धनकुटा जिल्लाका मातृभाषाको भौगोलिक तथा सामाजिक स्थिति

Authors

  • Ganesh Raj Adhiikari महेन्द्ररत्न क्याम्पस, ताहाचल, त्रिभुवन विश्वविद्यालय
  • Basudev Dhungel पुष्पलाल मेमोरियल कलेज, काठमाडौँ
  • Tikaram Linkha पाटन संयुक्त क्याम्पस, पाटन, त्रिभुवन विश्वविद्यालय
  • Shaktiraj Nepal महेन्द्ररत्न क्याम्पस, ताहाचल, त्रिभुवन विश्वविद्यालय

Keywords:

स्थानीय निकाय, समतुल्य भाषा, सङ्घीयता, मातृभाषा, प्रधान भाषा

Abstract

प्रस्तुत लेख धनकुटा जिल्लाका मातृभाषाको भौगोलिक, सामाजिक तथा भाषिक स्थितिको अध्ययन गर्ने विषयमा केन्द्रित छ । उक्त जिल्लाका सातवटा पालिकाको भौगोलिक स्थितिका साथमा मातृभाषाका स्थितिको निरूपण गर्ने प्रस्तुत लेखको उद्देश्य रहेको छ । व्याख्यात्मक अध्ययन (म्भकअचष्उतष्खभ कतगमथ०  र सूचना विश्लेषण (ऋयलतभलत बलबथिकष्क० को मिश्रित ढाँचालाई अपनाइएको प्रस्तुत लेखमा मुख्यतः द्वितीयक स्रोतका तथ्याङ्क र परिपूरकका रूपमा प्राथमिक तथ्याङ्कको समेत उपयोग गरिएको छ । जसमा सातवटा पालिकाको भौगोलिक अवस्थितिमध्ये अक्षांश, देशान्तर, क्षेत्रफल र जनसङ्ख्यालाई अध्ययनको आधार बनाइएको छ भने मातृभाषाको सामाजिक वितरणको आधारमा प्रधान मातृभाषा, समतुल्य मातृभाषा, भाषापरिवार, भाषाका लैङ्गिक वक्तालाई विश्लेषणको आधार बनाइएको छ । द्वितीयक स्रोतका सामग्रीको अध्ययनपश्चात् पालिकाको वर्णानुक्रमका अनुसार मातृभाषाहरूको सूची निर्माण गरी भाषापरिवार र वक्ताको सङ्ख्याका आधारमा मातृभाषाको अवस्थिति निरूपण गरिएको छ । अध्ययनअनुसार तीनवटा पालिकामा सङ्केत भाषाको प्रयोग गरिएको पाइएको छ भने आफ्नो मातृभाषा नखुलाएका वक्ताहरू सातवटै पालिकामा रहेका छन् । यसरी हरेक पालिकामा वक्ताको सङ्ख्याका आधारमा हेर्दा नेपाली भाषा प्रधान भाषा र पालिकापिच्छे कतै याक्थुङ् लिम्बु, कतै राई वान्तवा, कतै मगर धुत मातृभाषाहरू समतुल्य भाषाका रूपमा प्रयोग हुने देखिन्छन् । यसरी हरेक पालिकामा रहेका मातृभाषाको सामाजिक, भाषिक अवस्थितिबाट भाषासम्बन्धी राष्ट्रिय नीतिको निर्माण गर्न तथा स्थानीय पालिकामा भाषाहरूको स्थान निरूपण गर्नका साथै मातृभाषाको नीति कार्यक्रम तयार गर्नका लागि सम्बद्ध सरोकारवालालाई प्रस्तुत लेखको उपयोगिता रहन्छ ।

Abstract
72
PDF (Nepali)
0

Author Biographies

Ganesh Raj Adhiikari, महेन्द्ररत्न क्याम्पस, ताहाचल, त्रिभुवन विश्वविद्यालय

उपप्राध्यापक, नेपाली शिक्षा 

Basudev Dhungel, पुष्पलाल मेमोरियल कलेज, काठमाडौँ

शिक्षण सहायक , नेपाली शिक्षा 

Tikaram Linkha, पाटन संयुक्त क्याम्पस, पाटन, त्रिभुवन विश्वविद्यालय

उपप्राध्यापक, भूगोल

Shaktiraj Nepal, महेन्द्ररत्न क्याम्पस, ताहाचल, त्रिभुवन विश्वविद्यालय

 उपप्राध्यापक, नेपाली शिक्षा

Downloads

Published

2025-05-31

How to Cite

Adhiikari, G. R., Dhungel, B., Linkha, T., & Nepal, S. (2025). धनकुटा जिल्लाका मातृभाषाको भौगोलिक तथा सामाजिक स्थिति. CHINTAN-DHARA, 18(01), 87-109. https://doi.org/10.3126/cd.v18i01.89655

Issue

Section

Articles

How to Cite

Adhiikari, G. R., Dhungel, B., Linkha, T., & Nepal, S. (2025). धनकुटा जिल्लाका मातृभाषाको भौगोलिक तथा सामाजिक स्थिति. CHINTAN-DHARA, 18(01), 87-109. https://doi.org/10.3126/cd.v18i01.89655