गलबन्दी लोकदोहोरी गीतको संवाद विश्लेषण {Conversation Analysis of Galbandi Folk Dohori Song}

Authors

  • बाबुराम Baburam ओझा Ojha

DOI:

https://doi.org/10.3126/cd.v16i1.48161

Keywords:

संवाद विश्लेषण, पारस्परिक सम्झौता, संवादात्मक घुम्ती, कथन युग्म, प्रतिरक्षात्मक मोड, निष्कर्षात्मक मोड, conversation analysis, mutual agreement, conversational turn, narrative pair, defensive mode, inferential mode

Abstract

प्रस्तुत आलेख ‘गलबन्दी’ लोकदोहोरी गीतमा रहेको संवाद विश्लेषणमा केन्द्रित रहेको छ । संवाद सङ्कथन अन्तर्गत पर्ने अर्थपूर्ण अभिव्यक्ति वा भाषिक उच्चार हो । संवादले कुराकानीमा सहभागीका प्रश्नात्मक वा समर्थनात्मक व्यवहारमा आधारित एकाइलाई बुझाउँछ । सङ्कथन विश्लेषणका क्रममा संवादलाई पाठका रूपमा ग्रहण गरेर विभिन्न पक्षबाट यसको विश्लेषण गरिन्छ । ‘गलबन्दी’ लोकदोहोरी गीतमा रहेको संवादात्मकताको अध्ययन गर्नु यस आलेखको मुख्य उद्देश्य रहेको हुनाले विश्लेषणलाई सोही लोकदोहोरी गीतको संवादको अध्ययनमा केन्द्रित गरिएको छ । यो आलेख तयार पार्न गीति सामग्रीको सङ्कलन इन्टरनेटबाट गरिएको छ । गोगल र युट्युबबाट ‘गलबन्दी’ शीर्षकको संवादात्मक गीतका शब्द तथा ती गीतहरूको गायन तथा संवादात्मकताको सामग्री लिइएको छ । संवादको सैद्धान्तिक पक्षका सामग्री विभिन्न पुस्तक र पत्रिकामा प्रकाशित भएका द्वित्तीयक स्रोतबाट लिइएको छ । यहाँ संवाद विश्लेषणका सामान्यीकृत मान्यताका आधारमा लोकगीतको विश्लेषण गरिएको हुनाले सामग्रीको विश्लेषणका क्रममा निगमन विधि प्रयुक्त छ र लेख प्रस्तुतीकरणमा वणर्नात्मक विधिको प्रयोग गरिएको छ । ‘गलबन्दी’ शीर्षकको लोकदोहोरी गीतमा रहेको गीतिसंवादमा सहभागीको पारस्परिक सहयोग र सक्रियताले संवादले निरन्तरता पाएको र विषय व्यवस्थापन सघन बनेको छ । यहाँ संवादात्मक घुम्तीका कारण संरचनात्मक सुदृढता र वैचारिक अन्तसूत्रको निरन्तरता छ भने कथन युग्मबीचको सामीप्यका कारण संवाद सार्थक र सफल देखापर्छ ।

This article focuses on the conversation analysis in the folk song 'Galbandi'. A conversation is a meaningful expression or linguistic utterance that falls under discourse analysis. A conversation refers to a unit based on the interrogative or supportive behavior of the participants in the dialogue. In the course of discourse analysis, dialogue is taken as a text and analyzed from various aspects. Since the main purpose of this article is to study the conversation in the folk song 'Galbandi', the analysis is focused on the study of the dialogue of the same folk song. To prepare this article, the song material has been collected from the internet. The words of the conversational song titled 'Galbandi' and the singing and conversational content of those songs have been taken from Google and YouTube. The content of the theoretical aspect of dialogue has been taken from secondary sources published in various books and magazines. Since folk songs are analyzed based on the generalized principles of conversation analysis, the inductive method has been used in the content analysis and the descriptive method has been used in the presentation of the article. Due to the mutual cooperation and activeness of the participants in the song dialogue in the folk song titled 'Galbandi', the dialogue has continued and the subject management has become intensive. Here, there is structural strength and conceptual continuity due to conversational turns, while the conversation appears meaningful and successful due to the closeness between the pairs of statements.

Downloads

Download data is not yet available.
Abstract
46
PDF
47

Downloads

Published

2022-09-08

How to Cite

ओझा Ojha ब. B. (2022). गलबन्दी लोकदोहोरी गीतको संवाद विश्लेषण {Conversation Analysis of Galbandi Folk Dohori Song}. CHINTAN-DHARA, 16(1), 30–40. https://doi.org/10.3126/cd.v16i1.48161

Issue

Section

Articles