पर्वत जिल्लाका मगर समुदायमा प्रचलित भुमेपूजा र सांस्कृतिक पर्यटन
Keywords:
गाउँबार्ने, भुमेथान, भुमेपूजा, सांस्कृतिक पर्यटन, हरेलोपूजाAbstract
नेपाल बहुभाषिक, बहुजातिक तथा बहुसांस्कृतिक देशका रूपमा चिनिन्छ । अनेकौँ संस्कृति र परम्पराले धनी रहेको हाम्रो मुलुकमा विभिन्न जात, जाति र समुदायले मान्दै आएका रीतिथिति चाडपर्व, मेलापर्व आदिको गौरवगाथा प्रायशः हराउँदै जान थालेको छ । यस किसिमका सांस्कृतिक चालचलन र परम्पराका बारेमा पछिल्लो पुस्ता अनभिज्ञ हुनसक्ने सम्भावना समेत बढ्दै गएको छ । यसै सन्दर्भमा पर्वत जिल्लामा बसोबास गर्ने मगर समुदायले बढी महत्त्वका साथ मनाउँदै आएको भुमेपूजाको तिथिमिति, पूजाविधि, प्रचलित मान्यताहरू, यससँग जोडिएका जनश्रुति एवम् विविध पक्षहरूका साथै भुमेपूजालाई कसरी सांस्कृतिक पर्यटनको आधार बनाउन सकिन्छ भन्ने उद्देश्य तथा सीमाभित्र केन्द्रित रही सोसँग सम्बन्धित सूचना तथा तथ्यहरूलाई सङ्कलन गरी यो आलेख तयार गरिएको छ । मुख्यतः उद्देश्यमूलक नमुना छनोट विधि प्रयोग गरी पर्वत जिल्लाको उत्तरी क्षेत्रमा बसोबास गर्ने मगर समुदायलाई अध्ययनक्षेत्रका रूपमा लिइएको छ । विभिन्न प्रकाशित साहित्यको अध्ययन, सम्बन्धित समुदायका अग्रजहरूका धारणा, भुमेथानहरूको स्थलगत अवलोकन, स्वअनुभव जस्ता माध्यमबाट सूचना तथा तथ्यहरू सङ्कलन गरी वर्णनात्मक, व्याख्यात्मक र विवरणात्मक शैलीमा यो आलेख तयार गरिएको छ । आफू बसोबास गरेको स्थान वरपर थान निर्माण गरी प्रकृतिलाई पूजा गर्ने र भूमिमा विचरण गर्ने देवशक्तिको स्मरणमा मगर समुदायले भुमेपूजालाई सांस्कृतिक पर्वका रूपमा मनाउने गरेको पाइन्छ । भुमेथानहरूमा हुने भुमेपूजा र विभिन्न समुदायले मनाउँदै आएको भुमेपूजाका विधिविधान एवम स्थानीयले पुकार्ने भुमेदेवको नाम पनि अलगअलग रहेको पाइन्छ । भुमेपूजाका समयमा स्थानीयहरूले अकालमा दिवङ्गत भएकाहरूकोे स्मरणमा भुमेथानहरूमा पूजासमेत गर्ने प्रचलन रहेको छ । समाजबाट यस किसिमका प्रचलनहरू विस्तारै हराउँदै गइरहेको सन्दर्भमा यसको जगेर्नाका माध्यमबाट स्थानीय तहमा सांस्कृतिक पर्यटनको समेत प्रवद्र्धन गर्न सकिने भएकाले भुमेपूजालाई निरन्तरता दिनुपर्ने कुरा यहाँ सुझाइएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license allows others to use, distribute, and build upon your work, as long as they provide attribution to you as the original creator. However, the license restricts commercial use of the work, meaning others cannot use it for commercial purposes without seeking additional permissions or licensing agreements.