विद्यालयमा दिवा खाजा कार्यक्रमको व्यवस्थापन

Authors

  • नारायण प्रसाद अधिकारी शिक्षाशास्त्र केन्द्रीय विभाग त्रि.वि., कीर्तिपुर, काठमाडौँ

DOI:

https://doi.org/10.3126/cognition.v5i1.55431

Keywords:

विद्यालय, दिवा खाजा कार्यक्रम, व्यवस्थापन, बालमैत्री, कुपोषण

Abstract

प्रस्तुत अध्ययनको मुख्य उद्देश्य विद्यालयमा दिवा खाजा कार्यक्रमको व्यवस्थापनकीय पक्षको खोजी गर्नु रहेको छ । यो अध्ययन दाङ जिल्लाको घोराही उपमहानगरपालिका अन्तर्गत रहेका २ वटा विद्यालयमा आधारित छ । यस अध्ययनमा गुणात्मक अनुसन्धान ढाँचा प्रयोग गरिएको छ । यसमा प्राथमिक सूचनाहरू प्रश्नावली, प्रत्यक्ष अवलोकन, अन्र्तवार्ता जस्ता विधि र साधनहरूको प्रयोग गरी सामग्री सङ्कलन गरिएको छ भने द्वितीय सूचनाहरू लेख, रचना, शोधपत्र तथा विभिन्न अध्ययन प्रतिवेदनहरूबाट सङ्कलन गरिएको छ । प्राप्त सूचनाहरूलाई अर्थ र बुझाइको आधारमा अध्ययनकर्ताको प्रतिबिम्ब सहित निष्कर्ष निकालिएको छ । दिवा खाजा कार्यक्रमको कार्यान्वयनमा आन्तरिक व्यवस्थापकीय पक्ष फितलो रहेको पाइयो । नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको सम्झौताअनुसार निर्धारित नीति, नियम र निर्देशनको आंशिक कार्यान्वयन भएको र यो कार्यक्रम बालबालिकाको सिकाइ सीपसँग जोडिन नसकेको देखियो । विद्यालयहरूको कमजोर भौतिक संरचनाका कारण दिवा खाजा कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र बालमैत्री बनाउने अवधारणा लागु हुन नसकेको पाइयो । विद्यालयमा दिवा खाजा कार्यक्रममा पूरा गर्नुपर्ने न्यूनतम् मापदण्ड पूरा नगरी कार्यान्वयन गरिएकाले यसको प्रभावकारिता देखिएन । विद्यालय नियमिततामा हुने बानी विकासमा कार्यक्रमले सकारात्मक प्रभाव पारेको देखिन्छ । तर शिक्षाको मूलधारमा सवै बालबालिकालाई ल्याउने उद्देश्य हासिल गर्न भने सकेको पाइएन । यस कार्यक्रममा ढुवानी, भण्डारण र वितरण प्रणालीमा समस्या रहेको, खाद्यको गुणस्तरीयता, साझेदार निकायहरूबीच निरन्तर सञ्चार, समन्वय, सहकार्य, नियमित अनुगमन र सुपरिवेक्षणको अभाव जस्ता पक्षहरू समस्याको रूपमा देखिएका छन् । यस अध्ययनबाट प्राप्त निचोडहरुले सम्बन्धित विद्यालय तथा सरोकारवाला निकायलाई दिवा खाजा कार्यक्रमको प्रभावकारी व्यवस्थापन गरी समयानुकल बनाउन सहयोग गर्छ ।

Downloads

Download data is not yet available.
Abstract
48
PDF
128

Downloads

Published

2023-06-12

How to Cite

अधिकारी न. प. . (2023). विद्यालयमा दिवा खाजा कार्यक्रमको व्यवस्थापन. Cognition, 5(1), 158–167. https://doi.org/10.3126/cognition.v5i1.55431

Issue

Section

Articles