घरपैँचो’ लोककथामा पारिस्थितिक प्रणाली

Authors

  • Shiva Saran Gyawali Saraswati Multiple Campus, Tribhuvan University

Keywords:

अजैविक, प्रजाति, भोग, वासस्थान, स्थानिक, शक्तिको रूपान्तरण

Abstract

प्रस्तुत लेखले गुल्मी जिल्लामा प्रचलित लोककथा ‘घरपैँचो’ को पर्यावरणीय पारिस्थितिक प्रणालीको विश्लेषण गरेको छ । लोककथाको पर्यावरणीय पारिस्थितिक प्रणालीको मूल्याङ्कन गर्नु लेखको उद्देश्य बनेको छ । गुल्मी जिल्लाका लोककथाका बारेमा होमनाथ सापकोटा, दधिराम पन्थी, सञ्जु कणेल, शिवशरण ज्ञवालीले अध्ययन गरेका भए पनि पर्यावरणीय पारिस्थितिक प्रणालीको पूर्ण अध्ययन भने गरेको पाइँदैन । यसैले गुल्मी जिल्लाका लोककथाको पर्यावरणीय पारिस्थितिक प्रणालीको अध्ययनका क्षेत्रमा रिक्तता रहेको छ । त्यो रिक्तताको परिपूर्ति गर्नका लागि पर्यावरणीय समालोचना सिद्धान्तलाई आधार बनाइएको छ । पर्यावरणीय समालोचनाको पारिस्थितिक प्रणालीसम्बन्धी अवधारणाका आधारमा लेख तयार पारिएको छ । लेखका लागि सामग्रीको सङ्कलन पुस्तकालय र क्षेत्रकार्यका आधारमा गरिएको छ । सङ्कलित सामग्रीको अध्ययन वर्णन, व्याख्या र विश्लेषण विधिका आधारमा गरिएको छ । ‘घरपैँचो’ लोककथाको पारिस्थितिक प्रणाली जीव र निर्जीव पक्षका बिचको अन्तर्सम्बन्ध, जीवको शक्तिको रूपान्तरण र जल तथा थलजस्ता वासस्थानका कारण सन्तुलित रहेको पाइन्छ । लोककथामा मानवीय र मानवेतर पात्र तथा भौतिक तत्त्व एक आपसमा अन्तर्सम्बन्धित रहेका छन् । लोककथामा राजकुमारकी श्रीमतीको शक्तिको रूपान्तरण भएको छ । लोककथाका मानव र मानवेतर जीवहरूको वासस्थान स्थल र जल बन्न पुगेको पाइन्छ । राजकुमारी श्रीमतीले पारिस्थितिक प्रणाली असन्तुलित बनाउन खोज्दा स्वयं दण्डित हुनुपरेको छ । ऊ दण्डित भए पछि पारिस्थितिक प्रणाली सन्तुलित बन्न पुगेको छ । लोककथा पर्यावरणीय पारिस्थितिक प्रणालीको चित्रण दृष्टिले उत्कृष्ट रहेको छ ।

Abstract
24
PDf
17

Author Biography

Shiva Saran Gyawali, Saraswati Multiple Campus, Tribhuvan University

Shiva Saran Gyawali is assistant professor of Nepali literature at Saraswati Campus Campus, Tribhuvan University.  

Downloads

Published

2026-07-08

How to Cite

Gyawali, S. S. (2026). घरपैँचो’ लोककथामा पारिस्थितिक प्रणाली. Dhaulagiri Journal of Contemporary Issues, 4(1), 157-168. https://doi.org/10.3126/djci.v4i1.96641

Issue

Section

Articles

How to Cite

Gyawali, S. S. (2026). घरपैँचो’ लोककथामा पारिस्थितिक प्रणाली. Dhaulagiri Journal of Contemporary Issues, 4(1), 157-168. https://doi.org/10.3126/djci.v4i1.96641