मुटुको व्यथा नाटकमा अङ्गी रस

Authors

  • Sanjaya Khatiwada नेपाल खुला विश्वविद्यालय

Keywords:

अङ्गी रस, स्थायी भाव, अर्थप्रकृति, कार्यावस्था

Abstract

नाटककार बालकृष्ण समद्वारा लिखितमुटुको व्यथानाटक रसात्मक अभिव्यक्तिको विशिष्‍टतारहेको कृति हो  । यस लेखमा उक्त नाटकमा निष्‍पादितअङ्गी रसको पहिचानर विश्‍लेषण गरिएको छ।प्रस्तुत लेखको उद्देश्य नाटककार बालकृष्ण समको मुटुको व्यथा नाटकमा अङ्गी रसको पहिचान र विश्‍लेषण गर्नु रहेको छ । यस उद्देश्यलाई पूरा गर्न मुटुको व्यथा नाटकमा अङ्गी रसको विकास कसरी भएको छ भन्ने प्रश्‍न तय गरिएको छ । यस लेखमा पूर्वीय काव्यशास्त्रीय मान्यताको रससिद्धान्तलाई आधार मानेर यस नाटकको विश्‍लेषण गरिएको

छ । भरतमुनिद्वारा प्रतिपादित र उनीपछिका रसवादी आचार्यहरूबाट परिपोषित मान्यताका आधारमा स्थापित रसवादी चिन्तनलाई आधार मानी यस नाटकको विश्‍लेषण गरिएको छ । पुस्तकालयीय कार्य तथा गुणात्मक अनुसन्धान विधिको प्रयोग गरी अध्ययन गरिएको यस लेखमा मुटुको व्यथा नाटकको घटनावस्तुलाई अर्थप्रकृति, कार्यावस्थाका आधारमा अध्ययन गरी नाटकमा निष्पादित अङ्गी रसलाई रससामग्रीका आधारमा विश्‍लेषण गरिएको छ । यस आधारबाट हेर्दा कपिलाले माधवको आत्मिक प्रेमलाई बुझ्न नसकेर शनकसित विवाह गरेपछि उनीहरूको जीवनमा आएका विभिन्न उतारचढाव तथा कपिलाले आफ्नो गलत निर्णयका कारण भोग्नु परेको पीडा तथा उक्त पीडापछि आफ्नो निर्णय गलत भएको निष्कर्षमा पुगेको तथा उसले अर्को जुनीमा माधव जस्तो साथी पाऊँ भन्ने प्रण गर्दै देहत्याग गरेको देखिाएकाले पनि प्रस्तुत नाटकमा माधव र कपिलामा एक अर्काप्रति अव्यक्त प्रेमभाव देख्न सकिन्छ । यसर्थ नाटकमा शृङ्गार (विप्रलम्भ) अङ्गी रस रसका रूपमा रहेको देखिन्छ ।

Abstract
57
PDF (Nepali)
0

Author Biography

Sanjaya Khatiwada, नेपाल खुला विश्वविद्यालय

उपप्राध्यापक, नेपाली 

Downloads

Published

2025-05-31

How to Cite

Khatiwada, S. (2025). मुटुको व्यथा नाटकमा अङ्गी रस. CHINTAN-DHARA, 18(01), 167-176. https://doi.org/10.3126/cd.v18i01.89673

Issue

Section

Articles

How to Cite

Khatiwada, S. (2025). मुटुको व्यथा नाटकमा अङ्गी रस. CHINTAN-DHARA, 18(01), 167-176. https://doi.org/10.3126/cd.v18i01.89673