‘बाबुको काँधमा छोरो सुतिरहेको देश’ कथामा विश्वदृष्टि

Authors

  • कृष्णप्रसाद Krishnaprasad सापकोटा Sapkota Birendra Multiple Campus Chitwan

Keywords:

संरचना, समानधर्मिता, चेतना, परावैयक्तिक, वर्गचेतना

Abstract

‘बाबुको काँधमा छोरो सुतिरहेको देश’ महेशविक्रम शाहको ‘छापामारको छोरो’ सङ्ग्रहमा सङ्कलित कथा हो । यस कथालाई लुसिए गोल्डमानको विश्वदृष्टिसम्बन्धी मान्यताका आधारमा विश्लेषण गरिएको छ । समाजशास्त्रका विभिन्न मान्यताहरूमध्ये विश्वदृष्टि पनि एक हो । यस कथामा देशमा प्रजातन्त्रको पुर्नस्थापनापश्चात् दसवर्षे जनयुद्धको समयमा सर्वसाधारण नेपाली जनताका छोराछोरी कसरी मारिन्थे भन्ने कुराको सन्दर्भ प्रस्तुत भएको छ । नेपालमा दसवर्षे जनयुद्धको एउटा कालखण्डमा कहालीलाग्दो र त्रासद वातावरण सिर्जना भएको थियो । सामान्यरूपमा भन्दा पनि यातना दिएर, त्रासद वातावरणको सिर्जना गरेर व्यक्तिहत्या भएको थियो । व्यक्तिविशेषलाई झुन्ड्याएर, घिसारेर, गोली हानेर र घाँटी छिनाएर शरीर एकातिर र टाउको अर्कोतिर बनाएर छोड्ने घटना दिनानुदिन भएका थिए । यस्तो परिस्थिति सिर्जना हुनुमा युद्धरत माओवादी नेतृत्व पनि दोषी देखिन्छ भने युद्धलाई दबाउने र माओवादीलाई सिध्याउने नाममा सर्वसाधारणको हत्यामा संलग्न सेना पनि दोषी देखिन्छ । दुवै बन्दुकधारीको मार सर्वसाधारणले खेपेका थिए । अन्यायमा पर्ने व्यक्तिले कुनै निकायबाट पनि न्याय पाएका थिएनन् । न्याय दिने निकाय निरीह अवस्थामा थियो । उनीहरू कुनै पनि काम आफूबाट पन्छाएर अर्को निकायलाई टाँसो लगाउन अग्रसर थिए । देशको यस्तो स्थितिले सर्वसाधारण नेपाली जनतामा तनाव र दबाबको स्थिति सिर्जना गरेको थियो । शरीर नभएको छोराको टाउको बोकेर अनेकौँ ठक्कर खाँदै हिँडेको बाबुले विभिन्न निकायमा गुहार्दा पनि न्याय पाउन सकेको थिएन एकातिर भने अर्कोतिर खुलेर उसको समर्थन गर्ने आँट पनि सर्वसाधारणमा नभएको कुरालाई कलात्मक र कथात्मक रूप दिँदै अबको दिनमा यस्तो स्थिति देशमा सिर्जना हुनुहुँदैन भन्ने कुरालाई कथाले देखाएको छ । सबैले सहज रूपमा बाँच्न पाउनुपर्दछ, हाँस्न पाउनुपर्दछ र अन्यायमा पर्नेले न्याय र अन्याय गर्नेले सजाय पाउनुपर्दछ । छाडातन्त्र हुनुहुँदैन अनि मात्र सुखी नेपाली र समृद्ध नेपाल बन्न सक्दछ भन्ने दृष्टिकोणलाई कथाले विश्वदृष्टिका रूपमा प्रस्तुत गरेको छ ।

Abstract
277
PDF
0

Author Biography

कृष्णप्रसाद Krishnaprasad सापकोटा Sapkota, Birendra Multiple Campus Chitwan

Associate Professor of Nepali 

Downloads

Published

2024-05-28

How to Cite

सापकोटा Sapkota क. K. (2024). ‘बाबुको काँधमा छोरो सुतिरहेको देश’ कथामा विश्वदृष्टि. Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 2(01), 54-65. https://doi.org/10.3126/bpjms.v2i01.65888

Issue

Section

Articles

How to Cite

सापकोटा Sapkota क. K. (2024). ‘बाबुको काँधमा छोरो सुतिरहेको देश’ कथामा विश्वदृष्टि. Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 2(01), 54-65. https://doi.org/10.3126/bpjms.v2i01.65888