सार्वजनिक अभिव्यक्तिको सिद्धान्तमाथि दृष्टि प्रक्षेपण

Authors

  • बाबुराम ओझा भोजपुर बहुमुखी क्याम्पस, त्रि. वि.

DOI:

https://doi.org/10.3126/cognition.v2i1.55616

Keywords:

आत्मविश्वास, गैह्रभाषिक सङ्केत, पूर्वतयारी, प्रयत्न, प्रस्तुतीकरण, वाक्कला, वाक्चातुर्य, वाणी, समालोचनात्मक सीप, संवाद, सार्वजनिक अभिव्यक्ति

Abstract

मानिसले समाजमा भाषिक व्यवहार गर्दा प्रस्तुत गर्ने अभिव्यक्तिगत सीपलाई वाक्कला वा अभिव्यक्तिकला भनिन्छ । वाक्कलालाई अभिव्यक्ति सीप मात्र नमानेर मानवमा निहित बोलीरूपी गहना र उसलाई अन्य प्राणीबाट अलग पार्ने पहिचानविशेष पनि मानिन्छ । वाक्कलामा एकआपसमा कुराकानीका क्रममा हुने सांवादिक सीपदेखि सार्वजनिक रूपमा उपस्थित भएर वा कुनै सञ्चारका माध्यमबाट गरिने वैचारिक प्रस्तुति, विश्लेषण, संश्लेषण वा सम्बोधन कलाजस्ता कुराहरू पर्दछन् । नेपालमा सार्वजनिक अभिव्यक्तिका विषयमा व्यवस्थित अध्ययनको अभाव देखिएको र भएका अध्ययन पनि प्रायः आमसञ्चार र पत्रकारिता विषयनिकट भएका कारण नेपालको सामाजिक र राजनैतिक क्षेत्रको सार्वजनिक अभिव्यक्ति सीप अव्यवस्थित र कमजोर रहेको परिप्रेक्ष्यमा सार्वजनिक अभिव्यक्तिका आधारभूत सैद्धान्तिक मानक के कस्ता छन् ? भन्ने समस्यामा आधारित रहेर यसका सैद्धान्तिक आधारतर्फ अभिमुख गराउने उद्देश्यले यो लेख तयार पारिएको छ । यस लेखमा वाक्कलाको सामान्य परिचय र यसका सापेक्षतामा सार्वजनिक अभिव्यक्तिको चिनारी, अनौपचारिक संवादका तुलनामा सार्वजनिक अभिव्यक्तिको विशिष्ट पहिचान र सार्वजनिक अभिव्यक्तिको P'3'को लोकप्रिय सिद्धान्तलाई विभिन्न विद्वानका मतका सहाराले चिरफार र पुष्टि गरिएको छ । खास गरी वर्णनात्मक विधिको प्रयोग गरी तयार भएको यो गुणात्मक प्रकारको अनुसन्धानात्मक लेखले विश्वविद्यालयमा अध्ययनरत वाक्कला र आमसञ्चार विषयका विद्यार्थी, सार्वजनिक रूपमा बोल्ने वक्ता, कार्यक्रम उद्घोषक, शैक्षिक तथा व्यावसायिक सहजकर्ता तथा राजनैतिक वृत्तका व्यक्तिहरूलाई सार्वजनिक अभिव्यक्ति निखारतर्फ अभिप्रेरित गर्ने अपेक्षा राखिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
8
PDF
17

Author Biography

बाबुराम ओझा, भोजपुर बहुमुखी क्याम्पस, त्रि. वि.

उपप्राध्यापक, नेपाली विभाग

Downloads

Published

2019-10-30

How to Cite

ओझा ब. (2019). सार्वजनिक अभिव्यक्तिको सिद्धान्तमाथि दृष्टि प्रक्षेपण. Cognition, 2(1), 176–190. https://doi.org/10.3126/cognition.v2i1.55616

Issue

Section

Articles