काभ्रेली लोकगीतमा नारी र पर्यावरणको सम्बन्ध

Authors

  • Januka Koirala Tribhuvan University Research Scholar

Keywords:

पर्यावरण, बन्देज, अन्तर्सम्बन्ध, अङ्कुश, प्रविधि

Abstract

प्रस्तुत लेख मूलतः काभ्रेपलाञ्चोक जिल्लाका महिलाले गाएका लोकगीतहरूमा नारी र पर्यावरणको सम्बन्धको अध्ययनमा केन्द्रित छ । यस लेखलाई पर्यावरणीय सिद्धान्तअन्तर्गत नारीपर्यावरणका आधारमा विश्लेषण गरिएको छ । नारीपर्यावरणले नारीवाद र पर्यावरणवादको संयोजन गरेर महिला र वातावरणबिचको सम्बन्धलाई अध्ययन गर्ने हुनाले यस लेखमा सोही अध्ययनका लागि काभ्रेपलाञ्चोक जिल्लाबाट सङ्कलित गीतमध्ये ६ ओटा लोकगीतको छनौट गरिएको छ । काभ्रेली लोकगीतमा प्रतिविम्बित नारी र पर्यावरणसँगको सम्बन्धको खोजी गर्दा नारी र प्रकृति, नारी र प्रविधि, नारी र खानपानका आधारमा विश्लेषण गरिएको छ । यस क्रममा नारी र प्रकृति अन्तर्गत पर्यावरणसँग जोडिएर नारीले गर्नुपर्ने खेतीपातीमा गरिने श्रम, पानीसँग जोडिएर नारीले गर्नुपर्ने घर व्यवहारका कर्म, पशुपालन लगायतका कर्म, वनजङ्गलसँग जोडिएर नारीले गर्नुपर्ने घाँस, सोतर, दाउरा आदिको व्यवस्थापन जस्ता पक्षहरू समेटिएका गीतहरूको विश्लेषण गरिएको छ भने नारी र प्रविधि अन्तर्गत उनीहरूले कार्यस्थलमा उपयोग गर्ने औजार कोदालो, डोको, तथा नयाँ वैज्ञानिक आविष्कार अन्तर्गतको घडी, मोटर, रेलजस्ता प्रविधिसँग नारीको सम्बन्धको विश्लेषण गरिएको छ त्यसैगरी नारी र खानपान अन्तर्गत भान्सामा पकाउने, खुवाउने र खानेकुराजस्ता विषय समेटिएका लोकगीतहरूमा नारीको सम्बन्ध कृषि उत्पादन, भात भान्सा र खानपानसँग आधारित भएर यसको विश्लेषण गरिएको छ ।

Abstract
0
PDf
1

Downloads

Published

2026-07-08

How to Cite

Koirala , J. (2026). काभ्रेली लोकगीतमा नारी र पर्यावरणको सम्बन्ध. Dhaulagiri Journal of Contemporary Issues, 4(1), 169-180. https://doi.org/10.3126/djci.v4i1.96643

Issue

Section

Articles

How to Cite

Koirala , J. (2026). काभ्रेली लोकगीतमा नारी र पर्यावरणको सम्बन्ध. Dhaulagiri Journal of Contemporary Issues, 4(1), 169-180. https://doi.org/10.3126/djci.v4i1.96643