हारजित कथामा विश्वदृष्टि

Authors

  • Ganesh Prasad Sharma Dhawalagiri Multiple Campus, Tribhuvan University

Keywords:

परावैयक्तिक चेतना, लैङ्गिक, वर्गीय, सांस्कृतिक, सुसङ्गत दृष्टि

Abstract

प्रस्तुत लेख भवानी भिक्षुको ‘हारजित’ कथामा प्रयुक्त विश्वदृष्टिमा केन्द्रित रहेको छ । भिक्षु मनोवैज्ञानिक र सामाजिक यथार्थवादी कथाकारका रूपमा स्थापित सर्जक हुन् । विश्वदृष्टि फ्रान्सेली चिन्तक तथा समालोचक लुसियन गोल्डमानद्वारा प्रतिपादित सिद्धान्त हो । लेखकले कृतिको सिर्जना गर्दा आफ्ना विचार तथा अनुभूतिहरूलाई व्यक्त गर्ने भए पनि ती उसका निजी विचार नभई लेखक बाँचेको समाजका अन्य व्यक्तिका चिन्तनबाट प्रभावित भएर सुसङ्गत दृष्टिको विकास भई विश्वदृष्टिको निर्माण हुने गोल्डमानको मान्यता रहेको छ । विश्वदृष्टिले परावैयक्तिक वा सामूहिक चेतना व्यक्त गर्ने र यस कथामा पनि परावैयक्तिक चेतनाका रूपमा वर्गीय, लैङ्गिक तथा सांस्कृतिक विश्वदृष्टिका सन्दर्भहरू उल्लेख भएकाले प्रस्तुत कथा विश्वदृष्टिका कोणबाट अध्ययनीय रहेको छ । यस लेखमा पाठक, रिमाल, भण्डारी, श्रेष्ठ र आचार्य एवम् शर्मालगायतले गरेका पूर्वकार्यबाट प्राप्त रिक्तताका आधारमा निर्दिष्ट कथामा वर्गीय, लैङ्गिक र सांस्कृतिक विश्वदृष्टि केकसरी प्रस्तुत गरिएको छ भन्ने प्रश्नलाई मुख्य समस्या बनाइएको छ । यही समस्यामा सीमित भई खोजमूलक अध्ययन गरिएको यस लेखमा उक्त समस्याको विश्लेषणात्मक समाधान खोज्ने उद्देश्य राखिएको छ । यसमा निर्दिष्ट समस्या, उद्देश्य र सीमामा रहेर पुस्तकालयकार्यको उपयोग गरी प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन गरेर आवश्यकताअनुसार वर्णनात्मक, व्याख्यात्मक एवम् विश्लेषणात्मक विधिको उपयोग गरी अध्ययन कार्य गरिएको छ । अध्ययनबाट प्रस्तुत कथामा धनी वर्गले गरिब वर्गप्रति हेपाहा दृष्टिकोण राखे पनि धनीगरिब सबैको इज्जत हुने लगायतका वर्गीय विश्वदृष्टि; बुहारी घर तथा समाजको इज्जत प्रतिष्ठा भएकाले उसले सामान्य अवस्थामा घर छोडेर हिँड्न नहुने लगायतका लैङ्गिक विश्वदृष्टि र धेरै कोसेलीसहित आँखामा आँसु बगाएर छोरी बिदाई गरेको लगायतका सन्दर्भ प्रस्तुत गरी सांस्कृतिक विश्वदृष्टि अभिव्यक्त भएको निष्कर्ष प्राप्त भएको छ । यस अध्ययनले शीर्षकसम्बद्ध विषयमा देखिएको रिक्तता पूर्ति गर्नुका साथै अनुसन्धाताहरूलाई थप खोजकार्यका लागि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।

Abstract
167
PDF
0

Author Biography

Ganesh Prasad Sharma, Dhawalagiri Multiple Campus, Tribhuvan University

Dr. Ganesh Prasad Sharma is an Assistant Professor of Nepali literature in TU, Nepal. He has got PhD in Nepali literature from Tribhuvan University. His area of interest is Nepali linguistics and literature. He has published number of articles related with linguistics and Nepali literature.

Downloads

Published

2025-06-02

How to Cite

Sharma, G. P. (2025). हारजित कथामा विश्वदृष्टि. Dhaulagiri Journal of Contemporary Issues, 3(1), 147-156. https://doi.org/10.3126/djci.v3i1.79702

Issue

Section

Articles

How to Cite

Sharma, G. P. (2025). हारजित कथामा विश्वदृष्टि. Dhaulagiri Journal of Contemporary Issues, 3(1), 147-156. https://doi.org/10.3126/djci.v3i1.79702