https://www.nepjol.info/index.php/bns/issue/feed Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा) 2024-01-19T12:52:55+00:00 Assistant Prof. Mahendra Neupane mahendra.neupane@cerid.tu.edu.np Open Journal Systems
Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा) is published by the Research Centre for Educational Innovation and Development, CERID, Tribhuvan University. It publishes the articles written in the field of education; and the articles can be written on any of the pertinent concerns in education including educational history, planning, contents, pedagogy, evaluation, formal and non-formal education.
https://www.nepjol.info/index.php/bns/article/view/62005 सम्पादकीय Editorial 2024-01-18T11:34:12+00:00 केशवराज Keshav Raj पोखरेल Pokharel keshav.pokharel@cded.tu.edu.np
Editorial
2022-12-31T00:00:00+00:00 Copyright (c) 2022 Editor https://www.nepjol.info/index.php/bns/article/view/61298 आधारभूत तहमा शिक्षकको पेसागत मनोबल विकासको अवस्था {The State of Teachers' Professional Morale Development at the Basic Level} 2024-01-01T08:29:39+00:00 नारायणप्रसाद Narayan Prasad अधिकारी Adhikari narayan.adhikari@cded.tu.edu.np
प्रस्तुत अध्ययन आधारभूत तहमा शिक्षकको पेसागत मनोबल विकासको अवस्था पहिचान पर्ने उद्देश्यले गरिएको हो । यो अध्ययन कीर्तिपुरस्थित दुई वटा सामुदायिक माध्यमिक विद्यालयको आधारभूत तहमा अध्यापन गर्ने शिक्षकहरू तथा प्रधानाध्यापकमा केन्द्रित रहेको छ । यस अध्ययनमा अध्ययनकर्ता आफैँ विद्यालयमा गई गहन अन्तर्वार्ताका माध्यमबाट सूचनाहरू सङ्कलन गरी प्राप्त सूचनाहरूलाई व्याख्यात्मक र वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । यस अध्ययनमा शिक्षकको पेसागत मनोबल विकासका कार्यक्रमहरू शिक्षकको विषयगत आवश्यकता र मागमा आधारित नभएको पाइयो । तालिम बढुवा प्रयोजन र औपचारिकतामा मात्र सीमित रहेको देखियो । शिक्षक स्वयम्ले आफ्नो प्रयास र स्वअध्ययनबाट पेसागत विकास गर्न सक्ने तथ्य प्राप्त भएको छ । साथै शिक्षकको पेसागत मनोबल विकासमा स्थानीय निकायको भूमिका प्रभावकारी हुन नसकेको, विद्यालयमा नियमित कक्षा अवलोकन र सुपेरीवेक्षण हुन नसकेको, कार्यमूलक अनुसन्धान तथा लेखरचना प्रकाशन गर्ने कार्यमा संस्थागत प्रयास हुन नसकेको र केही शिक्षकहरू पेसागत विकासका अवसरबाट समेत वञ्चित भएको पाइयो । शिक्षा मन्त्रालयले शिक्षण पेसामा प्रवेश गरेदेखि नै शिक्षकहरूलाई पेसागत मनोबल विकासका अवसर प्राप्त हुने नीति तर्जुमा गर्नाका साथै विद्यालय तथा स्थानीय निकायले विद्यार्थीको नतिजा उत्कृष्ट गर्न सफल हुने शिक्षकलाई उचित पुरस्कारको व्यवस्था गर्नुपर्ने तथा स्थानीय आवश्यकतामा आधारित तालिमको व्यवस्थापन गरी पेसागत मनोबल बढाउनु पर्ने देखिन्छ ।

{The present study has been undertaken to explore the state of professional morale development of the teachers teaching at the basic level. It has been confined to the teachers and head teachers teaching in two different community secondary schools located in Kirtipur. In this study, the researcher himself visited the schools, and conducted an indepth interview for the purpose of data collection. The collected data have been analyzed and interpreted following the descriptive-and-explanatory method. The results from the analysis depicted that the activities and programs proposed for the professional morale development of the teachers were not based on the subject specific needs and demands of the teachers. The training was seen just as a formality and only for the purpose of promotion. However, the teachers have made their own attempts to develop their professional morale by means of self-studies and initiations. The teachers reported that the role of local agencies has not been instrumentalized for the professional morale development of the teachers. Neither there is a provision of regular monitoring and supervision nor the institutional effort has been made for action research and teachers’ publications. A few teachers have been found to be deprived of the opportunities of their professional development. The findings of the study imply that the Ministry of Education should devise the policy of professional morale development of the teachers when they get entry into the teaching profession. The local government and the school stakeholders should provide rewards and/or incentives for the teachers who performed well to enhance students’ achievement. There is a need for managing training programs to the teachers considering the existing local need and the essence in order to develop their professional morale.}
2022-12-31T00:00:00+00:00 Copyright (c) 2022 Author https://www.nepjol.info/index.php/bns/article/view/61405 नेपालको उच्च शिक्षामा प्रमुख राजनीतिक दलहरूको दृष्टिकोण {Perspectives of the Major Political Parties on Higher Education of Nepal} 2024-01-03T09:50:39+00:00 श्यामप्रसाद Shyam Prasad फुयल Phuyal shyam.phuyal@cded.tu.edu.np
नेपालको राजनीतिक परिवर्तन र नीतिनिर्माणका तहमा प्रत्यक्ष प्रभाव पार्ने प्रमुख तीन राजनीतिक दलहरू नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) ले वि.सं. २०७९ साल मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनका लगि जारी गरेको घोषणा पत्रमा केन्द्रित रही नेपालको उच्च शिक्षासम्बन्धी उनीहरूको दृष्टिकोणको अध्ययन विश्लेषण गर्नु यो लेखको उद्देश्य रहेको छ । प्रस्तुत अध्ययनले प्रमुख तीन दलहरूको धारणा र त्यसको कार्यान्वयनको अवस्थालाई उजागर गर्ने प्रयत्न गरेको छ । प्रमुख तीन राजनीतिक दलको पृष्ठभूमि र उनीहरूले २०७९ सालको संसदीय निर्वाचनपूर्व जारी गरेको घोषणापत्रलाई द्वितीयक स्रोतसामग्रीको रूपमा मूल आधार मानेर अध्ययन विश्लेषण गरिएको हुनाले यो लेख तथ्याङ्क सङ्कलनका हिसाबले पुस्तकालयीय, गुणात्मक र तथ्याङ्क विश्लेषणका हिसाबले विश्लेषणात्मक अध्ययन विधिमा आधारित छ । यस लेखले तिनको तुलनात्मक विश्लेषणसमेत गरेको छ । अध्ययनको नतिजास्वरूप उल्लिखित दलहरूको उच्च शिक्षासम्बन्धी दृष्टिकोणमा केही समानता र केही भिन्नता पाइयो । यस अध्ययनबाट उच्च शिक्षाका समस्या र तिनको समाधानका लागि दलहरूले व्यक्त गरेका विचारको आधारमा भावी नीति तय गर्न नीतिगत तहमा समेत मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ ।

{The objective of this article is to carry out a study and analyze the perspectives of the major three political parties on the higher education of Nepal political transformation and policy development in Nepal. This analysis is centered around the declaration of the elections of the House of Representatives and the Provincial Parliaments held on Mangsir 4, 2079 B.S. This article attempts to explore the three major political parties’ perspectives and the state of the implementation of the perspectives. The study has made an effort to illuminate the perspectives of the three major political parties and the state of their implementation. Analyzing the background of the three major political parties and their manifestos publicized before the parliamentary elections of 2079 B.S., this article mainly builds on the secondary source as the principal basis of the study. Because this study utilizes library resources, qualitative and statistical analysis, it is based on the analytical study method. As a result of the study, some similarities and differences regarding higher education were found in the perspectives of the above-stated political parties. This article also carries out a comparative analysis of those perspectives. As the study reveals, it can be expected that, on the basis of the thoughts articulated by the parties concerning the problems in higher education and their solutions, support might be obtained at the policy level to formulate future policies addressing the problems related to higher education and their solutions.}
2022-12-31T00:00:00+00:00 Copyright (c) 2022 Author https://www.nepjol.info/index.php/bns/article/view/61444 नेपाली भाषा सिकाइमा कक्षा अन्तरक्रियाका प्रवृत्ति {Trends for Classroom Interaction in Nepali Language Learning} 2024-01-03T17:05:25+00:00 लक्ष्मीप्रसाद Laxmi Prasad आचार्य Acharya acharya111laxmi@gmail.com
प्रस्तुत अध्ययन नेपाली भाषा शिक्षणमा कक्षा अन्तरक्रियाको प्रयोगमा आधारित छ । अध्ययनमा माध्यमिक तहमा नेपाली विषयको शिक्षणमा प्रयोग गरिएका अन्तरक्रियाका ढाँचा तथा प्रवृत्तिहरूको पहिचान गरी तिनको उपयुक्तताको विश्लेषण गर्ने उद्देश्य राखिएको छ । कक्षा अवलोकन र गहन अन्तर्वार्ताको माध्यमबाट सङ्कलित तथ्याङ्कलाई फ्लेन्डरको कक्षा अन्तरक्रिया विश्लेषण श्रेणी पद्धति र भिगोत्स्कीको सामाजिक सांस्कृतिक सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा गुणात्मक निष्कर्षका लागि आंशिक रूपमा तथ्याङ्कशास्त्रीय आँकडाहरू पनि प्रयोग भएका छन् । तथ्याङ्कको विश्लेषण गर्दा नेपाली भाषा सिकाइका क्रममा विभिन्न ढाँचा तथा प्रवृत्तिका अन्तरक्रियाहरूको उपयोग गरिएको नतिजा प्राप्त भएको छ । सहभागी शिक्षकहरूले विषयको प्रस्तुतीकरणका क्रममा उत्पन्न परिस्थिति अनुसार अन्तरक्रियाका ढाँचाहरू अपनाएका छन् । सिपमा आधारित अन्तरक्रियाप्रति आवश्यक ख्याल पुर्‍याइएको छैन । शिक्षक विद्यार्थीहरूको आपसी सम्बन्ध, विद्यार्थीका भाषिक, पारिवारिक, आर्थिक, क्षमतागत पक्षहरूका आधारमा भाषिक ज्ञान, सिपको निर्माण हुने विश्वसनीय अवस्था देखिँदैन । भाषिक ज्ञान निर्माणका सम्बन्धमा कक्षा अन्तरक्रिया सबल नहुँदा नेपाली भाषाको सिकाइ उपलब्धि कमजोर बनेको छ । सिकाइलाई सिकारुको सामाजिक सांस्कृतिक पक्षसँग जोड्न सकेको खण्डमा अन्तरक्रियाको सही प्रयोग भई नयाँ ज्ञानको निर्माण गर्न सम्भव छ । सिकाइलाई योजनाबद्ध, सिकारुमुखी, अभ्यासमुखी बनाउन आवश्यक उपायहरू प्रस्तुत गरिएको यो अध्ययन नेपाली भाषा सिकाइका सन्दर्भमा उपयोगी सामग्री बन्ने छ ।

{The present study builds on the practices of classroom interaction in teaching the Nepali language. It aims at analyzing the appropriacy of interactions used while teaching Nepali at the secondary level by identifying the recurring patterns and tendencies. Flanders’ interaction analysis and Vygotsky's sociocultural theory have been applied to the analysis of the information gathered through the in-depth interviews and classroom observation. Also, a limited set of statistical data have been used in the study. Diverse patterns of interaction have been observed in the course of learning the Nepali language, wherein it has been found in the course of the study that the teachers exhibit adaptability in response to situational requirements. However, care has not been taken to interactions based on the skills. A reliable condition for the construction of students’ linguistic knowledge and skills based on the reciprocal relationship between the teacher and the students, and students’ linguistic, family, economic and proficiency-based aspects cannot be observed. Because the classroom interaction in relation to the construction of linguistic knowledge is not strong, the learning achievement in the Nepali language has been weaker. Therefore, it is possible to construct new knowledge provided that the learning is linked with the learners’ socio-cultural aspects because it leads to the suitable use of interaction. It is expected that this study, which presents the ways required for getting learning well-planned, student-centered and practice-oriented, will be a useful resource in the context of learning the Nepali language.}
2022-12-31T00:00:00+00:00 Copyright (c) 2022 Author https://www.nepjol.info/index.php/bns/article/view/61446 प्रेतकल्प उपन्यासमा शाब्दिक साहचर्यको उपयोग {The Use of Literal Association in the Novel Pretakalpa} 2024-01-03T17:31:01+00:00 राजेन्द्र Rajendra खनाल Khanal rajendra.khanal@cded.tu.edu.np
प्रस्तुत लेखको मुख्य उद्देश्य प्रेतकल्प उपन्यासमा प्रयुक्त क्रिया पदावलीको साहचर्यात्मक दृष्टिले विश्लेषण गर्नु हो । यस लेखमा साहचर्यात्मक सिद्धान्तको परिचय दिई यसका विविध आयामसहित क्रिया पदावलीका संरचनागत स्वरूपको उदाहरणसहित व्याख्या गर्दै विश्लेष्य उपन्यासमा रहेका क्रिया पदावलीको उदाहरणसहित विश्लेषण गरिएको छ । पुस्तकालयीय अध्ययन कार्यबाट तथ्य सङ्कलन गरी प्रेतकल्प उपन्यासलाई प्राथमिक स्रोत तथा साहचर्यात्मक सिद्धान्तसँग सम्बद्ध विभिन्न सैद्धान्तिक ग्रन्थलाई द्वितीयक स्रोत सामग्रीका रूपमा लिइएको यस लेखमा आलोचनात्मक व्याख्या विधिको उपयोग गरिएको छ । खास शब्द अर्को खास शब्दसँग सन्दर्भअनुसार विन्यासव्रmमिक रूपमा साहचर्य बनी संयोजित ढाँचामा उपस्थित भई अर्थ प्रकट हुने भाषिक संरचना नै साहचर्य मानिएकाले विश्लेष्य उपन्यासमा यस्ता साहचर्यपूर्ण पदावलीको आधिक्य रहेको देखिन्छ । अध्ययनबाट क्रियासँग सम्बन्धित साहचर्यात्मक पदावलीहरूमा नाम + क्रियाको सहछनोटबाट बनेका पदावलीको आधिक्य रहेको तथ्य प्राप्त भएको छ । यस्ता पदावलीहरू प्रायः सामान्य प्रयोग प्रचलनमा आधारित एवम् सरल र सार्थक छन् । नाम + क्रिया, विशेषण + क्रिया एवम् क्रियाविशेषण + क्रियासँग सहप्रयोगमा आएका साहचर्यात्मक पदावलीहरूले प्रस्तुत उपन्यासको भाषिक पक्ष स्वाभाविक, सशक्त र सार्थक बनाएका छन् । शब्द शब्दका बिच हुने साहचर्यात्मक प्रयोगसँग सम्बद्ध भाषिक संरचना पहिल्याउन, अर्थ प्रकटनमा त्यस्ता सहप्रयोगको स्थिति पहिचान एवम् विश्लेषणका लागि शैक्षणिक सन्दर्भमा उपयोग गर्न सकिन्छ । त्यस्तै, सन्दर्भ र प्रकार्यअनुसारका हुने शब्दका आर्थी भूमिकाको विश्लेषणका लागि पनि यस अध्ययनको उपादेयता देखिन्छ ।

{The main purpose of the article is to analyze the verb phrases used in the novel 'Pretakalpa' from an associative point of view. In this article, the structural form of verb phrases has been analyzed with examples by introducing the associative theory and its various dimensions. In this article, the critical interpretation method has been used by collecting facts from library studies and taking the novel 'Pretakalpa' as the primary source and various theoretical texts related to social theory as secondary source materials. It seems that there is an excess of such associative vocabulary to the analyzed novel because the linguistic structure in which a special word is present in combined patterns, and the meaning is revealed, hence it is considered as an association, according to the context. From the study, it has been found that there is an excess of vocabulary made from noun + verb combination in the associative vocabulary related to verbs. Such phrases are mostly based on common usage and are simple and meaningful. The associative phrases used together with noun + verb, adjective + verb and adverb + verb patterns have made the linguistic aspect of the present novel natural, strong and meaningful. It can be used in the educational context to find the linguistic structure associated with the associative use between words, to identify and analyze the position of such uses in the expression of meaning. Similarly, the usefulness of this study is also seen for the analysis of the semantic role of words according to the context and function.}
2022-12-31T00:00:00+00:00 Copyright (c) 2022 Author https://www.nepjol.info/index.php/bns/article/view/61447 माध्यमिक तहका सन्थालीभाषी विद्यार्थीहरूले नेपाली प्रयोगमा गरेका त्रुटि र तिनको निराकरणका उपाय {Errors Made by Santhali Speaking Students of Secondary Level in Using Nepali and the Ways of Their Solutions} 2024-01-03T17:38:37+00:00 भवानीराम Bhawani Ram शर्मा Sharma bhawani.sharma@mrmc.tu.edu.np
प्रस्तुत अध्ययन माध्यमिक तहका दोस्रोभाषी विद्यार्थीहरूले नेपालीको उच्चारण र लेखाइमा गर्ने त्रुटि र त्यसले मानक र स्तरीय नेपालीमा पार्ने प्रभावगत समस्यामा केन्द्रित रहेको छ । दोस्रोभाषी विद्यार्थीका रूपमा सन्थालीभाषालाई मातृभाषाको रूपमा प्रयोग गर्ने माध्यमिक तहमा अध्ययनरत १६ जना विद्यार्थीलाई नमुनाको रूपमा छनोट गरिएको छ । यस लेखको मुख्य उद्देश्य सन्थालीभाषी विद्यार्थीले नेपाली उच्चारण र लेखाइमा गर्ने त्रुटि पत्ता लगाई उनीहरूलाई मानक नेपाली सिकाउने उपायको खोजी गर्नु रहेको छ । यस अध्ययनमा मूलतः प्राथमिक सामग्रीलाई उपयोग गरिएको छ भने गुणात्मक र परिमाणात्मक दुवै ढाँचाको उपयोग गरिएको छ । यसमा उद्देश्यमूलक प्रक्रियाबाट अध्ययन क्षेत्र छनोट र सम्भावनायुक्त प्रक्रियाबाट नमुना छनोट गरिएको छ भने वर्णनात्मक विधिबाट तथ्याङ्कको व्याख्या र विश्लेषण गरिएको छ । यस अध्ययनबाट नमुना स्वरूप दोस्रोभाषीका रूपमा छानिएका माध्यमिक तहमा अध्ययनरत सन्थालीभाषी विद्यार्थीहरूले नेपालीको उच्चारणमा भन्दा लेखाइमा बढी त्रुटिहरू गरेको देखिन्छ । विशेष गरी अजन्त, हलन्त, संयुक्त वर्ण, रेफ, ण को उच्चारण तथा लेख्य चिह्न, पदसङ्गति, पदयोग र पदवियोग जस्ता लेखाइमा त्रुटिहरू गरेको पाइन्छ । मातृभाषाको प्रभाव, भाषा सिकाइमा भएका असहजता, असावधानी र लापर्बाहीका कारण त्रुटिहरू सिर्जना भएको देखिन्छ । त्रुटि निराकरणका लागि समस्यापूर्ण क्षेत्र पहिचान गरी त्यसको कारण पत्ता लगाएर सन्थालीभाषी विद्यार्थीहरूलाई आवश्यकतानुसार मानक सामग्री तयार गरी उच्चारण गर्न लगाएर, लिखित तथा मौखिक प्रतियोगितात्मक क्रियाकलाप सञ्चालन गरेर, लिखित प्रश्नोत्तर गराएर, हौसला प्रदान गरेर, उनीहरूको आत्मविश्वास बढाएर, निरन्तर मूल्याङ्कन र अनुगमन गरी आवश्यक पृष्ठपोषण प्रदान गरेर एवम् सहकार्यात्मक अभ्यास गराएर त्रुटि न्यूनीकरण गरी मानक नेपाली भाषा सिकाउन सकिन्छ ।

{This study focuses on the errors made by the second language learners of the secondary level while pronouncing and writing the Nepali language, and the problems related to impact they make on the accepted and standard Nepali. Sixteen secondary level students speaking the Santhali language as their mother tongue have been selected as the sample. The main purpose of this study is to identify the errors made by the Santhali-speaking students in Nepali pronunciation and writing, and then find out the ways of teaching standard Nepali to them. In this study, only the primary sourses have been used whereas both qualitative and quantitative designs have been used. The study area has been purposively chosen and the sample randomly selected, while the data have been analyzed and interpreted using the descriptive method. From this study, it has been found that the Santhali-speaking students as second language learners studying at the secondary level selected as a sample, make more errors in writing than in the pronunciation of Nepali. Specifically, mistakes are made in writing such as ajanta, halanta, combined characters, reph, pronunciation of rna, punctuations, padasangati (word agreement), word combination and detachment (padayoga and padaviyoga). The errors seem to have been caused because of the influence of the mother tongue, discomfort of language learning, inattention and carelessness. For minimizing the errors, standard Nepali can be taught to the Santhali-speaking students by identifying the problematic areas for solving errors and finding out the reasons for them, preparing standard materials and making them pronounce as necessary, conducting writing and oral competitive activities, giving them encouragement, increasing their confidence, and providing necessary feedback by continuously evaluating and monitoring them, and involving them in collaborative practice in standard Nepali.}
2022-12-31T00:00:00+00:00 Copyright (c) 2022 Author https://www.nepjol.info/index.php/bns/article/view/61448 मेरो चोक कविताको सङ्कथन विश्लेषण र यसको शैक्षणिक सन्दर्भ {Compositional Analysis of Mero Chok Kavita and its Pedagogical Context} 2024-01-04T00:42:24+00:00 रविकिरण Ravikiran अधिकारी Adhikari ravikiran.adhikari@foe.tu.edu.np
प्रस्तुत लेख कवि भूपी शेरचनद्वारा रचित ‘मेरो चोक’ कविताको अध्ययनमा आधारित छ । उक्त कवितालाई सङ्कथन विश्लेषण सिद्धान्तका आधारमा भाषानिष्ठ एवम् वस्तुपरक विश्लेषण गरी मूल आशय पहिल्याउनुका साथै अभिव्यक्ति सौन्दर्यको उद्घाटन गर्नु र त्यसको शैक्षणिक उपयोगिता ठम्याउनु यस लेखको उद्देश्य हो । यसका लागि आवश्यक सामग्री समीक्षात्मक कार्यका आधारमा सङ्कलन गरिएको छ । प्राथमिक सामग्रीका रूपमा ‘मेरो चोक’ कवितालाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा सङ्कथन विश्लेषणसम्बन्धी लेख एवम् ग्रन्थहरूको उपयोग गरिएको छ । यस लेखमा स्थापित सिद्धान्तका आधारमा पाठको अध्ययन गरिएको हुँदा मूलतः निगमनात्मक विधि प्रयोग गरी तथ्य विश्लेषण गरिएको छ भने आवश्यकता हेरी आगमनात्मक विधि पनि अपनाइएको छ । विश्लेषणबाट प्राप्त तथ्यका आधारमा विभिन्न व्याकरणिक र कोशीय युक्तिहरूले पाठमा प्रयुक्त भाषिक एकाइहरूलाई संसक्त तुल्याएको एवम् लयविधानसँग सम्बन्धित उपकरणहरूको कुशल संयोजनद्वारा लयसौन्दर्य र भावसौन्दर्यलाई उन्नत पारिएको हुँदा संसक्ति व्यवस्था एवम् लयविधान दुवै दृष्टिले कवितात्मक सङ्कथन उत्कृष्ट रहेको निष्कर्ष प्रस्तुत गरिएको छ । विधा शिक्षणका सन्दर्भमा भाषिक/साहित्यिक सङ्कथनको बोध र अभिव्यक्ति क्षमता विकास गर्न एवम् कवितात्मक शैलीको पहिचान गरी तदनुरूप प्रयोगमा प्रवृत्त हुन उक्त कविताको सङ्कथन विश्लेषणबाट पर्याप्त सहयोग लिन सकिने अध्ययनको निष्कर्ष रहेको छ ।

{This article is based on the study of the poem 'Mero Chok' composed by poet Bhupi Sherchan. The purpose of this article is to find out the original meaning of the poem by analyzing it linguistically and objectively on the basis of the discourse analysis theory, as well as to trace the beauty of expression and to determine its educational utility. The necessary materials for this study have been collected on the basis of the review works. The poem 'Mero Chok' has been taken as the primary source of the study, while the articles and books on discourse analysis have been used as the secondary sources of the study. In this article, since the text is studied based on the principles established, the facts are analyzed using the deductive method, yet the inductive method is also adopted considering the need. On the basis of the facts obtained from the analysis, it is concluded that the poetic composition is excellent in terms of both grammatical and lexical devices, because the linguistic units used in the text are integrated with various grammatical and lexical devices and rhythmic beauty and emotional beauty are enhanced with a skillful combination of the tools related to rhythm. The conclusion of the study is that in the context of genre teaching, the analysis of the discourse of poetry can provide sufficient support for developing the understanding and expressive ability of linguistic/literary discourse and the tendency of identifying the poetic style and use it accordingly.}
2022-12-31T00:00:00+00:00 Copyright (c) 2022 Author https://www.nepjol.info/index.php/bns/article/view/61461 लुम्बिनी प्रदेशको शैक्षिक विकासमा बुटवल बहुमुखी क्याम्पसको योगदान {Contribution of Butwal Multiple Campus for the Development of Education in Lumbini Province} 2024-01-04T03:51:33+00:00 नारायणप्रसाद Narayan Prasad पन्त Panta narayan.panta@bumc.tu.edu.np यज्ञप्रसाद Yagya Prasad ज्ञवाली Gnawali gnawali.yagya@gmail.com विष्णु शर्मा Bishnu Sharma ज्ञवाली Gnawali bishnu.sharma@tucded.edu.np
बुटवल बहुमुखी क्याम्पस लुम्बिनी प्रदेशको शैक्षिक केन्द्रका रूपमा परिचित हुँदै ‘क’ वर्गको क्याम्पसका रूपमा स्थापित भएको संस्था हो । यसले रूपन्देही, नवलपरासी, अर्घाखाँची, कपिलवस्तु, पाल्पा, गुल्मी, स्याङ्जा, पर्वत, प्युठान, दाङ लगायत जिल्लाका विद्यार्थीहरूलाई सेवा पुर्‍याउँदै आएको छ । यो क्याम्पस विभिन्न सङ्काय र विषयका पठनपाठन, प्राप्त नतिजा, उत्पादित जनशक्ति तथा विद्यार्थी सङ्ख्याका आधारमा शैक्षिक केन्द्रका रूपमा स्थापित भएको छ । यहाँ विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत बिएस्सी र कानुन सङ्कायमा स्नातक तथा मानविकी, शिक्षाशास्त्र र व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहका कक्षा सञ्चालन हुँदै आएका छन् । यो क्याम्पस देशका विभिन्न निकायलाई आवश्यक पर्ने जनशक्ति उत्पादनको केन्द्रबिन्दु बनेको छ । प्रस्तुत लेख बुटवल बहुमुखी क्याम्पसको विगतदेखि वर्तमानसम्मको यात्रा कसरी निर्धारण भएको छ भन्ने मूल समस्यासँग जोडिएर तयार पारिएको छ । क्याम्पसको इतिहासदेखि वर्तमानसम्मका गतिविधिको अध्ययन गर्नु यस लेखको मुख्य उद्देश्य रहेको छ । यस लेखमा प्राथमिक तथा द्वितीयक दुवै स्रोतका सामग्रीको उपयोग गरिएको छ । प्राथमिक स्रोत अन्तर्गत सम्बन्धित विद्वान्सँग अन्तर्वार्ता, अन्तरक्रिया तथा छलफलका माध्यमबाट सामग्री सङ्कलन गरिएको छ । द्वितीयक स्रोत अन्तर्गत विभिन्न लेख, बुलेटिन, टिप्पणीलगायत पुस्तकालय कार्यबाट प्राप्त सामग्री उपयोग गरिएको छ । यस लेखमा क्याम्पसको परिचय मात्र नभएर इतिहास पनि निर्धारण गरिएकाले इतिहास लेखनको पद्धति उपयोग गरिएको छ । क्याम्पसको नतिजा विश्लेषणका लागि तथ्याङ्कीय मानकलाई आधार बनाइएको छ । सङ्कलित सामग्रीको विश्लेषण गरी लुम्बिनी प्रदेशको शैक्षिक विकासमा बुटवल बहुमुखी क्याम्पसको महत्वपूर्ण योगदान रहेको निष्कर्ष निकालिएको छ ।

{Butwal Multipule Campus has been recognized as an 'A' class educational institution and has become the educational hub of the Lumbini province. It has been providing education to the students of Rupandehi, Nawalparasi, Arghakhanchi, Kapilvastu, Palpa, Gulmi, Syangja, Parwat, Pyuthan, Dang and other districts for five decades. This campus has been established as an educational hub on the basis of teaching under different faculties, programs, subjects, results, produced manpower and number of students. This campus has offered B.Sc. under the instutute of Science and Technology, LLB under the Faculty of Law, Bachelor and Master Degree programs under the faculties of Humanities and Social Sciences, Education and Management. This campus has become a centre for producer skilled manpower for various agencies in Nepal. The presented article has been prepared by connecting Butwal Multiple Campus with the basic problem of how the journey from the past to present has been determined. The main objective of this article is to study information concerned with the activities of the campus from its history to the present. Both primary and secondary sources of data have been used while preparing this article. Primary data were collected through interactions, interviews and discussions with the scholars. Various published papers, bulletins, reports and other library resources have been used as the secondary source of data. To prepare this article, the historical approach to writing has been used as this article encompasses both the introduction and the history of the campus. The result of the campus have been analyzed on the basis of the stastical Standard. Based on the analysis of the available data, the study concludes that Butwal Multiple Campus has a significance contribution to the development of education in Lumbini Province.}
2022-12-31T00:00:00+00:00 Copyright (c) 2022 Author https://www.nepjol.info/index.php/bns/article/view/61462 शिक्षकको पेसागत विकासको प्रभावकहरूका सम्बन्धमा सरोकारवालाहरूको अवधारणा {Stakeholders’ Perceptions of the Variables of Teachers’ Professional Development} 2024-01-04T04:31:22+00:00 दिपक Dipak खनाल Khanal dipak.khanal@cerid.tu.edu.np
प्रस्तुत लेख शिक्षकको पेसागत विकासमा प्रभाव पार्ने प्रभावकहरूका सम्बन्धमा सरोकारवालाको धारणासँग सम्बन्धित छ । यस अध्ययनको प्रमुख उद्देश्य नेपालका सामुदायिक विद्यालयका माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूको पेसागत विकासमा प्रभाव पार्ने प्रभावकहरूको विश्लेषण गर्नु रहेको छ । पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गरी विद्यार्थीमा अपेक्षित सिकाइ उपलब्धि हासिल गराउनु शिक्षकको पेसागत कर्तव्य हुन्छ । विभिन्न तथ्याङ्कका आधारमा शिक्षकको पेसागत विकासमा विभिन्न पक्षहरू जस्तैः शिक्षकले पाउने सेवा सुविधाहरू, पदोन्नतिमा विलम्ब, पेसागत विकास तालिममा सहभागिताको अवसर नपाउनु, विद्यालयमा कार्य गर्ने वातावरण अनुकूल नहुनु, राजनीतिको प्रभाव शिक्षकको पेसागत विकासमा पर्नु साथै शिक्षकले प्राप्त गर्ने पुरस्कार, दण्ड जस्ता विविध पक्षहरूको प्रभाव शिक्षकको पेसागत विकासमा पर्ने गरेको छ । यस अध्ययनको ढाँचा गुणात्मक रहेको छ । नमुना छनोटको लागि लुम्विनी प्रदेशमा अवस्थित अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका अन्तर्गतका छवटा माध्यमिक विद्यालयमा अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयका अध्यापनरत शिक्षकहरू, उक्त विद्यालयका प्रधानाध्यापकहरू र नगर शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुखलाई नमुनाको रूपमा छनोट गरी जानकारी तथा सूचना सङकलनको विश्लेषण गरिएको छ । जसका लागि विभिन्न सिद्धान्त साहित्य, नीति नियम, ऐन, कानुन आदिका आधारमा त्रिकोणात्मक र बहुकोणात्मक विश्लेषण समेत गरी निष्कर्ष निकालिएको छ । अध्ययन क्षेत्रका प्रधानाध्यापक एवम् विभिन्न सरोकारवालापक्षहरूको अवधारणा अनुसार शिक्षकको पेसागत विकासको अभावमा अन्य क्षेत्रको लागि आवश्यक पर्ने दक्ष एवम् सिपयुक्त जनशक्ति उत्पादनमा समेत प्रभाव परेको देखिन्छ । शिक्षक स्वयम्ले पनि आफ्नो पेसालाई नाफा घाटासँग तुलना नगरी सेवाभावको रूपमा आफ्नो क्षेत्रबाट कार्य गर्नुपर्दछ । अतः सरोकारवाला पक्ष सबैले शिक्षकको पेसागत विकासमा प्रभाव पार्ने विभिन्न प्रभावकहरू जस्तैः शिक्षकले पाउने सेवा सुविधामा समयानुकूल परिमार्जन सहित उपलब्ध गराउनु पर्ने, कार्यको मूल्याङ्कन र समयावधिका आधारमा हरेक शिक्षकले पदोन्नति हुने अवसर प्राप्त गर्नुपर्ने, प्रत्येक विद्यालयले अनुकूल कार्य वातावरण निर्मण गर्नुपर्ने र राजनैतिक हस्तक्षपको अन्त्य गर्ने कार्यले शिक्षकको पेसागत विकासमा सहयोग पुग्ने देखिन्छ । शिक्षकको पेसागत विकासमा अभिवृद्धि गर्न सकेमा गुणस्तरीय शिक्षाका लागि योगदान पुग्दछ ।

{This article is related to the factors affecting the professional development of teachers. The main objective of the study is to analyze the secondary level community school teachers’ perceptions of the variables affecting teachers’ professional development. The teacher’s major professional responsibility is to equip the learners with the learning outcomes provisioned by the curriculum. The learners’ learning outcomes cannot be effective unless the teacher is proficient in the profession. Therefore, for a teacher to be professionally proficient, he/she needs opportunities of professional development. Several factors as variables influence the professional development of teachers, such as, the quality of services and facilities they receive, delay in promotion, no opportunity for professional development trainings, no favorable work environment at school, political influence on teacher development, and reward and punishment. The study has a qualitative method in which information collected from the teachers teaching English, Mathematics, Science, Nepali and Social Studies and the headmasters of six secondary schools, and the head of the Education, Youth and Sports Section of Bhumikasthan Municipality, Arghakhanchi have been sampled for the study, and the information has been analyzed. The collected data connecting the literature, rules and regulations have been discussed using the triangular and multivariate analysis processes. As the sampled informants have reported, the absence of teachers’ professional development also affects the development of proficient and skilled human resources required for other sectors. Teachers should work without comparing one-to-one profit and loss, but serve the education sector selflessly. Therefore, all stakeholders indicate towards creating a favorable environment of achieving the variables influencing teachers’ professional development, such as periodically adjusting teachers’ services and facilities, promotion opportunities for each teacher on the basis of work performance and the service period, creating a favorable work environment, and eliminating political interference.}
2022-12-31T00:00:00+00:00 Copyright (c) 2022 Author https://www.nepjol.info/index.php/bns/article/view/61464 शैक्षिक सामग्रीको प्रयोगप्रति आधारभूत तहका शिक्षक तथा प्रधानाध्यापकको अवधारणा {Basic Level Techers’ and Headmasters’ Perceptions of the Use of Teaching Materials} 2024-01-04T04:50:38+00:00 बद्रिप्रसाद Badri Prasad फुएल fuyal badri.phuyal@mmrc.tu.edu.np
यस लेखको उद्देश्य आधारभूत तहको सामुदायिक विद्यालयमा शिक्षण गर्ने शिक्षक तथा प्रधानाध्यापकहरूमा शैक्षिक सामग्रीप्रतिको अवधारण पत्ता लगाउने रहेको छ । यो अध्ययन गुणात्मक ढाँचाबाट सम्पन्न गर्ने क्रममा उत्तरदाताबाट शाब्दिक सूचना सङ्कलन गरिएको छ भने सो सूचनाको विश्लेषण पनि व्याख्यात्मक ढङ्गले नै गरिएको छ । अध्ययनका क्रममा प्राथमिक सूचना अध्ययनकर्ता स्वयम् सम्बन्धित क्षेत्रमा उपस्थित भएर नमुना छनोटमा परेका व्यक्तिहरूसँग अन्तर्वार्ता र प्रश्नावलीको उपयोग गरी सङ्कलन गरिएको छ । त्यस्तै अध्ययनसँग सम्बन्धित लिखित रूपमा रहेका प्रकाशित तथा अप्रकाशित सामग्रीहरूबाट द्वितीयक सूचना समेत उपयोग गरिएको छ । प्राथमिक सूचना सङ्कलन गर्न इलाम जिल्लालाई सुविधाका आधारमा छनोट गरी चिट्ठाका माध्यमद्वारा कुल २९४ वटा सामुदायिक विद्यालय मध्येबाट १२० जना शिक्षक र प्रधानाध्यापकलाई समान सम्भावनायुक्त नमुना छनोट विधिबाट छनोट गरिएको छ । अध्ययनको सिलसिलामा आएका सूचनाहरूलाई वर्गीकरण गर्दै विषयगत आधारमा विश्लेषण एवम् छलफल गरिएको छ । छनोटमा परेका सामुदायिक आधारभूत विद्यालयमा शिक्षण गर्ने शिक्षकहरू न्यूनतमभन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गर्नाका साथै तालिमसमेत प्राप्त गरेको अवस्था हुँदाहुँदै शैक्षिक सामग्रीप्रति उनीहरूमा सकारात्मक अवधारणा साथै शिक्षणलाई प्रभावकारी बनाउने जाँगरको कमी देखिन्छ । शिक्षणमा सामग्रीको प्रयोगले समय खेर फाल्नुका साथै यसको प्रयोगबिना पनि प्रभावकारी शिक्षण गर्न सकिने धारणा राख्नु शिक्षक एवम् प्रधानाध्यापकमा नकारात्मक भावना हावी भएको देखिएको हुँदा यसलाई अनुगमन एवम् पुनर्ताजगी तालिमलाई कार्यशालाका रूपबाट सञ्चालन गरेर उनीहरूको सोचमा सकारात्मक भावनामा ल्याउनु आवश्यक देखिन्छ ।

{The major objective of this study is to explore basic level community school teachers’ and headmasters’ perceptions of teaching materials. In line with the qualitative design, the information has been collected in the verbal form and analyzed descriptively. In the course of the study, the primary information has been collected from the selected individuals by the researcher himself using the interview and the questionnaire as the research tools. Similarly, other published as well as unpublished resources have been utilized as the secondary source of information. For obtaining the primary information, Ilam district has been selected on the convenience basis, and of the total of 294 basic community schools, 120 teachers have been selected as the respondents randomly. The information collected in the course of the study has been thematized and categorized, and then discussed. The study reveals that the teachers and headmasters selected for the study have only a small degree of positive perception and less spirit for teaching even though they have higher qualifications than are required and are trained. It prevails among them that the use of teaching materials is a waste of time and that effective teaching is possible even without teaching materials, meaning ultimately that they have negative perceptions of teaching materials. Hence, it is necessary to bring about positive perceptions among them by means of monitoring and refreshers in the form of workshops.}
2022-12-31T00:00:00+00:00 Copyright (c) 2022 Author https://www.nepjol.info/index.php/bns/article/view/61465 स्नातकोत्तर तहको नेपाली विषयको पाठ्यक्रममा लैङ्गिक चेतना {Gender Awareness in Postgraduate Level Nepali Curriculum} 2024-01-04T05:03:12+00:00 रजनी Rajani ढकाल Dhakal rajani.dhakal@cdn.tu.edu.np
प्रस्तुत अनुसन्धानमूलक लेख स्नातकोत्तर तह मानविकी सङ्कायको नेपाली विषयको पाठ्यक्रममा रहेका रचनामा लैङ्गिक चेतनाको विश्लेषणमा केन्द्रित छ । बदिलँदो सामाजिक मूल्यमान्यता अनुसार पाठ्यक्रममा लैङ्गिक संवेदना र त्यसको चेतनाको पाटो महत्त्वपूर्ण रहेको छ । प्रस्तुत अध्ययनमा स्नातकोत्तर तहको नेपाली विषयमा चयन गरिएका रचनामा रहेको लैङ्गिक चेतनाको अवस्थालाई लैङ्गिकताको सैद्धान्तिक मान्यताका आधारमा विश्लेषण गरिएको छ । यस अध्ययनमा आधुनिक नेपाली साहित्यका आख्यान, नाटक र कविताकाव्यका पाठ्यक्रममा समाविष्ट रचनाहरूको लैङ्गिक प्रतिनिधित्व र लैङ्गिक प्रतिरोधी चेतनाका पक्षबाट अध्ययन गर्दा पाठ्यसामग्रीको गहन पठनबाट प्राप्त सामग्रीलाई विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । स्नातकोत्तर तह नेपाली विषयको पाठ्यक्रमको विश्लेषणका क्रममा यसमा लैङ्गिक प्रतिनिधित्व र समताको अवस्था, महिला र पुरुषले निर्वाह गर्ने परम्परागत भूमिका, लैङ्गिक उत्पीडनका विरुद्धको प्रतिरोध तथा सामाजिक न्यायका दृष्टिले पाठ्यक्रममा रहेका पाठहरूको लैङ्गिक विश्लेषण गरिएको छ । पाठहरूको विश्लेषणको आधारलाई व्यवस्थित गर्न पाठको तालिकीकरण गरी उक्त तालिकाका आधारमा पाठ्यक्रमका विधाहरूको पाठपरक र विषयवस्तुपरक विश्लेषण गरिएको छ । यस आधारमा स्नातकोत्तर तहको नेपाली पाठ्यक्रममा प्रतिनिधित्व, सन्तुलन र समन्वयका दृष्टिले बढी मात्रामा पुरुषपक्षीय भएको निष्कर्ष प्रस्तुत गरिएको छ । गुणात्मक ढाँचा अवलम्बन गरिएको यस अनुसन्धानमा लैङ्गिक संवेदना र पाठ्यक्रम तथा पाठ्यक्रममा रहेका पाठमा लैङ्गिक सन्तुलनको पक्ष समावेशी हुन नसकेको निष्कर्ष समेत प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।

{This research article focuses on the analysis of gender awareness in the composition of the postgraduate level curriculum of Nepali subject in the Faculty of Humanities and Social Sciences. According to changing social values, gender sensitivity and its awareness are important in the curriculum. In this study, the status of gender consciousness in the selected works on Nepali subjects at the post-graduate level has been analyzed based on the theoretical recognition of gender. In this study, the gender representation of works within the curriculum of modern Nepali literature, including narratives, dramas, and poetry, along with gender resistance consciousness, has been examined. The material obtained from the intensive reading of textbooks was analyzed using the analytical method. During the analysis of the postgraduate-level Nepali subject curriculum, this study examined gender representation, the state of equality, traditional roles performed by women and men, resistance against gender oppression, and social justice. To organize the foundation of the textual analysis, genres of the courses were subjected to both textual and thematic analyses, using tabulation as a tool. Consequently, the conclusion was drawn that postgraduate Nepali courses exhibit a bias towards male representation, lacking balance and coordination. Within the qualitative framework of this research, it was also found that gender sensitivity and the aspect of gender balance were not incorporated into the curriculum.}
2022-12-31T00:00:00+00:00 Copyright (c) 2022 Author