पागल कवितामा अद्भुत रसको उद्बोधन

Authors

  • Laxmi Rumba

DOI:

https://doi.org/10.3126/djci.v3i1.79705

Keywords:

अनिर्वचनीय, अमर्ष, ब्रम्हवचन, विस्मित, समानुभूति, स्वेद

Abstract

लक्ष्मीप्रसाद देवकोटा स्वच्छन्दतावादी कवि हुन् । उनका कवितामा विभिन्न रसको प्रयोग भएको पाइन्छ  । उनले रचेको ‘पागल’ कवितामा अद्भुत रसको केकसरी उद्बोधन भएको छ भन्ने समस्यामा केन्द्रित भई यो लेख तयार गरिएको छ । देवकोटाका कवितामा पाइने विविध रसका विषयमा विभिन्न अध्यताहरूले खोजमूलक अध्ययन गरेका भए पनि उनको ‘पागल’ कवितामा प्रयुक्त अद्भुत रसको विषयमा भने खोजी भएको देखिँदैन । ‘पागल’ कवितामा विभाव, अनुभाव र संचारी भावसँग विस्मय या आश्चर्य स्थायीभावको सम्बन्धका साथै विस्मय या आश्चर्य स्थायीभावको साधारणीकरणद्वारा अद्भुत रसको निष्पति कसरी गरिएको छ भन्ने प्रश्नको समाधानको खोजी गर्नु नै यस अध्ययनको उद्देश्य रहेको छ । यसका लागि पुस्तकालयकार्यको उपयोग गरी आवश्यक प्राथमिक  र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीको विश्लेषणका लागि गुणात्मक पद्धतिका साथै विषयवस्तु विश्लेषण विधिको उपयोग गरिएको छ । विश्लेषणका लागि पूर्वीय साहित्य चिन्तन परम्पराको रससूत्रलाई सैद्धान्तिक आधार बनाइएको छ । समाधेय प्रश्नको निचोड निकाल्न प्रस्तुत कवितामा प्रयुक्त अद्भुत रसको भावभूमिमा रसनिष्पत्ति र साधारणीकरणको संश्लिष्ट अवस्थालाई उपयोग गरिएको छ । समाजको निकृष्ट र निन्दनीय कार्यविरुद्ध सम्बोधक म को मानसिक भूगोलमा उठेको आवेशले विस्मयको स्वरुप ग्रहण गर्ने सन्दर्भमा प्रस्तुत कवितामा अद्भुत रस अभिव्यञ्जित भएको पाइन्छ । प्रस्तुत लेखबाट सम्बोधित म सांसारिक जीवनका प्रतिकूल अनुभव प्रकाशनका लागि विभाव, अनुभाव र सञ्चारी भावजस्ता लौकिक सामग्रीको माध्यमबाट प्रवाहित हुँदा विस्मयी या आश्चर्य स्थायीभावलाई उद्दीप्त तुल्याई अद्भुत रसले परिपूर्ण अवस्थालाई प्रमाणित गर्ने भावहरूको सपुष्ट वर्णन भएको निष्कर्ष निकालिएको छ । यस अध्ययनले देवकोटाको ‘पागल’ कवितामा अद्भुत रसको जिज्ञासा राख्नेहरूका साथै रसमा केन्द्रित भई कविताको अध्ययन गर्न चाहनेहरूलाई मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
110
PDF
46

Author Biography

Laxmi Rumba

Laxmi Rumba is pursuing Mphil in Nepali Literature from Tribhuvan University Nepal.

Downloads

Published

2025-06-02

How to Cite

Rumba, L. (2025). पागल कवितामा अद्भुत रसको उद्बोधन. Dhaulagiri Journal of Contemporary Issues, 3(1), 157–166. https://doi.org/10.3126/djci.v3i1.79705

Issue

Section

Articles