नेपाली साहित्यमा पूर्वीय दर्शनको प्रभाव {Influence of Eastern Philosophy on Nepali Literature}

Authors

  • नारायण Narayan गडतौला Gadtaula Central Department of Nepali, TU

Keywords:

स्याद्वाद, समन्वयवाद, शून्यवाद, बहुलवाद

Abstract

नेपाली साहित्यमा प्रारम्भ कालदेखि नै पूर्वीय दर्शनको प्रभाव रहेको देखिन्छ । पूर्वीय दर्शनका मूलभूत स्रोतहरू वेद, उपनिषद्, रामायण, महाभारत, सूत्रग्रन्थ, बौद्ध तथा जैन साहित्य आदि रहेका छन् । वैदिक कृतिहरूमा स्थापित प्रकृति र समाजको बहुलता, औपनिषदिक आत्मा र ब्रह्म चैतन्यको शाश्वतता, पौराणिक समन्वयवाद, बौद्ध शून्यवाद र जैन स्याद्वाद जस्ता चिन्तनले नेपाली साहित्यमा प्रभाव पारेको तथ्यलाई यहाँ विभिन्न उदाहरणबाट स्पष्ट गरिएको छ । यी चिन्तनबाट नेपाली साहित्यमा जीवन र जगत्सम्बन्धी विविध विचार विकास भएका छन् जसमा सृष्टि, विकास एवं विनाशको अनन्त चक्रसँगै मानवको नियति सम्बन्धी विचार पर्दछन । मानव आफनो कर्मले आफूलाई सभ्यताको उचाइतर्फ लैजाने उच्च चैतन्य प्राणी भए पनि ब्रह्माण्डको बृहत्प्रणालीमा ऊ निरीह बन्न विवश भएको सत्यलाई पनि नेपाली सर्जकहरूले आप्mना कृतिको विचारभूमि बनाएको देखिन्छ । प्रकृति र समाजमा विद्यमान बहुलता व्यावहारिक सत्य भए पनि परमार्थतः अद्वैतको ऐकान्तिक सत्यकै विवर्त वा परिणामका रुपमा दृश्यप्रपञ्चलाई स्विकारेर सामाजिक स्दभाव, भ्रातृत्व विश्वबन्धुत्व, व्यापक पर्यावरणीय सहअस्तित्व जस्ता चिन्तनलाई नेपाली सर्जकहरूले आत्मसात गरेका छन् भन्ने निष्कर्षलाई कृतिकै साक्ष्यको सूक्ष्म पठन विधिद्द्वारा स्थापित गरिएको छ ।

Abstract
393
PDF
0

Downloads

Published

2023-06-12

How to Cite

गडतौला Gadtaula न. N. . (2023). नेपाली साहित्यमा पूर्वीय दर्शनको प्रभाव {Influence of Eastern Philosophy on Nepali Literature}. Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 1(1), 50-64. https://doi.org/10.3126/bpjms.v1i1.55695

Issue

Section

Articles

How to Cite

गडतौला Gadtaula न. N. . (2023). नेपाली साहित्यमा पूर्वीय दर्शनको प्रभाव {Influence of Eastern Philosophy on Nepali Literature}. Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 1(1), 50-64. https://doi.org/10.3126/bpjms.v1i1.55695