नेपालमा गरिबी निवारणका प्रयासहरु

Authors

  • लाल बहादुर ओली आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द, त्रि. वि.

DOI:

https://doi.org/10.3126/cognition.v2i1.55619

Keywords:

गरिबी निवारण, गरिबी रेखा, क्यालोरी, मानव विकास, योजना

Abstract

प्रस्तुत लेखको उदेश्य नेपालमा गरिबीको मापन र गरिबीको अवस्था, नेपालमा गरिबीको स्थानिक वितरण, नेपालमा गरिबी निवारणका प्रयासहरु,गरिबी निवारणका समस्या तथा चुनौतिहरु र गरिबी न्यूनिकरणका उपायहरुको वारेमा व्याख्या र विश्लेषण गर्नु रहेको छ । यस अध्ययनमा पूर्णता द्धितीय स्रोतहरुवाट प्राप्त सूचनाहरु उपयोग गरी ती सूचनाहरुको व्याख्या र विश्लेषण गरिएको छ । वास्तवमा न्यूनतम आधारभूत आवश्यकताहरु पूरा गर्न नसक्ने अवस्था,शक्तिहीन, प्रतिनिधित्व विहिन अवस्था नै गरिबी हो जसले गर्दा मानिसहरु मानवोचित जीवन प्राप्त गर्न समेत सक्तैनन् । नेपालमा १९७०को दशकपछि मात्र गरिबीको मापन गरी वस्तुगत तथ्याङ्कहरु संकलन गरी गरिबीको विश्लेषण गर्न थालिएको हो । विभिन्न योजना अवधिमा गरिबी न्यूनीकरणका कार्यक्रमहरु संचालन गरिएतापनि अपेक्षा अनुरुप गरिबी घटेको छैन । अझै पनि आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार २०७४/७५ को अन्त्यमा नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या १८.७ प्रतिशत रहेको छ भने वहुआयामिक गरिबी दर २८.६ प्रतिशत रहेको छ ।क्षेत्रगत रुपमा सबैभन्दा वढी प्रतिशत गरिबी हिमालमा रहेको छ भने ग्रामीणक्षेत्रमा शहरीक्षेत्र भन्दा गरिबी रेखामुनि रहेको जनसंख्या प्रतिशत वढि छ । विभिन्न कारणले गर्दा नेपालमा गरिबी निबारणका चुनौतिहरु अझै विद्यमान छन ।त्यसैले उपयुक्त उपायहरु अवलम्वन गरी सरकारी गैरसरकारी र नीजि क्षेत्रंवाट एकिकृत रुपबाट गरिबी न्यूनीकरणका कार्यक्रमहरु संचालन गर्नुपर्छ ।

Downloads

Download data is not yet available.
Abstract
9
PDF
13

Author Biography

लाल बहादुर ओली, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द, त्रि. वि.

उपप्राध्यापक

Downloads

Published

2023-06-14

How to Cite

ओली ल. ब. . (2023). नेपालमा गरिबी निवारणका प्रयासहरु. Cognition, 2(1), 200–211. https://doi.org/10.3126/cognition.v2i1.55619

Issue

Section

Articles