नेपालको विकासमा सन्थालको भूमिका {The role of Santhals in the development of Nepal}

Authors

  • उत्तमप्रसाद Uttamprasad भट्टराई Bhattarai Damak Multiple Campus दमक बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/dcj.v11i1.63488

Keywords:

सन्थाल, Santhal

Abstract

पूर्वी नेपालका झापा, मोरङ्ग र सुनसरी जिल्लामा परापुर्व कालदेखि वस्दै आएका सन्थाल अत्यन्तै गरिव र अभावको जिन्दगी व्यतित गर्दै आएका छन्। सन्थालले बोल्ने भाषा सन्थाली हो र यो भाषा आग्नेय एसीयाली भाषामा पर्दछ । २०६८ सालको जनगणना अनुसार सन्थालको जनसंख्या ५१७३५ रहेको छ । कामको सिलसिलामा यिनीहरु देशका अन्य क्षेत्रमा समेत बसोवास गर्दछन् । अन्य भाषा परिवारका प्रभावमा आएर लगभग १५०० जति सन्थालले आफ्नो मातृभाषा छोडीसकेको पाइन्छ । मलेरिया र जङ्गली जनावरको आतङ्कलाई झेलेका सन्थाल जातिले नेपालको माटोमा रगत बगाएका छन् । जङ्गला मुलुकलाई कृषियोग्य बनाए । खेती किसानी गरेर देशलाइ उर्वर बनाउन महत्वपूर्ण योगदान दिएका छन्। सस्ता, भरपर्दा र इमान्दार मजदूरका रुपमा यिनको गणना हुन्छ । यिनीहरु स्वावलम्बी हुन्छन्, भिक्षा मागेर खादैनन्। आफ्नो जातिको अर्कालाई सहयोग गर्दा रमाउँछन् । विक्रमसम्बत् २० को दशकतिर सन्थाल अगुवाले सामाजिक र राजनीतिक क्षेत्रमा अतुलनीय योगदान दिएका छन् । प्रजातान्त्रिक आन्दोलन होस् या जनजीविकाका क्षेत्रमा होस यी सन्थालले भरपर्दो काम गरेका छन्। तुरसा हेम्ब्रम, मंगल सोरेन जस्ता सन्थाली अगुवाका योगदान धेरै छन्। हालको अवस्थामा आफ्नो संस्कृति, भाषा, धर्मको जगेर्ना गर्न बुद्धिलाल सोरेन, भुजूलाल टुडु, मोहन टुडु, सुन्दर वेसरा, वडाराम हेमरम, फुलकुमारी हेमरम, शिवु मुर्मू लगायतका योगदान धेरै छन्। हालको अवस्थामा सेवा क्षेत्रमा समेत सन्थाली अगाडि आएका छन्। आफ्नो भाषा, लिपी, संस्कृति जगेर्ना गर्न यी व्यक्तिसँग अन्य धेरै व्यक्ति सन्थाली युवा–युवती अगाडि आएका छन् । राज्यले दुरगामी महत्व राख्ने विषयमा यिनीहरुको अस्तित्व जोगाइ दिने प्रकारका नीति ल्याउनु वाञ्छनीय हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
13

Author Biography

उत्तमप्रसाद Uttamprasad भट्टराई Bhattarai, Damak Multiple Campus दमक बहुमुखी क्याम्पस

सह–प्राध्यापक, अंग्रेजी विभाग

Downloads

Published

2023-12-31

How to Cite

भट्टराई Bhattarai उ. U. (2023). नेपालको विकासमा सन्थालको भूमिका {The role of Santhals in the development of Nepal}. Damak Campus Journal, 11(1), 111–122. https://doi.org/10.3126/dcj.v11i1.63488

Issue

Section

Articles