समाज, साहित्य र ललितकला

Authors

  • तेजविलास अधिकारी उपप्राध्यापक, वाल्मिकी क्याम्पस, काठमाडौँ

DOI:

https://doi.org/10.3126/dmcj.v8i7.62413

Keywords:

हस्तकला, संस्कृति, लोकभाषा, समाज निर्माण, मनोचिकित्सा

Abstract

प्रस्तुत लेखमा समाज, साहित्य र ललितकलाको परिचयका साथै आपसी सम्बन्धका विविध आयाम प्रस्तुत गरिएको छ । समाज विकासको प्रक्रियामा मानव भावनाको अभिव्यक्तिले स्थान पायो । मानिस आफ्नो भावनालाई केवल आफूमा मात्र सीमित राख्न सक्दैन । मानव अभिव्यक्तिको साधन भाषाको प्रयोग गर्दै सजिलो जीवनयात्राको मार्ग खोज्दै हिँड्यो । उसले अपनाएको मार्ग कष्टकर थियो तर असम्भव भने थिएन । मानिसले तय गरेको यात्राको लयको माध्यम मूलतः कला हो । भाषाको स्रोत सोच मात्र होइन वस्तु पनि हो । वस्तुको निर्माण आवश्यकताको सिद्धान्तमा आधारित हुन्छ । यस कोणबाट हेर्दा भाषा, वस्तु निर्माणले समाजको सन्दर्भलाई जोड्दै लग्यो । बाँच्ने कला निर्माण गर्दै जाँदा निर्मित वस्तुहरूको नामकरण गरियो । यसका साथै वस्तुको मौलिक विधि र सामग्रीको खोजीको पक्ष पनि महत्वपूर्ण बन्यो । यस हिसाबले समाजको निर्माणमा भाषाले अभिव्यक्तिको माध्यम बनेर अनि कलाले जीविकोपार्जनको आधारभूत पक्ष बनेर सघाएको छ । यही कोणबाट हेर्दा समाजको भाषा निर्माणमा मान्छेद्वारा निर्मित वस्तुको स्थान र वस्तुले भाषाको शब्दभण्डार निर्माण र कलात्मक अभिव्यक्तिको पाटोमा दोहोरै सघाएको देखिन्छ । त्यसैले कला के हो ? कला कुन प्रयोजनका लागि अनि कलाले साहित्य र साहित्यले कलालाई कसरी समेट्छ भन्ने जिज्ञासामा आधारित भई सिङ्गो समाज निर्माणमा कला, साहित्य र समाजभित्र कला साहित्यको स्थान कस्तो छ भन्ने यस लेखको निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
38
PDF
13

Downloads

Published

2023-12-31

How to Cite

अधिकारी त. (2023). समाज, साहित्य र ललितकला. DMC Journal, 8(7), 1–12. https://doi.org/10.3126/dmcj.v8i7.62413

Issue

Section

Articles