विजय मल्लका नाटकमा अहम् रक्षायुक्ति

Authors

  • Durga Bahadur Gharti Tribhuvan University

Keywords:

अचेतन, अन्तद्र्वन्द्व, चेतन, मनोविश्लेषण, मनोरचना

Abstract

प्रस्तुत लेख विजय मल्लका नाटकमा प्रयुक्त अहम् रक्षायुक्तिको अध्ययनमा केन्द्रित छ । विजय मल्लका पूर्णाङ्की नाटकमा विभिन्न प्रकारका अहम् रक्षायुक्तिको प्रयोग गरिएको पाइन्छ । उनका नाटकमा पात्रहरूले वास्तविक रूपमा पूरा हुन नसकेका अचेतनका इच्छा वा आवेगहरूको अप्रत्यक्ष रूपमा सन्तुष्टि वा निष्प्रभावीकरणका लागि विभिन्न उपाय गरेको देखिन्छ । त्यो अहम् रक्षायुक्ति हो र त्यसले अहम्को क्षति हुनबाट रोक्दछ । त्यसलाई मनोरचना पनि भनिन्छ । त्यो फ्रायडीय मनोविश्लेषणसँग सम्बन्धित छ । सिग्मन्ड फ्रायडले विभिन्न प्रकारका रक्षायुक्तिको व्याख्या गरेका छन् । फ्रायडले प्रस्तुत गरेका अहम् रक्षायुक्तिको सिद्धान्तलाई यस अध्ययनमा मुख्य सैद्धान्तिक आधारका रूपमा लिइएको छ । विजय मल्लका पूर्णाङ्की नाटकमा अहम् रक्षायुक्तिको प्रयोग केकस्तो छ भन्ने जिज्ञासाको समाधान खोज्नु नै यस अध्ययनको मुख्य उद्देश्य हो । गुणात्मक पद्धतिमा आधारित यस अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यद्वारा गरिएको छ र सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । सामग्रीको विमर्शबाट विजय मल्लका पूर्णाङ्की नाटकमा पात्रहरूले अहम्को रक्षाका लागि विभिन्न प्रकारका रक्षायुक्तिको उपयोग गरेका छन् भन्ने नतिजामा पुगिन्छ । अहम् रक्षायुक्तिका प्रयोगले मल्लका नाटक प्रभावकारी बनेका छन् भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।

Abstract
260
PDF
0

Author Biography

Durga Bahadur Gharti, Tribhuvan University

Durga Bahadur Gharti is an associate professor of Nepali at Tribhuvan University, Nepal. He has got PhD in Nepali literature from Tribhuvan University and his focal area is psycho-analysis in literature.  

Downloads

Published

2024-06-30

How to Cite

Gharti, D. B. (2024). विजय मल्लका नाटकमा अहम् रक्षायुक्ति. Dhaulagiri Journal of Contemporary Issues, 2(1), 1-9. https://doi.org/10.3126/djci.v2i1.67408

Issue

Section

Articles

How to Cite

Gharti, D. B. (2024). विजय मल्लका नाटकमा अहम् रक्षायुक्ति. Dhaulagiri Journal of Contemporary Issues, 2(1), 1-9. https://doi.org/10.3126/djci.v2i1.67408