शर्मिला खड्का (दाहाल) का बालउपन्यासमा बालमनोविज्ञान

Authors

  • यादेवी ढकाल

DOI:

https://doi.org/10.3126/cognition.v2i1.55617

Keywords:

संवेगात्मक स्थिति, सङ्ग्रह भाव, समाज बालमनोविज्ञान, बालमनोग्रन्थि

Abstract

प्रस्तुत लेखमा शर्मिला खड्का (दाहाल) का बालउपन्यासमा बालमनोविज्ञानको प्रयोगको अवस्थाको विश्लेषण गरिएको छ । नेपाली बालउपन्यास परम्परामा महत्त्वपूर्ण योगदान पुर्याएकी शर्मिला दाहाल (खड्का) का बालउपन्यासमा बालमनोविज्ञानको अवस्थाको चित्रण के कस्तो छ भनेर अनुसन्धान गर्नु औचित्यपूर्ण भएकाले प्रस्तुत अध्ययन गरिएको छ । बालउपन्यासमा बालमनोविज्ञानको प्रयोग बालसंवेगको अवस्था, समाज बालमनोविज्ञान र बालमनोग्रन्थिको चित्रणका रूपमा हुने गरेको छ । शर्मिलाका बालउपन्यासमा पनि यही पक्षको चित्रण सघन र यथार्थपरक रूपमा भएको छ । शर्मिलाका बालउपन्यासमा विशेष गरी जिज्ञासा, भय, करुणा, रिस जस्ता बालसंवेगहरूको चित्रण पाइन्छ । उनका उपन्यासमा खेलप्रियता, अनुकरण, प्रदर्शन, प्रहसन जस्ता समाज बालमनोविज्ञानका वृत्तिको चित्रणमा पाइन्छ र यसका साथै उनका उपन्यासमा उच्चता, हीनता, परपीडन र स्वपीडन जस्ता बालमनोग्रन्थिको चित्रण पाइन्छ भन्ने यस अनुसन्धानको निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
17
PDF
18

Downloads

Published

2019-10-30

How to Cite

ढकाल य. (2019). शर्मिला खड्का (दाहाल) का बालउपन्यासमा बालमनोविज्ञान . Cognition, 2(1), 191–199. https://doi.org/10.3126/cognition.v2i1.55617

Issue

Section

Articles