नेपालको आर्थिक परिदृश्यको अध्ययन
DOI:
https://doi.org/10.3126/djci.v3i1.79694Keywords:
आर्थिक उदारीकरण, निजीकरण, मानव विकास सूचक, विश्वव्यापीकरण, व्यापार सन्तुलनAbstract
नेपालमा २००७ सालको परिवर्तनपश्चात् विभिन्न समयमा भएका राजनैतिक परिवर्तनसँगसँगै शासकीय स्वरूपमा आएको परिवर्तनले आर्थिक विकासका लागि तय गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा प्रभाव पारेको देखिन्छ । २०४६ सालको परिवर्तनपश्चात् कार्यान्वयनमा ल्याइएको आर्थिक उदारीकरण नीतिले यातायात, सञ्चार, शिक्षा, बैँकिङ्ग तथा स्वास्थ्य क्षेत्रहरूमा विस्तार आएको पाइन्छ भने औद्योगिक उत्पादन र निर्यातमा भने वृद्धि आउन सकेको देखिँदैन । विक्रम संवत् २०१७ देखि २०८० सम्ममा नेपालले आर्थिक क्षेत्रमा गरेका उपलब्धि केकस्तो अवस्थामा छन् भन्ने समस्यामा केन्द्रित रहेर आर्थिक वृद्धि, वित्तीय, भौतिक पूर्वाधार, बाह्य तथा मानव विकाससँग सम्बन्धित सूचकहरूको उपयोग गरी ती उपलब्धिका बारेमा खोजमूलक अध्ययन गर्ने उद्देश्य यस लेखको रहेको छ । यस विषयमा महत, खनाल, बुढाथोकी एवम् पन्तलगायतले चर्चा गरेका भए तापनि ती कार्यहरूबाट यस लेखको शीर्षकसम्बद्ध विषय र समस्याका बारेमा विशिष्ट अध्ययन भएको देखिँदैन । यही रिक्ततालाई पूर्ति गर्न पुस्तकालयकार्यको उपयोग गरी द्वितीयक स्रोतका सामग्री सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीको अध्ययनका लागि वर्णनात्मक, तुलनात्मक र विश्लेषणात्मक विधि अपनाइएको छ । यस लेखमा आर्थिक उदारीकरण तथा नीजिकरणको सिद्धान्तलाई विश्लेषणको आधार बनाइएको छ । उदारीकरणअन्तर्गत पनि नेपालले आठौँ पञ्चवर्षीय योजना (२०४९–२०५४) मार्फत् अवलम्बन गरेको खुला उदारनीतिलाई धारणात्मक अवधारणा बनाइएको छ । उदारीकरणअन्तर्गत पनि नेपालले आठौँ पञ्चवर्षीय योजना (२०४९–२०५४) मार्फत् अवलम्बन गरेको खुला उदारनीति उपयुक्त रहेकोले यसकै आधारमा अवधारणा बनाई आवश्यक सूचक निर्धारण गरी अधययन कार्य गरिएको छ । अध्ययनबाट नेपालको आर्थिक वृद्धि दर ०४६ सालपछि वार्षिक ४ प्रतिशत रहेको, कुल ग्राहस्थ्य उत्पादन बढ्दै गएको, कुल ग्राहस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्न गई २४.४२ प्रतिशतमा पुगेको, निरपेक्ष गरिबीको तह घट्दै गएको साथै यस अवधिमा विप्रेषण आय, व्यापार घाटा एवम् वैदेशिक ऋण उच्च रूपमा बढ्नुका साथै आर्थिक उदारीकरण नीतिको प्रभाव धेरैजसो क्षेत्रमा सकारात्मक देखिएको हुँदा नेपालको परिप्रेक्ष्यमा उपयुक्त रहेको निष्कर्ष प्राप्त भएको छ । यस अध्ययनले सम्बन्धित सरोकारवालालाई नीति नियममा समयानुकूल सुधार तथा परिमार्जन गर्न र अनुसन्धातालाई शीर्षकसम्बद्ध विषयमा थप अध्ययनका लागि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Author

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license allows others to use, distribute, and build upon your work, as long as they provide attribution to you as the original creator. However, the license restricts commercial use of the work, meaning others cannot use it for commercial purposes without seeking additional permissions or licensing agreements.