कक्षा दशको नेपाली भाषा पाठ्यपुस्तकका कविता शिक्षणमा प्रयोग गरिएका शैक्षिक सामग्रीहरूको प्रभावकारिता

Authors

  • Bhupal Prasad Khatiwada नेपाली शिक्षण विभाग, दमक बहुमुखी क्याम्पस

DOI:

https://doi.org/10.3126/dcj.v14i1.89311

Keywords:

श्रव्यदृष्य, पाठ्यसामग्री, शिक्षक निर्देशिका

Abstract

प्रस्तुत लेख कविता शिक्षणमा शैक्षिक सामग्रीको प्रयोग अवस्थामा केन्द्रित रहेर तयार पारिएको छ । कविता शिक्षणमा प्रयोग भएका शैक्षिक सामग्रीका प्रकार, समस्याहरू र समाधानका उपायहरूमा केन्द्रित छ । परिमाणात्मक विधिमा आधारित यस लेखले उर्लाबारी नगरपालिकाका सामुदायिक माध्यमिक विद्यालयमा अध्यापन गर्ने ९ जना नेपाली भाषाका शिक्षकहरूलाई नमुनाका रूपमा लिएर तथ्याङ्क सङ्कलन गरिएको छ । यस लेखमा कविता शिक्षणमा शैक्षिक सामग्री प्रयोग अवस्था पत्ता लगाउनु, कविता शिक्षणमा शैक्षिक सामग्री प्रयोगका समस्या पत्ता लागउनु र कविता शिक्षणमा शैक्षिक सामग्री प्रयोग सम्बन्धी समस्याको समाधानका उपाय खोजी गर्ने उद्देश्यमा केन्द्रित रहेको छ । प्रस्तुत लेख कविता शिक्षणमा प्रयुक्त शैक्षिक सामग्रीको बहुआयामिक विश्लेषण प्रस्तुत गरेको छ । कविता शिक्षणमा श्रव्यदृश्य तथा स्थानीय रूपमा उपलब्ध व्यावहारिक र किफायती सामग्रीको प्रमुख प्रयोगले सिकाइ अधिक प्रभावकारी हुने निष्कर्ष तथ्याङ्क विश्लेषणले देखाएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF (नेपाली)
0

Published

2025-12-31

How to Cite

Khatiwada, B. P. (2025). कक्षा दशको नेपाली भाषा पाठ्यपुस्तकका कविता शिक्षणमा प्रयोग गरिएका शैक्षिक सामग्रीहरूको प्रभावकारिता. Damak Campus Journal, 14(1), 178–191. https://doi.org/10.3126/dcj.v14i1.89311

Issue

Section

Research article