आधुनिक नेपाली गीतमा प्रगतिवादी चेतना

Authors

  • ढुण्डिराज पहाडी Patan Multiple Campus, TU, Patandhoka, Lalitpur

DOI:

https://doi.org/10.3126/cognition.v5i1.55430

Keywords:

अप्रस्तुतविधान, अन्तर्वस्तु, आलम्बन, लघुबिम्ब, पारदर्शक बिम्ब

Abstract

भाव वा विचारको तीव्र आवेगसहित प्रकट हुने आख्यानरहित सङ्क्षिप्त र गेय अभिव्यक्तिलाई गीत भनिन्छ । आधुनिक नेपाली गीतकै अन्तर्वस्तुका रूपमा अभिव्यञ्जित प्रगतिवादी चेतनाको मूल स्वरूप र त्यसलाई आस्वाद्य बनाउने गीतिकौशलको वस्तुनिष्ठ विश्लेषणमा प्रस्तुत अध्ययन केन्द्रित छ । कविताको उपविधाका रूपमा फुटकर नेपाली कविताकै अत्यन्त निकट देखिएर नेपाली साहित्यमा स्वच्छन्दतावादी कविताधारासँगै २००० को दशकदेखि विधागत अस्तित्व ग्रहण गर्दै विकसित र विस्तारित हुँदै आएको आधुनिक नेपाली गीतमा २०१० को दशकदेखि नै मूलतः स्वच्छन्दतावादी गीतिधारा र प्रगतिवादी गीतिधारा देखिएका छन् । प्रस्तुत अनुसन्धानात्मक आलेखमा प्रगतिवादी गीतिधाराका भूपि शेरचन, गोकुलप्रसाद जोशी, केवलपुरे किसान र मोदनाथ प्रश्रितका गीतबाट साक्ष्य र तथ्य सङ्कलन गरी तिनै गीतिरचनाको अन्तर्वस्तुका रूपमा अभिव्यञ्जित प्रगतिवादी चेतना र त्यसलाई आस्वाद्य बनाउने रूप पक्षको व्यवस्थित विश्लेषण गरिएको छ । नेपाली साहित्यका सुन्दर गीतहरूले जनतामा के कस्तो प्रगतिवादी चेतना विस्तार गरेका छन् भन्ने प्राज्ञिक जिज्ञासा हालसम्म अनुत्तरित नै रहेको देखिन्छ । प्रस्तुत अध्ययन यही अभावपूर्तिका लागि गरिएको हो । वैदेशिक थिचोमिचो, अन्याय, असमानता, सामन्ती उत्पीडन र शासकीय निरङ्कुशताविरुद्ध जनाधिकार प्राप्तिमा नेपाली जनतालाई प्रेरित र सजग गराउने कार्यमा प्रगतिवादी स्रष्टाका सुन्दर गीतले सरल र सरस शैलीमा राजनीतिक चेतना पैmलाउँदै सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याएका छन् भन्ने निष्कर्ष प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
25
PDF
25

Author Biography

ढुण्डिराज पहाडी, Patan Multiple Campus, TU, Patandhoka, Lalitpur

Asst. Professor of Nepali

Downloads

Published

2023-06-12

How to Cite

पहाडी ढ. . (2023). आधुनिक नेपाली गीतमा प्रगतिवादी चेतना. Cognition, 5(1), 144–157. https://doi.org/10.3126/cognition.v5i1.55430

Issue

Section

Articles