नेपालमा सहकारी सञ्चालनमा देखिएका चुनौती

Authors

  • Sanjeev Poudel कृषि विकास बैंक लि.

DOI:

https://doi.org/10.3126/bpjms.v3i01.76250

Keywords:

गरिबी, मूल्य र मान्यता, सहकारी सिद्धान्त

Abstract

यो लेख नेपालमा सहकारी सञ्चालनमा देखिएका चुनौतीको अध्ययनसँग सम्बन्धित छ । सहकारी एउटा निश्चित भौगोलिक सीमाभित्र बसोवास गर्ने र समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसी हितका निम्ति आर्थिक कारोवार गर्ने अवधारणा हो । यसबाट मानिसका आवश्यकताहरू, जस्तै: रोजगारी, स्वास्थ्य, शिक्षा र जीवनस्तर सुधार गर्न सकिन्छ । संसारका सहकारीहरू सैद्धान्तिक मूल्य मान्यता र कानुनी आधारमा सञ्चालन हुनुपर्दछ भन्ने मान्यता राखिएको हुन्छ । विश्वव्यापी रूपमा सहकारी कार्यक्रम सफल हुँदा नेपालमा झन्डै पच्चिस प्रतिशत जनसङ्ख्या संलग्न भएको र सत्तरी वर्षको इतिहास भएको सहकारी क्षेत्रमा विभिन्न चुनौती देखा परेका छन् । यो लेखमा यिनै चुनौतीहरू खोज्ने उद्देश्य रहेको छ । यस लेखमा द्वितीय स्रोतसामग्रीको समीक्षा र विश्लेषण गरी सहकारीका चुनौतीहरु पहिचान गरिएको छ र सहकारी क्षेत्रमा सहकारीका सिद्धान्तमा, मूल्य मान्यता र अभ्यासमा  बनेका ऐन कानुनमा समेत चुनौती भएको निष्कर्ष निस्किएको छ । सहकारी सञ्चालनमा देखिएका विकृति र अपचलनजस्ता विषयमा समाजमा बहस चलिरहेको वर्तमान अवस्थामा सहकारी क्षेत्रका निहित चुनौतीहरूलाई पहिचान गरेर समस्या समाधान गर्न सहयोग पुग्ने हुनाले यस लेखको महत्व रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
144
PDF
410

Author Biography

Sanjeev Poudel, कृषि विकास बैंक लि.

सञ्चालक समिति सदस्य

Downloads

Published

2025-03-11

How to Cite

Poudel, S. (2025). नेपालमा सहकारी सञ्चालनमा देखिएका चुनौती. Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 3(01), 159–172. https://doi.org/10.3126/bpjms.v3i01.76250

Issue

Section

Articles