चिया संस्कृतिको सामाजिक पहिचान

Authors

  • Mahesh Chandra Pradhan

Keywords:

अर्थोडक्स, क्यामेलिया साइनेन्सिस, खर्सङ÷खर्सु खोटी, चियाको उत्पत्ति, चिया संस्कृति

Abstract

फिरन्ता जीवन बिताउँदै आएको मानिस विभिन्न कालखण्डमा विभिन्न स्थानका वनजन्य र कृषिजन्य खाद्यपदार्थ र पेयपदार्थको संसर्गमा रह्यो । तिनलाई एक ठाउँबाट अर्को ठाउँमा पु¥याउँदा समयक्रममा तिनले आज फरक संस्कार, संस्कृति र सभ्यता कायम गरेको छ । यसै सिलसिलामा करिव ५००० वर्षअघि चीनको दक्षिण–पश्चिमी भूभागमा आविर्भूत क्यामेलिया साइनेन्सिस प्रजातिको एक नितान्त सदावहार बहुवर्षे रैथाने जङ्गली बुट्यान चियाले ओैषधीय गुणका रुपमा यात्रारम्भ गरी विश्वमा विकसित सिल्क रोड र आधुनिक समुद्री मार्गको विस्तारपछि आज विश्वका हरेक कुनाकाप्चामा पानीपछिको अत्यधिक प्रयोग हुने पेयपदार्थका रुपमा हाम्रो सभ्यता, अर्थतन्त्र र संस्कृतिको एउटा अभिन्न अङ्ग बनेर बृहत् विश्वव्यापी सञ्जाल निर्माण गरेको छ । प्राथमिक र द्वितीयक तथ्याङ्क स्रोतहरुको प्रयोगबाट तयार पारिएको यो आलेखको मुख्य उद्देश्य चियाको पातमा रहेको क्याफिनले कसरी उपभोक्ताको शरीरमा सुगन्धमय ऊर्जा थपिएको अनुभूति गराउँदै विश्वका भिन्दाभिन्दै सामाजिक, आर्थिक र सांस्कृतिक परिदृश्यमा नेपाललाई पनि समाहित गरी एउटा बृहत् मालामा उन्न सफल भयो भन्ने विषयवस्तुमाथि प्रकाश पार्नु हो । यो आलेख चियाको उत्पत्ति, विकास र विस्तारलगायत हाम्रो सामाजिक सांस्कृतिक जीवनमा यसको महत्व, अवस्था र चुनौतीबारे अध्ययन अनुसन्धान गर्न चाहने अनुसन्धाता र पाठकका लागि उपयोगी हुने अपेक्षा गरिन्छ ।

Abstract
0
PDf
2

Author Biography

Mahesh Chandra Pradhan

Maheshchandra Pradhan is a teaching professional and currently serves as the Member Secretary of the Ratna-Shrestha Puraskar Guthi, Baglung.

Downloads

Published

2026-07-08

How to Cite

Pradhan , M. C. (2026). चिया संस्कृतिको सामाजिक पहिचान. Dhaulagiri Journal of Contemporary Issues, 4(1), 195-211. https://doi.org/10.3126/djci.v4i1.96655

Issue

Section

Articles

How to Cite

Pradhan , M. C. (2026). चिया संस्कृतिको सामाजिक पहिचान. Dhaulagiri Journal of Contemporary Issues, 4(1), 195-211. https://doi.org/10.3126/djci.v4i1.96655