सैनिक कथामा बहुल पात्रीय मनोविश्लेषणात्मक पद्धतिको प्रयोग

Authors

Keywords:

अपरिपक्वता, आक्रामकता, आत्मरति, भावुकता, युद्धप्रियता

Abstract

प्रस्तुत लेखमा बहुल पात्रीय मनोविश्लेषणात्मक पद्धतिको सैद्धान्तिक पर्याधारको केन्द्रीयतामा भवानी भिक्षुद्वारा लिखित ‘सैनिक’ कथाको मूल्याङ्कन गरिएको छ । ‘सैनिक’ कथामा बहुल पात्रीय मनोविश्लेषणात्मक पद्धतिका केकस्ता अभिलक्षणहरूको प्रयोग गरिएको छ भन्ने जिज्ञासाको परिपूर्ति गर्नाका निम्ति यो अध्ययन गरिएको हो । बहुल पात्रीय मनोविश्लेषणात्मक पद्धतिको सैद्धान्तिक पर्याधारलाई आधार मानी प्राथमिक एवम् द्वितीयक स्रोतका सामग्रीको उपयोग गरी गुणात्मक अनुसन्धान ढाँचा र पाठविश्लेषणात्मक शोधविधि अपनाई यस लेखलाई पूर्ण बनाइएको छ । बहुल पात्रहरूको अन्तर्यथार्थ प्रस्तुतिगत पद्धतिको प्रयोग, बहुल पात्रहरूको बृहत्चारित्रिक विकासगत पद्धतिको उपयोग तथा पात्रहरूको चरित्राङ्कनमा विभिन्न मनोविश्लेषणात्मक युक्तिहरूको प्रयोग गरी तीनओटा सूचकका केन्द्रीयतामा प्रस्तुत कथाको मूल्याङ्कन यस लेखमा गरिएको  छ । यस लेखको अन्त्यमा दुईजना पात्रको केन्द्रीयतामा निर्मित बहुल पात्रीय मनोविश्लेषणात्मक पद्धतिका  कारण प्रस्तुत कथा आयामगत दृष्टिले लघु, गठनका दृष्टिले सुगठित, पाठकीय प्रभावका कोणले प्रभावान्वितिपूर्ण, मानवीय वास्तविकताका दृष्टिले विविधतापूर्ण, चरित्रचित्रणका कोणले बहुल पात्रको बृहत्चारित्रिक विकासयुक्त, समाख्याताका दृष्टिले असंलग्न सर्वज्ञ समाख्यातायुक्त, दृष्टिविन्दुका कोणले बाह्य सर्वदर्शीयुक्त, सारवस्तु प्रस्तुतीकरणका दृष्टिले बहुल पात्रीय सारवस्तुगत पद्धतियुक्त तथा सौन्दर्यका दृष्टिले कलात्मक बनेको एवम् यस्तो मनोविश्लेषणगत पद्धतिको प्रयोग गर्ने विशिष्ट सिर्जनात्मक  सामथ्र्य कथाकार भवानी भिक्षुमा रहेको तथा यस अध्ययनले स्रष्टालाई एकभन्दा बढी पात्रको मनोविश्लेषणको केन्द्रीयतामा कथा रचना गर्ने, समालोचक र अध्ययनकर्तालाई कथाको मूल्य पहिल्याउने तथा पाठकलाई मानव जीवनको वास्तविकताको पर्यवलोकन गर्ने कार्यमा सघाउने सार प्राप्त हुनुलाई निष्कषर्त्मक प्राप्तिका रूपमा प्रस्तुत गरिएको छ ।  

Abstract
75
PDF (Nepali)
0

Author Biography

Tribhuvan Barai, भैरहवा बहुमुखी क्याम्पस

उपप्राध्यापक

Downloads

Published

2026-03-11

How to Cite

सैनिक कथामा बहुल पात्रीय मनोविश्लेषणात्मक पद्धतिको प्रयोग . (2026). Chhahari छहारी, 3(1), 155-170. https://doi.org/10.3126/chhahari.v3i1.91633

Issue

Section

Articles

How to Cite

सैनिक कथामा बहुल पात्रीय मनोविश्लेषणात्मक पद्धतिको प्रयोग . (2026). Chhahari छहारी, 3(1), 155-170. https://doi.org/10.3126/chhahari.v3i1.91633