दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ खोटाङमा बसाइँसराइको प्रभाव

Authors

  • Sabita Basnet Research Scholar at Department of Sociology, Tribhuvan University

Keywords:

आर्थिक प्रभाव, आन्तरिक बसाइँसराइ, जनसांख्यिकीय परिवर्तन, भौतिक संरचना, शिक्षा, सामाजिक प्रभाव

Abstract

सामान्यतया बसाइँसराइ भन्नाले कुनै व्यक्ति वा परिवार परम्परागत रूपमा बसोबास गर्दै आएको स्थान छोडी स्थायी वा अस्थायी रूपमा अर्को नयाँ भौगोलिक स्थलमा बासस्थानका लागि सर्ने प्रक्रिया हो । यसले उद्घगम र गन्तव्य दुवै स्थलको सामाजिक आर्थिक संरचनामा प्रभाव पार्दछ । प्रस्तुत अध्ययनले खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आन्तरिक बसाइँसराले समाजमा के कस्तो प्रभाव पारेको छ भन्ने विषयलाई मुख्य समस्या बनाइ विश्लेषण द्वारा यसको समाधान गर्ने उदेश्य लिएको छ । यस अनुसन्धान गुणात्मक पद्धतिमा आधारित रहेको छ । तथ्याङ्क संकलनका लागि घरधुरी सर्वेक्षण, अन्तर्वार्ता, अवलोकन वैयक्तिक अध्ययन तथा द्वितीयक स्रोत सामग्रीहरु बाट गरिएको छ । अध्ययनका लागि उद्देश्यमूलक नमुना छनौट विधिबाट ४० घरधुरीलाई नमूना छनौट गरिएको छ । सङ्कलित गुणात्मक तथ्याङ्कको विश्लेषण वर्णनात्मक विधिबाट गरिएको छ । सैद्धान्तिक रूपमा यस अनुसन्धानलाई सबल बनाउन एभरेट एस.लीको आकर्षक–विकर्षक सिद्धान्त र गुनार मिर्डालको ‘संचयी कारण’ सिद्धान्तलाई आधार मानिएको छ । विश्लेषणका क्रममा बसाइँसराइले कृषि क्षेत्रमा पारेको प्रभाव, जनसांख्यिकीय संरचना र सामाजिक जीवनमा परेको असर, शिक्षा क्षेत्रमा परेको प्रभाव, भौतिक संरचना र बस्तीमा परेको असर आदिलाई विश्लेषण गरी निष्कर्ष निकालिएको छ । अध्ययनको निष्कर्षले बसाइँसराइका कारण यस क्षेत्रमा खेतीयोग्य जमिन बाँझो रहने प्रवृत्ती बढ्दै गएको र आपत विपतमा साथ सहयोग गर्ने मानिसहरुको अभाव हुँदै गएकाले गाउँमा रोजगार, शिक्षा तथा स्वास्थ्य सेवामा सुधार, र भौतिक पूर्वाधारको विकासमा राज्यले लगानी गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

Abstract
0
PDf
1

Author Biography

Sabita Basnet , Research Scholar at Department of Sociology, Tribhuvan University

Sabita Basnet is research scholar, completed her M.Phil. degree in Sociology, she is actively involved in study, research, and writing.

Downloads

Published

2026-07-08

How to Cite

Basnet , S. (2026). दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ खोटाङमा बसाइँसराइको प्रभाव. Dhaulagiri Journal of Contemporary Issues, 4(1), 181-194. https://doi.org/10.3126/djci.v4i1.96652

Issue

Section

Articles

How to Cite

Basnet , S. (2026). दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ खोटाङमा बसाइँसराइको प्रभाव. Dhaulagiri Journal of Contemporary Issues, 4(1), 181-194. https://doi.org/10.3126/djci.v4i1.96652