‘अग्रगामी कथा’मा नारीचेतना [Women's consciousness in 'Aragami Katha']

Authors

  • दामोदर Damodar रिजाल Rijal Department of Nepali, Birendra Multiple Campus, Tribhuvan University, Nepal

DOI:

https://doi.org/10.3126/bmcjsr.v5i1.50686

Keywords:

आत्मनिर्भरता, नारीस्वतन्त्रता, पुरुषउत्पीडन, लैङ्गिकता, विवाहप्रथा ।

Abstract

नारीवादी आन्दोलनको उपलब्धिका रूपमा पाश्चात्य साहित्यशास्त्रमा स्थापित नारीवादी समालोचना नितान्त नौलो पद्धति र दृष्टिकोण हो । यसले साहित्यिक कृतिहरूमा नारीसमस्याका रूपमा देखापरेका पितृसत्तात्मक व्यवस्थाका मूल्यमान्यताको प्रतिरोध र प्रतिवादका लागि सशक्त नारीचरित्र र नारीकेन्द्री चिन्तनको अपेक्षा गरेको हुन्छ । पुँजीवाद र पितृसत्ताको अन्तर्सम्बन्धमा व्यापक विमर्श चाहने नारीवादी समालोचनाको मूल आधार नारीचेतनामा एकातिर आर्थिक–सांस्कृतिक पक्षका विसङ्गतिलाई नछिमल्दासम्म नारीउत्पीडन र शोषण यथावत् रहने कुरा गरिएको छ भने अर्कातिर यसले सामाजिक विभेद, पुरुषकेन्द्री परनिर्भरता, लैङ्गिक हिंसा र परम्परित विवाहप्रथा नारीमुक्तिका बाधक हुन् भन्ने मान्यता अगाडि सारेको छ । नारीस्वतन्त्रताको वकालत गर्ने यस चेतनाका अनुयायीहरूले महिलासमस्याका बहुआयाममा ध्यान केन्द्रित गर्दै अत्याचारहीन, शोषणमुक्त र समतामूलक नारीसत्ताका लागि नारीस्रष्टा नै सक्रिय हुनुपर्ने आवाज बुलन्द गरेका छन् । नेपाली कथासाहित्यमा नारीहरूका अनेक पीडा र भोगाइलाई पुरुषसत्ताका आवरणमा प्रस्तुत गर्न मनपराउने पद्मावती सिंहको ‘‘अग्रगामी’ कथा नारीवादी चेतनालाई अभिव्यक्ति दिने सशक्त रचना भएकाले यसको अध्ययनमा नारीचेतनाका सैद्धान्तिक परिप्रेक्ष्यलाई सहयोगी बनाइएको छ । विवाहप्रथाका आडमा यथास्थितिवादी पुरुषसत्ताका कारण नारीहरूले भोगेका नारीउत्पीडन र शोषण, नारीको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानलाई महŒव नदिने र नारीजीवनलाई मूल्यहीन ठान्ने तथा नारीअस्मिताको अवमूल्यन गर्ने पुरुषचिन्तनलाई मुख्यरूपमा विवेचनाको परिधिभित्र राखिएको छ र यस कथाकी केन्द्रीय चरित्र उर्वराका कार्यव्यापारबाट अभिव्यक्त नारीवादी चेतनाका अनेक पक्षहरूको
साक्ष्यसहित समीक्षा गर्दै यस अध्ययनमा पाठपरक निष्कर्ष दिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
28
PDF
43

Downloads

Published

2022-12-31

How to Cite

रिजाल Rijal द. D. (2022). ‘अग्रगामी कथा’मा नारीचेतना [Women’s consciousness in ’Aragami Katha’]. BMC Journal of Scientific Research, 5(1), 163–170. https://doi.org/10.3126/bmcjsr.v5i1.50686

Issue

Section

Research Article