भाषाशिक्षणका सन्दर्भमा भाषिक परीक्षणमा हुनुपर्ने गुणहरु

Authors

DOI:

https://doi.org/10.3126/depan.v7i1.89122

Keywords:

वैधता, मानदण्डात्मकता, विश्वसनीयता, व्यावहारिकता

Abstract

भाषा शिक्षण सिकाइ पश्चात भाषिक परीक्षण हुनेगर्दछ । परीक्षण परीक्षासँग सम्बन्धित हुन्छ । परीक्षा आधिकारिक, उचचस्तरीय, विश्वासिलो हुनुपर्छ । यसका लागि परीक्षण उद्देश्यपूर्ण वास्तविक परीक्षण भयो कि भएन भन्ने सम्बन्धमा त्यसको विधि प्रक्रियाका आधारमा प्रभावकारिताको खोजी गरिन्छ । भाषिक परीक्षणमा हुनुपर्ने गुणहरु के के हुन् ? यसका विशेषताले परीक्षणको स्थान कहाँनिर राख्दछ ? भन्ने जिज्ञासामा आधारित भएर भाषा शिक्षण सिकाइमा भाषिक परीक्षण के हो ? यसका गुणहरु के के छन् ? भन्ने सम्बन्धमा अनुसन्धान कार्य गरिएको छ । अनुसन्धानको सैद्धान्तिक आधार परीक्षण सिद्धान्त रहेको छ भने स्रोत सामग्रीहरु द्वितीय स्रोतका रहेका छन् । पुस्तकालय अध्ययन पद्धति रहेको यसलेखमा वर्णनात्मक विवरणात्मक र व्याख्यात्मक प्रक्रियाबाट प्राप्त तथ्याङ्कको व्याख्या विश्लेषण गरिएको छ । प्रस्तुत अनुसन्धान पश्चात भाषिक परीक्षणमा अनिवार्य र आवश्यक महत्वपूर्ण गुणहरुमा वैधता, विश्वसनीयता, व्यावहारि कता र विभेदकारिता रहेका हुन्छन् । उद्देश्य अनुरुपको परीक्षण कार्य हुनु वैध हो । यो ठोस विशुद्ध र प्रतिनिधिमूलक हुन्छ । मुख्यतः परीक्षाका आन्तरिक र वाह्य विधान वैधतामा पर्दछन् । आन्तरिक वैधता, विषयगत वैधता, समवर्ती वैधता, रचनात्मक वैधता, अनुमानात्मक वैधता, मानदण्डात्मक वैधता वैधताका प्रकार हुन्छन् भने भाषा शिक्षणका सिलसिलामा भाषिक परीक्षणमा विश्वसनीयता, व्यावहारिकता र विभेदकारिताको थप महत्वपूर्ण भूमिका हुन्छ । परीक्षणको मापनमा हुने एकरुपता नै परीक्षणको मूल विश्वसनीयता हो । यो परीक्षण अनिवार्य हुनुपर्छ । वैधतालाई वास्तविक र ठोस निष्कर्षमा पुर्याउन अपेक्षित उद्देश्य प्राप्त गर्न विश्वसनीयताको अहम्‌ भूमिका हुन्छ । सुसञ्चालनका लागि स्पष्ट अग्रगामी परीक्षण हुनु प्रभावकारिता हो । परीक्षणमा सुगमता सरलता विश्लेषणात्मकता नै व्यावहारिकता हो । भाषिक परीक्षणको महत्वपूर्ण अर्को विशेषता विभेदकारिता हो । विभिन्न क्षमता स्तर उपलब्धी मापन गर्ने विशेषता बोकेको परीक्षण हो । क्षमता तह स्तर उमेर ज्ञान पृष्भूमिका आधारमा परीक्षण रहनु परीक्षणको विभेदकारिताको विशेषता हो । भाषिक परीक्षणमा हुनुपर्ने गुण यसका विशेषताले उद्देश्यअनुरुपको परीक्षण मापन र मूल्याङ्कन मद्दत गर्दछ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2025-12-24

How to Cite

आचार्य ओ. (2025). भाषाशिक्षणका सन्दर्भमा भाषिक परीक्षणमा हुनुपर्ने गुणहरु. DEPAN, 7(1), 109–113. https://doi.org/10.3126/depan.v7i1.89122

Issue

Section

Articles