योग र ध्यानको मानसिक स्वास्थ्यमा प्रभाव: नेपाली परिप्रेक्ष्य

Authors

  • Chetan Khadka महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस‚ त्रिभुवन विश्वविद्यालयमा 

DOI:

https://doi.org/10.3126/cd.v18i01.89658

Keywords:

तनाव, मानसिक स्वास्थ्य, ध्यान

Abstract

विश्वभर मानसिक तनाव, चिन्ता, र डिप्रेशनजस्ता समस्या बढ्दो अवस्थामा रहेका बेला योग र ध्यानले तनाव नियन्त्रण, मस्तिष्कको कार्यसम्पादन सुधार, र भावनात्मक सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। लेखले पतञ्जलि योगसूत्र, बौद्ध ध्यान, र आधुनिक न्युरोबायोलजिकल दृष्टिकोणहरूलाई समेटेर यी अभ्यासहरूको जैविक तथा मानसिक प्रभावहरूको विश्लेषण गरेको छ। नेपालमा योग र ध्यान धार्मिक र सांस्कृतिक रूपमा गहिरो रूपमा जडित भए पनि यसको मानसिक स्वास्थ्यमा प्रभावकारिता अझै पूर्ण रूपमा बुझिएको छैन। यस अध्ययनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय द्वितीयक स्रोतहरूको समीक्षा गरी नेपालको सामाजिक, सांस्कृतिक सन्दर्भमा योग र ध्यानप्रति जनताको धारणा, पहुँच, चुनौतीहरू र सम्भावनाहरू विश्लेषण गरिएको छ। ग्रामीण र शहरी क्षेत्रमा योग र ध्यानको पहुँच र सामाजिक मान्यतामा भिन्नता पाइन्छ। मानसिक स्वास्थ्य सुधारका लागि योग र ध्यानलाई व्यापक बनाउन जनचेतना, शिक्षा, र संस्थागत सहयोग आवश्यक छ। लेखले नेपालमा योग र ध्यानको प्रभावकारी प्रयोग र दीर्घकालीन मानसिक स्वास्थ्य सुधारका लागि थप अनुसन्धान र नीति विकासको आवश्यकता औंल्याएको छ।

Downloads

Download data is not yet available.
Abstract
15
PDF (Nepali)
18

Author Biography

Chetan Khadka, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस‚ त्रिभुवन विश्वविद्यालयमा 

उप प्राध्यापक, मनोविज्ञान 

Downloads

Published

2025-05-31

How to Cite

Khadka, C. (2025). योग र ध्यानको मानसिक स्वास्थ्यमा प्रभाव: नेपाली परिप्रेक्ष्य. CHINTAN-DHARA, 18(01), 110–131. https://doi.org/10.3126/cd.v18i01.89658

Issue

Section

Articles