@article{गिरी Giri_2022, title={‘शत्रु’ कथामा समाख्यानात्मकता [Narrativeness in the ’Enemy’ story]}, volume={5}, url={https://www.nepjol.info/index.php/bmcjsr/article/view/50694}, DOI={10.3126/bmcjsr.v5i1.50694}, abstractNote={<p>प्रस्तुत लेख समाख्यानशास्त्रीय विश्लेषणसँग सम्बन्धित छ । यो समाख्यानशास्त्र आख्यानको नवीन मान्यता हो । यसले सङ्कथनलाई केन्द्रमा राखेर विषय, श्रोता, पात्र र समग्र संरचनाका बिचमा विश्लेषण गर्दछ । यसमा समाख्याताको कथासम्बद्धता, पात्रसम्बद्धता, समयसम्बद्धता, विश्वसनीयता र स्वप्रस्तुतिका आधारमा पहिचान गरी निष्कर्ष निकाल्ने प्रयास भएको छ । यस कथामा घटना, पात्रका कार्य र पात्रको मनस्थितिको वर्णन भएको छ । समाख्याताले कथाको प्रमुख पात्रका बारेमा सम्बोधितलाई जानकारी दिएको पाइन्छ । पात्रको शारीरिक, सामाजिक, आर्थिक तथा मानसिक अवस्था वर्णन गर्नाका लागि वर्णनात्मक समाख्यान विधि प्रयोग गरिनुका साथै मुख्य पात्रका विषयमा मूल्याङ्कन गर्दा समाख्याताले टिप्पणी विधिको समेत प्रयोग गरेको पाइन्छ । यस कथामा समाख्यान विधिको सामान्य तालिका प्रस्तुत गर्दै कथाको मुख्य पात्रबाट अकारण मानिसको कोही ‘‘शत्रु’ हुँदैन, ‘‘शत्रु’ बन्नका लागि झै–झगडा हुनुपर्छ भन्ने पनि छैन । बिनाकारण मानिसका कोही ‘‘शत्रु’ बन्दैनन् तर सानातिना कुरामा नै मानिसले ‘‘शत्रु’ बनाउने कारण छोडिरहेका हुन्छन् भन्ने कथनीयतालाई प्रकटीकरण गर्ने प्रयास गरिएको छ ।</p>}, number={1}, journal={BMC Journal of Scientific Research}, author={गिरी Giri राजेन्द्र Rajendra}, year={2022}, month={Dec.}, pages={193–199} }