथामा मात्र पाइएकाले यिनै चारवटा कथाको मात्र अध्ययन गरिएको छ । नेपाली साहित्यका क्षेत्रमा आप्रवासीलाई डायस्पोरा र आप्रवासीय समालोचनालाई डायस्पोरिक समालोचना पनि भनिने हुँदा यहाँ पनि ठाउँ ठाउँमा दुवै शब्द प्रयोग गरिएको छ । आप्रवासी भन्नाले सामान्यतः विविध कारणले जन्मघरदेखि धेरै टाढा रहेका अनि उतै स्थायी बसोबास गर्न चाहने व्यक्ति भन्ने बुझिन्छ र तिनका रचनामा आप्रवासनमा देखेभोगेका सुखदुःखका यावत् कुरा समावेश भएमा त्यस्ता रचनालाई आप्रवासीय साहित्य भनिन्छ साथै त्यस्ता रचनासँग सम्बन्धित समालोचनालाई आप्रवासीय समालोचना भनिन्छ । यहाँ सोही सिद्धान्तलाई आधार बनाएर चयनित कथाहरूको अध्ययन गरिएको छ । यस अध्ययनमा प्रस्तुत कथासङ्ग्रहलाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ भने आप्रवासन वा आप्रवासी साहित्यसँग सम्बन्धित सामग्रीलाई द्वितीयक स्रोतका रूपमा लिइएको छ र उदाहरणसहित व्याख्यात्मक तथा विश्लेषणात्मक विधि अवलम्बन गरी अध्ययन गरिएको छ । आप्रवासीय चेत भएका रचनामा अतीतस्मृति, द्वैध मानसिकता, उत्साह, हर्ष, चिन्ता, सांस्कृतिक एकताको भावना आदि विशेषता पाइन्छन् तापनि एउटै कृतिमा यी सबै विशेषता नपाइन सक्दछन् । यस अध्ययनबाट चयन गरिएका चारवटा कथामा पनि अतीतस्मृति, चिन्ता र डर, द्वैध मानसिकता र एक्लोपन वा बिरानोपनको अनुभूति गरी चारवटा मात्र प्रवृत्तिगत विशेषता पाइएको छ र प्रस्तुत विशेषताका कारण कथाहरू प्रभावकारी रहेका छन् भन्ने निष्कर्ष निकालिएको छ । यसका साथै आप्रवासीय चेतनाका दृष्टिले कथाहरू स्तरीय रहेको समग्र निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
109
PDF
66

Downloads

Published

2025-06-10

How to Cite

पौड्याल ए. (2025). अर्को भोर सङ्ग्रहका कथामा आप्रवासीय चेतना. Bhairahawa Campus Journal, 8(1), 86–96. https://doi.org/10.3126/bhairahawacj.v8i1.80036

Issue

Section

Articles