डोट्याली लोकसाहित्यमा रामायण र यसको मौलिकता
DOI:
https://doi.org/10.3126/cmcj.v3i1.91913Keywords:
ठाडोखेल, डेउडा, ढुस्को, धुमारी, फाग, बातै, भलौलो, सगुनAbstract
डोट्याली लोकवाङ्मयका विभिन्न विधाहरुमा लोकरामायणको उपस्थिति रहेको पाइन्छ । यस क्षेत्रमा विभिन्न अवसरमा प्रस्तुत गरिने संस्कारगीत, पर्वगीत, गाथा, चैत, लोककथा, किस्सा आदिमा रामायणका प्रसङ्गहरू रहेको पाइन्छ । यो शोध शीर्षक डोट्याली लोकसाहित्यका विभिन्न विधाहरूमा रहेको रामायणसँग सम्बन्धित विषयवस्तुको अध्ययनमा केन्द्रित रहेको छ । विषय प्रवेश अन्तर्गत डोट्याली लोकरामायणको सङ्क्षिप्त चर्चा गरिएको छ । डोट्याली लोकसाहित्यका विविध विधामा रहेको लोकरामायणको अध्ययन गर्नुपर्ने शोधसमस्यामा आधारित भई सोही समस्याको समाधान गर्नका लागि डोट्याली लोकसाहित्यका विविध विधामा रहेको लोकरामायणको चिनारी गराउने किसिमले शोधविधिसँग जोडिने गरी शोधको उद्देश्य राखिएको छ । शोधविधि अन्तर्गत प्राथमिक र द्वितीयक स्रोतका उपयोग गरिएका सामग्रीहरुको जानकारी सहित अध्ययन विधिको विश्लेषण गरिएको छ । अध्ययनको मूल विषयवस्तु अन्तर्गत डोट्याली लोकवाङ्मयमा रहेको लोकपद्य र लोकगद्य अन्तर्गतका विभिन्न विधाहरूमा रामायणको उपस्थितिलाई सङ्क्षिप्तमा चर्चा गरिएको छ । अन्तमा निष्कर्ष प्रस्तुत गरिएको छ । निष्कर्ष अन्तर्गत डोट्याली लोकसाहित्यको गद्य र पद्य दुबै स्वरूपमा रामायणका विषयवस्तुहरू रहेको कुरालाई प्रस्तुत गरिएको छ । विशेष गरी लोकपद्य अन्तर्गत ढुस्को, धमारी, ठाडोखेल, चैत, फाग, सगुन आदिको रामायणसँग सम्बन्धि विषयवस्तु पाइयो भने लोकगद्य अन्गर्तत डोट्याली लोककथा र किस्साहरूमा रामायणसँग सम्बन्धित विषयवस्तुको उपस्थिति रहेको पाइयो । यसरी डोट्याली लोकसाहित्यका विविध विधामा रामायणको उपस्थिति रहेको पुष्टी गर्दै अन्त्यमा सन्दर्भसामग्री प्रस्तुत गरिएको छ ।