कौटिल्य अर्थशास्त्रमा राज्यका सात अङ्ग र मल्लकालीन शासनप्रणालीमा यसको प्रभाव
DOI:
https://doi.org/10.3126/cmcj.v3i1.91915Keywords:
स्वामी, अमात्य, कोष, दुर्ग, जनपदAbstract
चाणक्य कौटिल्य पूर्वीय वाङ्मयका महान दार्शनिक र अर्थशास्त्री हुन् । उहाँद्वारा रचित अर्थशास्त्र पूर्वीय वाङ्मयको एक महत्वपूर्ण आर्थिक, राजनीतिक र प्रशासनिक ग्रन्थ हो । यसले मानव जीवन र भूमिलाई आर्थिक स्रोतको रूपमा व्याख्या गर्दै राज्य सञ्चालनका सात अङ्ग स्वामी, अमात्य, कोष, दुर्ग, दण्ड, जनपद र मित्रको सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । उनका नीति र उपदेशले राज्यव्यवस्था र जनजीवनमा महत्वपूर्ण प्रभाव पु¥याएका छन्। पूर्वीय राजनीतिमा यसको प्रभाव अझै स्पष्ट देखिन्छ भने मध्यकालीन नेपाली राजनीतिमा पनि यसको प्रयोग र प्रभाव स्पष्ट पाइन्छ । यस अध्ययनले कौटिल्य अर्थशास्त्रमा वर्णित राज्यका सात अङ्ग र मल्लकालीन शासन व्यवस्थामा त्यसको प्रभावको विश्लेषण गरेको छ । अध्ययनमा कौटिल्य अर्थशास्त्रको परिचय, मध्यकालीन नेपालको राजनीतिक पृष्ठभूमि, समस्याकथन, उद्देश्य, पूर्वकार्यको समीक्षा, सैद्धान्तिक आधार र अध्ययन विधिसहित विषयवस्तुको विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ ।