‘लिखे टोकेनी’ लोककथाको मनोविश्लेषणात्मक अध्ययन

Authors

  • अनिता पंगेनी CDN, TU, Kirtipur

DOI:

https://doi.org/10.3126/cognition.v5i1.55426

Keywords:

अचेतन, मनोविश्लेषणात्मक, ईष्र्यालु, अन्र्तद्वन्द्व, मनोदशा, अहम्

Abstract

प्रस्तुत अध्ययन मनोविश्लेषणात्मक अध्ययन पद्धतिमा केन्द्रित छ । यस अध्ययनमा सिग्मण्ड फ्रायडद्वारा प्रतिपादित मनोविश्लेषणको सिद्धान्तका आधारमा आख्यानमा प्रयुक्त पात्रहरूले गर्ने क्रियाकलाप, उनीहरूको चिन्तन र त्यसबाट पात्रको सूक्ष्म मनोजगतमा घटित हुने अन्तरद्वन्द्व पात्रको व्यवहारमा पार्ने असर विश्लेषण गरिएको छ । मनोविश्लेषणात्मक सिद्धान्तले बाह्य यथार्थभन्दा आन्तरिक यथार्थलाई विश्लेषण गर्दछ। यस अध्ययनमा सङ्कलन गरिएको ‘लिखे टोकेनी’ लोककथा सामाजिक विषयवस्तुमा आधारित लोककथा हो । कथामा समाजभित्रका, परिवारका सदस्यहरूका मनमा घटित घटनाक्रमलाई सिग्मण्ड फ्रायडको मनको सिद्धान्तका दुृई पक्ष प्रकारात्मक र गत्यामक पक्षका आधारमा विश्लेषण गरिएको छ । कथामा मानिसमा पर्ने मानसिक प्रभावले त्रास, निराश, हीनता, उच्चता लगायतका पक्षहरूको विश्लेषण गरिएको छ । यस कथामा आमाको माया ममताको अभावले बालबालिकालाई कस्तो असर पर्छ र परिवार भित्र आमाको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुराको चित्रण गरिएको छ । अचेतन मनभित्रका पीडाले पनि जीवनमा असर पारेको हुन्छ भन्ने कुरालाई सिग्मण्ड फ्रायडको मनको सिद्धान्तका आधारमा ‘लिखे टोकेनी’ कथाका पात्रहरूको मनोगत अवस्थाको यस अध्ययनबाट पुष्टि गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
29
PDF
37

Author Biography

अनिता पंगेनी , CDN, TU, Kirtipur

M. Phil. Scholar

Downloads

Published

2023-06-12

How to Cite

पंगेनी अ. . (2023). ‘लिखे टोकेनी’ लोककथाको मनोविश्लेषणात्मक अध्ययन. Cognition, 5(1), 137–143. https://doi.org/10.3126/cognition.v5i1.55426

Issue

Section

Articles