स्थानीय विकासमा भौगोलिक सुचना प्रणालीको महत्व {Significance of Geographical Information System in Local Development}

Authors

  • लाल बहादुर Lal Bahadur ओली Oli भूगोल केन्द्रिय विभाग, त्रिवि, कीर्तिपुर Central Department of Geography, TU, Kirtipur

DOI:

https://doi.org/10.3126/cognition.v4i1.46802

Keywords:

स्रोतनक्सांकन, भौगोलिक सुचना प्रणाली, स्थानीय, कम्प्युटर, अवस्थिति, विकास

Abstract

प्रस्तुत लेखमा भौगोलिक सुचना प्रणालीको परिभाषा तथा विकास, भौगोलिक सुचना प्रणाली (Geographic Information System) का मुख्य कार्यहरु र स्थानीय विकासमा भौगोलिक सूचना प्रणालीको महत्वबारे द्धितिय स्रोतहरुबाट प्राप्त तथ्याङ्क र सुचनाको उपयोग गरि वर्णनात्मकविधिबाट व्याख्या र विश्लेषण गरिएको छ । भौगोलिक सुचना प्रणाली कम्प्युटरमा आधारित प्रणाली हो जसमा एउटै थलोवाट कुनै क्षेत्रको भौगोलिक, सामाजिक, आर्थिक तथा वातावरणीय अवस्था र विकासका पूर्वाधारको अवस्था आदि पक्षहरुवारे छिटो छरितो रुपमा भरपर्दो सूचना उपलव्ध गराउन सकिन्छ । यसर्थ GIS  भौगोलिक सूचनाहरुको विश्लेषण गरी सहि नतिजा प्राप्त गर्ने भरपर्दो साधन मानिन्छ । सन् १९६० पछि विकास भएको GIS प्रविधि परिमार्जिन र विकास हुदै व्यापक प्रयोगमा आएको छ र शुरुवातमा भौगोलिक अवधारणासंग जोडिएर आए पनि वर्तमान समयमा GIS अन्तरविषयक विधाको रुपमा स्थापित भैसकेको छ । GIS प्रविधीले भौगोलिक सूचनाहरुको भण्डारण,एकिकरण गरी विश्लेषण गर्ने र सहि नतिजा प्राप्त गरी त्यसलार्ई प्रभावकारी रुपमा प्रस्तुत गर्ने कार्य गर्दछ । भौगोलिक सुचना प्रणालीबाट उपलव्ध सुचनाहरुलाई स्थानीय क्षेत्रका आर्थिक, सामाजिक, वातावरणीय र सेवा व्यवस्थापनका समस्याहरु समाधान गर्न तथा छिटोछरितो रुपमा सेवा उपलब्ध गराउन उपयोग गर्न सकिन्छ । मुख्यतःस्थानीय स्तरमा स्रोतनक्सांकन, सेवाव्यवस्थापन (सडक सञ्जाल, खानेपानी, विजुली, कृषि तथा पशुबजार, पर्यटन सेवा सञ्चार आदि), विद्यालय तथा स्वास्थ्यचौकी नक्सांकन School and Health post Mapping  बन तथा प्रकोप व्यवस्थापन Forestry and Disaster Management आदि मानव जीवनका विविध क्षेत्रमा GIS प्रविधीको उपयोग गर्न सकिन्छ । भौगोलिक सुचना प्रणालीले उपलव्ध गराउने डाटावेशवाट स्थानीय आवश्यकता अनुसार नतिजा प्राप्त गरी त्यसलार्ई उपयुक्त विकास योजना निर्माण र छनौटमा प्रयोग गर्न तथा सही निर्णय लिनपनि मद्दत पुर्याउँछ । यसवाट स्थानीय विकासको गतिलार्ई तिव्र वनाई सामाजिक आर्थिक विकासका लक्ष्यहरु हासिल गर्न मद्दत पुग्दछ ।

Downloads

Download data is not yet available.
Abstract
69
PDF
48

Author Biography

लाल बहादुर Lal Bahadur ओली Oli, भूगोल केन्द्रिय विभाग, त्रिवि, कीर्तिपुर Central Department of Geography, TU, Kirtipur

सह—प्राध्यापक Associate Professor

Downloads

Published

2022-07-20

How to Cite

ओली Oli ल. ब. L. B. (2022). स्थानीय विकासमा भौगोलिक सुचना प्रणालीको महत्व {Significance of Geographical Information System in Local Development}. Cognition, 4(1), 200–207. https://doi.org/10.3126/cognition.v4i1.46802

Issue

Section

Articles