‘याम्बुनेर’ कथामा अनुभूतिको संरचना {The Structure of Experience in the Story 'yambuner'}

Authors

  • दामोदर Damodar सापकोटा Sapkota त्रिवि, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/cognition.v4i1.46774

Keywords:

सीमान्तीयता, अधीनस्थ, उदीयमान, प्रभुत्व

Abstract

प्रस्तुत आलेखमा बिना थिङद्वारा रचित याम्बुनेर (२०७७) कथाको समाजशास्त्रीय अध्ययन गरिएको छ । समाजशास्त्रीय अध्ययनका विभिन्न आयाम मध्ये रेमन्ड विलियम्सद्वारा प्रस्तावित अनुभूतिको संरचनालाई विश्लेषणको आधार बनाइएको छ । यो अध्ययन याम्बुनेर कथामा के कस्ता पिँढीआएका छन् र ती पिँढीहरूले प्रभुत्वशाली पिँढीका परिप्रेक्षमा के कस्तो दबाब र तनावको अनुभूति गरेका छन् भन्ने समस्यामा आधारित छ । यही समस्यामा केन्द्रित रहेर ‘याम्बुनेर’ कथाको विश्लेषण गरिएको छ । यस अध्ययनका निम्ति सामग्रीको सङ्कलन पुस्तकालय विधिबाट गरिएको छ भने ती प्राप्तसामग्रीको विश्लेषण गरी निष्कर्ष निकालिएको छ । अध्ययनका अन्त्यमा प्रभूत्वशाली पिँढीका रूपमा रहेको शासकीय सत्ता र त्यसको दबाबमा दोस्रो पिँढीले गरेको विशिष्ट अनुभूतिलाई देखाइएको छ । प्रभूत्वशाली पिँढीले काँठका तामाङ समुदायमाथि गरेको दमन र शोषणबाट त्यो समुदायका मानिसले दबाब र तनावजन्य अनुभूति गरेका छन् । यसमा उदीयमान पिँढीका रूपमा सोममाया आएकी छ । उसले दबाबजन्य अनुभूतिबाट विद्रोहको जन्म दिएकी छ । यहाँ पिँढी र समुदायबीचको दबाब र तनावको समाधान स्वरूप वैकल्पिक संस्कृतिको निर्माण नभएपनि त्यसको सुरुवातको छनक भने सोममायाका कार्यबाट देख्न सकिन्छ । यसर्थ यसमा उदीयमान पिँढीले नयाँ संस्कृतिको निर्माण गर्ने प्रयास गरेको निष्कर्ष निकालिएको छ । राजधानीको नजिक रहेर पनि सँधै सत्ताभन्दा टाढा रहेको अनुभूति गर्नेकाँठका तामाङ समुदायको जीवनानुभूतिलार्ई यस कथामा निकै कलात्मक र मार्मिक ढङ्गले प्रस्तुत गर्नसक्नु लेखकको वैशिष्ठ्य हो र यो नै यसको प्राप्ति पनि हो ।

{In the presented article, a sociological study of Yambuner (2077) story written by Bina Thing has been done. Among the different dimensions of sociological studies, the structure of cognition proposed by Raymond Williams has been made the basis of analysis. This study is based on the problem of what kind of generations have come in the Yambuner story and what kind of pressure and stress have those generations felt from the perspective of the dominant generation. The story of 'Yambuner' has been analyzed focusing on this problem.  In the presented article, a sociological study of Yambuner (2077) story written by Bina Thing has been done. Among the different dimensions of sociological studies, the structure of cognition proposed by Raymond Williams has been made the basis of analysis. This study is based on the problem of what kind of generations have come in the Yambuner story and what kind of pressure and stress have those generations felt from the perspective of the dominant generation. The story of 'Yambuner' has been analyzed focusing on this problem. Although there is no creation of an alternative culture as a solution to the pressure and tension between generations and communities, the beginning of it can be seen from the work of Sommayaka. Therefore, it has been concluded that the emerging generation is trying to build a new culture. Being close to the capital, but always feeling far from power, the life experience of the Tamang community in Kanth is presented in this story in a very artistic and poignant way, and this is also its achievement.}

Downloads

Download data is not yet available.
Abstract
61
PDF
45

Author Biography

दामोदर Damodar सापकोटा Sapkota, त्रिवि, कीर्तिपुर

विद्यार्थी  PhD Scholar

Downloads

Published

2022-07-20

How to Cite

सापकोटा Sapkota द. D. (2022). ‘याम्बुनेर’ कथामा अनुभूतिको संरचना {The Structure of Experience in the Story ’yambuner’}. Cognition, 4(1), 173–182. https://doi.org/10.3126/cognition.v4i1.46774

Issue

Section

Articles