गाउँको माया कथामा सीमान्तीयता

Authors

  • नवराज नेम्वाङ सहायक प्राध्यापक/मा.वि.शिक्षक

Keywords:

प्रतिनित्त्व, किनारीकृत, प्रतिरोधी चेतना

Abstract

प्रस्तुत अध्ययन सीमान्तीय चेतनासँग सम्बन्धित छ । गाउँको माथा कथा सीमान्तकृत वर्गको अध्ययनमा केन्द्रित रहेको छ।यसले सदियौँदेखि आर्थिक, सामाजिक,राजनीतिक,शैक्षिक जस्ता क्षेत्रमा बञ्चित रही किनारीकृत भएर बाँच्न बाध्य वर्गको खोजी गर्दछ।यस अध्ययनले राज्यको मूलधारवाट बहिष्कृत, वर्ग, जाति, लिङ्गको पहिचान गरी समानअवसर र प्रतिनिधत्वमा आवाज उठाउँछ । कथाकार 'इस्माली' महेश्वरप्रसाद उपाध्यायले यस कथामा नेपाली तराई क्षेत्रमा स्थापित प्रभुत्त्वशाली संस्कृतिले परापूर्वकाल देखि गरिवलाई पुस्तौँ पुस्ताँ वर्गीय किनारीकृतको  सिकार वनाएको अवस्था चित्रण गरेका छन् । नेपालका तराई भूभागमा समाजका उच्च ठालु मानिएका व्यक्तिहरूले गरिव, कामदारहरूलाई अन्याय,अत्याचार दमन गर्दै आएका छन् । कथामा परम्परावादी प्रभुत्ववादी मान्यताको विरोध जनाउन उत्पीडित वर्ग एकजुट हुँदै प्रतिरोधी चेतनाको विकास हुँदै गरेको प्रसङ्ग समेत प्रस्तुत अध्ययनमा निष्कर्ष निकालिएको छ ।

Abstract
621
PDF
139

Downloads

Published

2023-12-31

How to Cite

नेम्वाङ न. (2023). गाउँको माया कथामा सीमान्तीयता. DMC Journal, 8(7), 13-21. https://doi.org/10.3126/dmcj.v8i7.62415

Issue

Section

Articles

How to Cite

नेम्वाङ न. (2023). गाउँको माया कथामा सीमान्तीयता. DMC Journal, 8(7), 13-21. https://doi.org/10.3126/dmcj.v8i7.62415