द्रौपदी अवशेष उपन्यासमा सांस्कृतिकता

Authors

  • शंकरप्रसाद Shankarprasad गैरे Gairhe Tribhuvan Multiple Campus, Palpa

Keywords:

खाताह, टसी लु, ठालुक, न्येलु, फो, रङलु, सुर्मु

Abstract

प्रस्तुत समीक्षात्मक लेखमा नीलम कार्की निहारिकाद्वारा लेखिएको द्रौपदी अवशेष उपन्यासको विश्लेषणात्मक अध्ययन गरिएको छ । नेपाली आख्यान साहित्यमा विशिष्ट पहिचान बनाएकी कार्कीको प्रस्तुत उपन्यासलाई सांस्कृति उपन्यास मानिएको पाइन्छ । संस्कृति मानव समाजको जन्मदेखि मृत्युपर्यन्त हरेक समयमा उनीहरूले आफ्नो परिचयलाई झल्काउनेगरी गर्ने स्थानिक, जातिविशेष, लिङ्गविशेष, पेसाविशेष वा यस्तै विशिष्ट पहिचान झल्काउने चलन हो । साहित्यिक कृतिहरूले जीवनजगतका अन्य विभिन्न विषय अवस्थाका साथै त्यस कृतिले प्रस्तुत गरेको पात्रविशेषका स्थानको चालचलन, रीतिरिवाज, संस्कार आदिलाई पनि प्रस्तुत गर्ने हुनाले साहित्यको अध्ययन गर्ने क्रममा त्यसको संस्कृतिपक्षको पनि अध्ययन हुनुपर्ने मान्यता पछिल्लो समयमा विकसित भएको देखिन्छ । त्यस प्रकारको मान्यतामा आधारित सिद्धान्तलाई उत्तरआधुनिक समालोचनाले सांस्कृतिक समालोचनाका रूपमा विकसित गरेको पाइन्छ, जसले साहित्यिक कृतिमा अभिव्यक्त संस्कृतिको अध्ययन गर्दछ । नीलम कार्की निहारिकाले आफ्नो चौथो उपन्यास द्रौपदी अवशेषमा नेपालको हुम्ला जिल्लाको एउटा गाउँमा मूलतः बहुपति प्रथाको रूपमा रहेको संस्कृतिलाई विषय बनाएर त्यसलाई नै प्रस्तुत गर्ने मुख्य उद्देश्यका साथ यो उपन्यासको निर्माण गरेको देखिन्छ । मूलतः वैवाहिक सन्दर्भको संस्कृतिलाई प्रस्तुत गर्ने उद्देश्यले लेखिएको भए पनि वैवाहिक जीवनसँग जोडिएका र कतिपय नजोडिएका अन्य सांस्कृतिक पक्षहरूलाई पनि उठाएको देखिन्छ । प्रस्तुत उपन्यास सांस्कृतिक विषयको उठानका दृष्टिले महत्वपूर्ण रहेको हुँदा उपन्यायमा संस्कृतिको पक्षलाई केकसरी उठाइएको छ? भन्ने समस्यामूलक प्रश्नमा केन्द्रित रहेर द्वितीय स्रोत सामग्रीको प्रयोग गरेर गुणात्मक अध्ययन अन्तर्गत विश्लेषणात्मक विधिको प्रयोग गरी कृतिको विश्लेषण गरिएको छ । उपन्यासमा प्रस्तुत भएका सांस्कृतिक विषयका विभिन्न पक्षलाई सूक्ष्म रूपले अध्ययन गरी प्रस्तुत उपन्यास सांस्कृतिक उपन्यासको रूपमा महत्वपूर्ण रहेको निष्कर्ष निकालिएको छ ।

Abstract
471
PDF
1

Author Biography

शंकरप्रसाद Shankarprasad गैरे Gairhe, Tribhuvan Multiple Campus, Palpa

Lecturer of Nepali 

Downloads

Published

2024-05-28

How to Cite

गैरे Gairhe श. S. (2024). द्रौपदी अवशेष उपन्यासमा सांस्कृतिकता. Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 2(01), 139-150. https://doi.org/10.3126/bpjms.v2i01.65916

Issue

Section

Articles

How to Cite

गैरे Gairhe श. S. (2024). द्रौपदी अवशेष उपन्यासमा सांस्कृतिकता. Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 2(01), 139-150. https://doi.org/10.3126/bpjms.v2i01.65916