कमिलाको प्वाँख सङ्ग्रहका कवितामा छन्दप्रयोग

Authors

  • Eknarayan Paudyal Tribhuvan University

Keywords:

कमिलाको प्वाँख, गति, मगुई, यति, वार्णिक छन्द

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा नेपाली साहित्यमा छन्दकविका रूपमा परिचित प्रकाश चापागाईँ (२०१७) को कमिलाको प्वाँख (२०८०) मा सङ्गृहीत कविताहरूको शास्त्रीय छन्दप्रयोगका आधारमा विश्लेषण गरिएको छ । यसअघि छन्दप्रयोगका दृष्टिले प्रस्तुत सङ्ग्रहका कविताहरूको अध्ययन नभएका कारण यो विषयशीर्षक चयन गरिएको हो । यस सङ्ग्रहमा एघारवटा छन्दमा लेखिएका एकासीवटा कविता रहेका छन् । यी कविताहरूमा प्रयुक्त छन्द अध्ययनका लागि प्राथमिक तथा द्वितीयक सामग्री प्रयोग गरिएको छ । छन्दप्र्रयोगका दृष्टिले कविता केकस्ता छन् भन्ने प्रश्न र यसको समाधानमा केन्द्र्रित यस अनुसन्धानमा प्रयुक्त छन्दको लक्षणसँग सम्बन्धित शास्त्रीय नियमलाई आधार बनाइएको छ । गुणात्मक प्रकृतिको यस अध्ययनमा व्याख्यात्मक र विश्लेषणात्मक विधिद्वारा कविताहरूको विश्लेषण गरिएको छ । अध्ययनका क्रममा सबै कविताहरू वार्णिक छन्दमा रचिएका र ती पाउ, श्लोक, गण, गति, यति, शब्दचयन, अनुप्रास आदि छन्दका आवश्यक तत्त्वका दृष्टिले हेर्दा उपयुक्त रहेका पाइएको छ । एघारवटा छन्द प्रयोग भए पनि कवितामा प्रयुक्त छन्दको सङ्ख्या, कविताको भाव र भावअनुसारको शब्दचयन आदि आधारमा हेर्दा शार्दूलविक्रीडित छन्दमा कविको सिद्धहस्तता रहेको ठहर गरिएको छ, साथै प्रस्तुत सङ्ग्रहका कविताहरू समकालीन नेपाली छन्दोबद्ध कविताका क्षेत्रमा अग्रपङ्क्तिमा रहनाका साथै उच्चस्तरीय छन् भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
157
PDF
0

Author Biography

Eknarayan Paudyal , Tribhuvan University

Eknarayan Paudyal is an associate professor of Nepali with a PhD in Nepali Literature. He is currently working at Birendra Multiple Campus, Tribhuvan University. He has published dozens of articles on Nepali literature.

Downloads

Published

2024-07-02

How to Cite

Paudyal , E. . . . . . . . . . . . . . . . . . . (2024). कमिलाको प्वाँख सङ्ग्रहका कवितामा छन्दप्रयोग. Dhaulagiri Journal of Contemporary Issues, 2(1), 10-17. https://doi.org/10.3126/djci.v2i1.67436

Issue

Section

Articles

How to Cite

Paudyal , E. . . . . . . . . . . . . . . . . . . (2024). कमिलाको प्वाँख सङ्ग्रहका कवितामा छन्दप्रयोग. Dhaulagiri Journal of Contemporary Issues, 2(1), 10-17. https://doi.org/10.3126/djci.v2i1.67436