स्थानीय उद्यमशीलता विकासमा विश्रान्ति सर्वत उद्योगको भूमिका {Role of Bishranti Syrup Industry in Local Entrepreneurship Development}

Authors

  • जनार्दन Janardhan घिमिरे Ghimire

DOI:

https://doi.org/10.3126/cd.v16i1.48164

Keywords:

मौसमी उद्योग, पठार, घमाइलो, भूस्खलन, प्याङ्खर, उष्ण मौसम, seasonal industry, plateau, sunny, landslide, unproductive land, hot weather

Abstract

विश्रान्ति सर्वत उद्योग धनकुटा नगरपालिका वडा नं. ९, मूलघाटमा अवस्थित विश्रान्ति मन्दिर परिसरमा वि. सं. २०६३ मा स्थापित उद्योग हो । यस उद्योगले बेलबाट बनिने सर्वतको उत्पादन गर्दछ । उक्त उद्योगले स्थानीय उद्यमशीलता विकासमा निर्वाह गरेको भूमिका पत्ता लगाउनु यस लेखको मुख्य उद्देश्य हो । यसका लागि यहाँ प्रश्नावली, अन्तर्वार्ता, स्थलगत अध्ययनका माध्यमबाट प्राथमिक स्रोतका सामग्रीहरू सङ्कलन गरिएका छन् भने पुस्तक, पत्रपत्रिका तथा वेवसाइडबाट द्वीतीय स्रोतका सामग्रीहरू सङ्कलन गरिएका छन् । सङ्कलित सामग्रीहरूलाई तथ्याङ्कका रूपमा उपयोग गरी तिनलाई तालिकामा प्रस्तुत गरी विश्लेषण गरिएको छ । त्यसै खेर गइरहेका वनस्पतीय कच्चा पदार्थलाई पहिचान गरी कुटीर उद्योग सञ्चालन गरिएको हुँदा यस उद्योगले स्थानीय व्यक्तिहरूलाई रोजगारी दिनुका साथै सर्वत उत्पादन गर्ने सिप विकासमा समेत सहयोग पुर्‍याएको छ भन्ने निष्कर्ष यस लेखमा निकालिएको छ ।

Vishranti Syrup Industry, an industry established in 2063, is located at Vishranti temple complex in Dhankuta Municipality Ward no. 9, Mulghat. This industry produces syrup made from the  fruit called 'Bel' in Nepali language. The main objective of this article is to find out the role played by the industry in local entrepreneurship development. For this, primary source materials have been collected through questionnaires, interviews, site studies; and secondary source materials have been collected from books, newspapers and websites. The collected materials have been used as statistics and presented in Tables, and have been analyzed. In this article, it has been concluded that the cottage industry has been operated after identifying the vegetable raw materials that are being wasted, and this industry has given employment to the local people and has also helped in the development of the skills of producing fruit syrup.

Downloads

Download data is not yet available.
Abstract
63
PDF
39

Downloads

Published

2022-09-08

How to Cite

घिमिरे Ghimire ज. J. (2022). स्थानीय उद्यमशीलता विकासमा विश्रान्ति सर्वत उद्योगको भूमिका {Role of Bishranti Syrup Industry in Local Entrepreneurship Development}. CHINTAN-DHARA, 16(1), 41–47. https://doi.org/10.3126/cd.v16i1.48164

Issue

Section

Articles