जीवनदर्शनमा नेपाली संस्कृति र समाजको प्रभाव {Influence of Nepali Culture and Society on life Philosophy}

Authors

  • नारायण Narayan चालिसे Chalise Nepal Sanskrit University

DOI:

https://doi.org/10.3126/bpjms.v1i1.55694

Keywords:

समाजदर्शन, सांस्कृतिक समन्वय, धर्मदर्शन, अन्तर्घुलन, जीवनदर्शन, Dharmadarshan, Samajdarshan

Abstract

यो लेख सैद्धान्तिक विषयसँग सम्बद्ध रहेको छ । नेपालको सन्दर्भमा संस्कृति, समाज, दर्शन र जीवन अन्तःसम्बन्धित छन् । कुनै एउटा विषयलाई समाउँदा अन्य विषयहरू पनि सँगै आउँछन् । हाम्रो समाजको संरचना नै यस्तो छ कि हामी चाहेर, नचाहेर, जानेर, नजानेर पनि संस्कृतिका सम्वाहकहरू हौँ । हाम्रो समाजको निर्माण साझा भावना, विचार, व्यवहार र कर्मबाट निर्मित र परिचालित छ । हामी नजानेरै संस्कृतिका सम्बाहक, समाजका निर्माता, दर्शनका अनुयायी भएर जीवन  चलाइरहेका छौँ । जति छिटो यस कुराको बोध हामीलाई हुन्छ त्यति नै हामी र हाम्रो समाजलाई यसले लाभ गर्छ भन्ने यस लेखको मुख्य निष्कर्ष रहेको छ । यस लेखमा तार्किक प्रश्नहरू गरिएको छ र तिनको प्राज्ञिक उत्तर दिने प्रयत्न गरिएको छ । हाम्रो समाज सांस्कृतिक समन्वयमा अडेको छ । बहुजातीय, बहुभाषिक अनि बहुसांस्कृतिक मुलुकका नागरिक भएका नाताले यस परम्परालाई जोगाएर राख्नु हाम्रो कर्तव्य हो । जीवन र जगत्का यथार्थहरूको जानकारी हामीलाई दर्शनले गराउँछन् भने जीवनमा सामूहिक भावना र सांस्कृतिक श्रेष्ठता हाम्रा दायित्वभित्रका कुरा हुन् भन्ने मूल सन्देश प्रवाह गर्नु यस लेखको उद्देश्य रहेको छ । हाम्रो जीवनदर्शनमा संस्कृति र समाजको गहिरो प्रभाव परेको हुन्छ भन्ने निचोड यस लेखको रहेको छ । विश्लेषण विधिका माध्यमले तार्किक निष्कर्षमा पुग्ने काम यस लेखमा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
39
PDF
337

Author Biography

नारायण Narayan चालिसे Chalise, Nepal Sanskrit University

Department of Nepali

Downloads

Published

2023-06-12

How to Cite

चालिसे Chalise न. N. (2023). जीवनदर्शनमा नेपाली संस्कृति र समाजको प्रभाव {Influence of Nepali Culture and Society on life Philosophy}. Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 1(1), 43–49. https://doi.org/10.3126/bpjms.v1i1.55694

Issue

Section

Articles