स्नातक तहको अनिवार्य नेपालीमा साहित्य शिक्षण {Literary teaching in Compulsory Nepali for Bachelor level}

Authors

  • ढुण्डिराज Dhundiraj पहाडी Pahadi पाटन संयुक्त क्याम्पस, त्रिवि, पाटनढोका, ललितपुर

DOI:

https://doi.org/10.3126/cognition.v6i1.64468

Keywords:

आस्वादन, अन्तरक्रियात्मक सिकाइ, पाठकप्रतिक्रिया, रचनाकौशल, सामान्य पठन

Abstract

साहित्य भाषाको विशिष्ट प्रयोग हो । मानवीय संवेदना र मर्मको बोध गर्न र पठनक्षमताको विकासका निम्ति साहित्य उपयोगी मानिन्छ । साहित्यले व्यक्तिको रचनात्मक क्षमताको वृद्धि र व्यक्तित्व विकासमा पनि सहयोग पुर्याउँछ । व्यक्तिलाई आनन्दको अनुभूति गराउन तथा शब्दभण्डार वृद्धि गरी अभिव्यक्ति कुशलताको सामथ्र्य बढाउन साहित्यको पठन र आस्वादनमा जोड दिइन्छ । यिनै कारणले भाषाशिक्षणमा साहित्यिक कृतिको प्रयोग हुँदै आएको हो । प्रस्तुत अध्ययन पनि त्रिभुवन विश्वविद्यालयको वर्तमान पाठ्यक्रमअन्तर्गत स्नातक तहको अनिवार्य नेपालीमा निर्धारित कविता, कथा, उपन्यास, निबन्ध र नाटक जस्ता साहित्यिक विधाहरूको शिक्षणको प्रयोजन, प्रभावकारिता तथा उपादेयताको विमर्शमा नै केन्द्रित छ । विद्यार्थीको पठनसिप तथा अभिव्यक्ति क्षमताको विकास गर्ने समेत उद्देश्य राखेर निर्माण गरिएको चारबर्से स्नातक तहको नेपालीअन्तर्गत निर्धारित एकाइ एघारको ‘साहित्यिक कृतिको आस्वादन र अध्ययन’ भन्ने पाठ्यांश एकालाप प्रकृतिको व्याख्यान विधिभन्दा अन्तरक्रियात्मक र सहभागितामूलक सिकाइमा जोड दिने प्रकृतिको पाठ्यविषय हो । साहित्यिक विधाहरूको गम्भीर वा गहन विश्लेषण होइन सामान्य दृष्टिले गरिने अध्ययनका आधारमा कृतिको विधागत चिनारी तथा कृतिमा प्रयुक्त घटना, पात्र, परिवेश, भाव, विचार वा सन्देश बुझ्न र बुझाउन सक्षम बनाई पाठक प्रतिक्रिया समेत लेख्न सक्ने बनाउने विश्लेष्य पाठ्यविषयको प्रयोजन देखिन्छ । प्रस्तुत अध्ययनमा चार बर्से स्नातक तहको अनिवार्य नेपालीमा निर्धारित कविता, कथा, निबन्ध र एकाङ्की वा नाटकबाट तथ्य सङ्कलन गरी साहित्यिक विधा सिद्धान्तको सामान्य सैद्धान्तिक अवधारणा समेतका आधारमा प्राज्ञिक जिज्ञासाको वस्तुनिष्ठ विश्लेषण गरिएको छ । साहित्यिक कृतिको सामान्य पठन र आस्वादन, अभिव्यक्ति कौशलको वृद्धि तथा व्यक्तित्व विकासमा साहित्यिक कृतिको शिक्षणले प्रभावकारी भूमिका खेल्छ भन्ने प्रस्तुत अध्ययनको निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
12
PDF
5

Author Biography

ढुण्डिराज Dhundiraj पहाडी Pahadi, पाटन संयुक्त क्याम्पस, त्रिवि, पाटनढोका, ललितपुर

उपप्राध्यापक 

Downloads

Published

2024-04-08

How to Cite

पहाडी Pahadi ढ. D. (2024). स्नातक तहको अनिवार्य नेपालीमा साहित्य शिक्षण {Literary teaching in Compulsory Nepali for Bachelor level}. Cognition, 6(1), 193–202. https://doi.org/10.3126/cognition.v6i1.64468

Issue

Section

Articles