सम्यक् सम्बुद्ध महाकाव्यको कथानक र चरित्रचित्रणबिचको सङ्गति {Correlation between plot and characterization of Samyak Sambuddha epic}

Authors

  • दीपकप्रसाद Dipak गौतम Gautam सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर Surkhet Multiple Campus, Birendranagar

DOI:

https://doi.org/10.3126/djci.v1i1.58641

Keywords:

सम्यक्, सम्बुद्ध, महाकाव्य, चरित्रचिण, कथानक

Abstract

नेपाली महाकाव्य लेखन परम्परामा घनश्याम कँडेलको सम्यक् सम्बुद्ध अनुष्टुप छन्दको शान्तरस प्रधान महाकाव्य हो । यसमहाकाव्यका नायक गौतम बुद्ध हुन् । उनी यस महाकाव्यको भूमिकामा सिद्धार्थ गौतम, गौतम बुद्ध अनि महामानव बुद्धका नाममा विकसित छन् । चरित्रप्रधान महाकाव्य भएकाले शोध्य महाकाव्यको कथानक विकास फितलो भए पनि कथानक र पात्रचरित्रबिचको सङ्गति रहेको छ । कथानक र पात्रचरित्रबिचको सङ्गति प्रक्रियाको अध्ययन नै प्रस्तुत आलेखको मुख्य समस्या हो । पुस्तकालयीय अध्ययनमा आधारित यस लेखमा यथार्थपरक समालोचनात्क अध्ययन विधिको उपयोग गरिएको छ । महाकाव्यको कथानक विकास कमजोर, असानदर्भिक, उपकथाहरु जोडिएको तथा दर्शनप्रधान भएकाले चरित्रचित्रण पनि प्रमुख नायक बुद्धकोजीवनी सबैभन्दा बढी आएको छ । कथानक र चरित्रको अन्तर्सम्बन्ध पनि कृतिम खालको छ । महाकाव्यका अन्य तत्त्वलाई अध्ययनको विषय नबनाउनु नै यस लेखको सीमा हो । महाकाव्यको रचना प्रक्रियामा शास्त्रीय छन्दको प्रयोग गरिए पनि चरित्रचित्रण तथा कथानक पूर्वीय मान्यताबाट अलि भिन्न तरिकामा प्रस्तुत गरिएको छ । महाकाव्यको चरित्र चित्रणले कथावस्तुलाई गति दिएको छ र सर्गशीर्षकीकरण छुटाइएको छ । चरित्र चित्रणबाट विकसित महाकाव्यमा धेरै तर अनावश्यक पात्रहरूको व्यवस्थाले महाकाव्यको बोधका लागि गौतम बुद्धको जीवनीमा पुग्नुपरेको, कथानक विकास सपाट वर्णनात्मक बनेको छ । यसमा नायकको चरित्र खोटपूर्ण नदेखिए पनि घटनाहरू पनि नपत्याउँदा छन् । महाकाव्य रचनामा प्रक्रियागत केही सीमा भए पनि मूलतः नेपाली महाकाव्य लेखन परम्पराको सकारात्मक प्राप्ति बनेको छ ।

Downloads

Download data is not yet available.
Abstract
36
PDF
34

Author Biography

दीपकप्रसाद Dipak गौतम Gautam, सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर Surkhet Multiple Campus, Birendranagar

उपप्राध्यापक, नेपाली विभाग

Downloads

Published

2023-09-18

How to Cite

गौतम Gautam द. D. (2023). सम्यक् सम्बुद्ध महाकाव्यको कथानक र चरित्रचित्रणबिचको सङ्गति {Correlation between plot and characterization of Samyak Sambuddha epic}. Dhaulagiri Journal of Contemporary Issues, 1(1), 86–92. https://doi.org/10.3126/djci.v1i1.58641

Issue

Section

Articles